Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

तीतो यथार्थ

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
तीतो यथार्थ
ShareTweetSend
  • सार्थक खनाल

हो, आजकाल मलाई देशको चिन्ताले निकै सताएको छ। जब हाम्रो देशको सीमानाको प्रश्न उठ्छ तब त झन मेरो राष्ट्रप्रेमको कुनै सीमाना नै रहँदैन । नपत्याए आफै मेरो फेसबुकको प्रोफाइलमा हेर्नोस् न, दिनकै ८–१० वटा पोस्ट #backoffindia भन्दै गरिरहेको छु । ओहो ! एकैछिन पर्खनुस् है, मेरो मन पर्ने हिन्दी सिरियल पनि यही समय आएछ । खैर Youtube छँदै छ नि, पछि हेरौँला । अँ, साँच्चै म के भन्दै थिएँ भने, हाम्रो जमिनमा भारतले कहाँ बाटो बनाउन मिल्छ त नि ‘Routine of Nepal Banda’ ले त त्यो जमिन हाम्रो भनिसक्यो !

यो लकडाउनले पनि गर्नु गरेको छ । किनेर खान्छु भन्दा पनि प्याज, गोलभेडा लगायत मलाई मन पर्ने तरकारी पनि पाइएको छैन बजारमा । ईन्डियाबाट सामान नै आको छैन भन्छन् पसलको दाइले । धन्न, अहिलेसम्म त त्यति अभाव भएको छैन । अब सरकारले पनि ईन्डियाबाट सामान ल्याउनको लागि अलि कसरत गर्नुपर्यो । ईन्डियाबाट सामान नै नआए त अस्तिनै नाकाबन्दी गर्दाको जस्तो भैहाल्छ नि । अब यस्तो कुरा खुल्लम् खुल्ला गर्न पनि भएन । हाम्रै देशमा उत्पादन गर्नुपर्छ भन्ने पोस्ट गरिसक्याछु साँच्चै । तर कसलाई पो फुर्सद छ र ? घर अगाडि मस्तसङ्ग सरसामान आइहाल्छ किनेर खान सकिहालिन्छ। किन बेकारको दुख गर्ने हो र !

लेख्न त मैले नि निकै बेजोड लेखे झैँ लाग्याथ्यो नाकाबन्दी ताका ‘आत्मनिर्भरता’ को बारेमा । नेपालमा नै कृषि उत्पादन बढाउन पर्छ भन्दै चर्चा नगरेको नि हैन । तर के गर्नु ? आफूले गर्न सक्ने त म गरिआएको छु नि । किसानहरु उत्पादन नै गर्न सक्दैनन् । तेत्रो स्टाट्स लेखेर बिदेशमा हैन देशमा नै केही गरौँ भनी विभिन्न ग्रुपमा पोस्ट गरे पनि युवा वर्ग बिदेश जान छोडेनन् । अब त म थाकिसकेँ । त्यही पनि वीर गोर्खालीको सपूत भएकोले हार नमानी आझै ४-५ वटा ग्रुप बनाएको छु देशको भविष्यको बारेमा चिन्ता व्यक्त गर्न । आखिर हामीले नगरे कसले गर्ने हो र ?

एउटा कुरा भनि हालेँ, यो चाहिँ गोप्य राख्नुहोला । हुन त हामी नेपाली एकदम भावुक छौँ र वीर भएको भएर पनि होला हामी आक्रोशमा चाँडै आउँछौं । गोप्य चाहिँ किन भनेको भन्दा यदि यस्तो कमजोरीको बारेमा थाहा पाए भने त हामी बौद्धिक बर्गको भनाई नै कसले नै सुन्छ र ? नाकाबन्दी ताकाको जोश देख्दा त साँच्चिकै केही हुन्छ कि भन्ने नसोचेको नि हैन तर नानीदेखि लागेको बानी कहाँ जान्छ र ? हामी यस्तै त हो नि ब्रो ! भन्दै भारतबाट झन बढी सामान आयात गर्न थाल्यौँ । हुन त, हामीले आफ्नै देशमै उत्पादन गर्न नसक्ने चाहिँ होइन तर छिमेकी रास्ट्रको अर्थतन्त्रमा ह्रास आउँछ कि भन्ने चिन्ता जो छ हामीलाई । आखिर वीर गोर्खालीको मन हो अरुको कुभलो त कहाँ चिताउन सक्छौ र ?

जे होस् भारतले पनि हाम्रो भलो नचिताउने चाहिँ होइन । लकडाउनमा हामीलाइ होमवर्क पो गर्न दिएको सीमानाको प्रसङ्ग उठाएर । ठूल्दाइको कर्तब्य पालना त गर्न पर्यो नि । यही मौकामा इतिहासमा रुचि नै नहुनेले पनि सुगौली सन्धी भन्ने त जान्न पाए । आफ्नै देशका बासिन्दा भए पनि न त हामी बौद्धिक बर्गको न त सरकारको नै नजर परेकाको बारेमा एकछिन सोच्न त बाध्य भयौँ । हराएको अस्तित्व हाम्रो सामु उजागर त भयो ।

ओहो ! गफै गफमा मैले त भुल्न पो पुगेछु, अब त नयाँ ग्रुपमा पोस्ट जो गर्नु छ । आउनुस् हजुर पनि, अहिले ट्रेन्ड नै फेसबुकको छ । म लिन्क शेयर गर्छु लाइक र कमेन्ट गर्न चाहिँ नबिर्सिनु नि, आखिर मेरो यत्रो कुरा जो हजुरलाइ भनेको छु।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

मुस्ताङको एक लुकेको स्वर्ग: मार्चे [फोटो फिचर]
गण्डकी क्षेत्र

मुस्ताङको एक लुकेको स्वर्ग: मार्चे [फोटो फिचर]

by राज किरण छत्कुली
2025 September 5 मा प्रकाशित
मानुङ्गले दिएको सन्देश र व्यासको पर्यटन सम्भाव्यता
गण्डकी क्षेत्र

मानुङ्गले दिएको सन्देश र व्यासको पर्यटन सम्भाव्यता

by गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’
Breaking 2

पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’

by रञ्जन अधिकारी
2021 January 3 मा प्रकाशित
नेपालाँ ऐन नियम कानुन !
विचार/ब्लग

नेपालाँ ऐन नियम कानुन !

by रञ्जन अधिकारी
2021 January 3 मा प्रकाशित
तमु ल्होछार: गण्डक प्रदेशको साझा पर्व
विचार/ब्लग

तमु ल्होछार: गण्डक प्रदेशको साझा पर्व

by गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
मेरो पुनर्जन्म
विचार/ब्लग

मेरो पुनर्जन्म

by रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन

2026 August 9 मा प्रकाशित
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो

३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो

2026 August 9 मा प्रकाशित
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

2026 August 9 मा प्रकाशित

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

2026 August 8 मा प्रकाशित

बाघको आक्रमणमा दुई बाख्रा मरे

2026 August 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews