Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

मुस्ताङको एक लुकेको स्वर्ग: मार्चे [फोटो फिचर]

यात्रा संस्मरण

राज किरण छत्कुली राज किरण छत्कुली
2025 September 5 मा प्रकाशित
मुस्ताङको एक लुकेको स्वर्ग: मार्चे [फोटो फिचर]
ShareTweetSend
  • राजकिरण छत्कुली

हिमाल पारीको जिल्ला मुस्ताङ । मुस्ताङ भन्ने बित्तिकै धेरैलाई मुक्तिनाथ, कागबेनी, लोमान्थाङजस्ता लोकप्रिय गन्तव्यहरूको सम्झना आउँछ। तर यी परिचित ठाउँहरूकै छेउछाउमा एउटा यस्तो गाउँ छ, जुन अझै धेरैको नजरमा परेको छैन—शान्त, प्राकृतिक सौन्दर्यले भरिएको, अनि आत्मीयताले हृदय छुने मार्चे।

यात्राको प्रारम्भः तीन बाइक, पाँच साथी

२०८२ साउन ३० गते, हामी पाँच जना साथीहरू तीनवटा मोटरसाइकलमा पोखराबाट बागलुङ हुँदै मार्चेको यात्रा सुरु गर्‍यौँ । बाटोमा बागलुङ कालिका मन्दिरको दर्शन गर्‍यौँ, त्यसपछि बेनी, लेते हुँदै खन्ती भन्ने गाउँमा पुग्यौं। त्यहाँ एक दिदीको घरमा रात बिताएर भोलिपल्ट बिहानै नास्ता खाई मार्चेतर्फ हाम्रो पदयात्रा सुरु भयो।

अभूतपूर्व बाटो, तर कठिन यात्रा

मार्चे पुग्ने बाटोमा पानीको स्रोत नै थिएन। मैले आफैं बोकेको तामाको भाँडोमा ल्याएको पानी पाँच जनाबीच बाँड्दा छिट्टै सकियो। वर्षाका कारण बाटाभरि फूलहरू फुलेका थिए, बाटो सुगन्धित थियो। तर कुहिरोले सबै ढाकिएकाले बाटो हराउने डर पनि साथमा थियो।

हाम्रो टोलीको नाम ‘मेजर टोली’ हो, र मेरो युट्युब च्यानल पनि यही नामबाट सञ्चालनमा छ। टोलीमा रोशन सर, म (राज किरण छत्कुली), सुदीप सर, सन्तोष सर र भरत सर — पाँच जना थियौं। हामीमध्ये रोशन र म अघि पुग्यौं भने बाँकी तीनजना केही समयपछि आइपुग्नुभयो। करिब पाँच घण्टाको पैदलयात्रापछि हामी मार्चे पुग्यौं।

गोठमा बितेको रात

मार्चेमा होटल वा लज थिएन। बस्नका लागि चौंरीगाई बस्ने पुरानो गोठ मात्र रहेछ। हामी पुग्नेबित्तिकै गोठका बा चौंरी लिन निस्कन लाग्नुभएको रहेछ। उहाँले हाम्रो बिन्ती स्विकार गरेर गोठ हामीलाई सुम्पिनुभयो।

मैले र रोशन भाइले तुरुन्तै चाउचाउ पकायौं, अनि आलु पोल्न थाल्यौं — हामी निकै भोकाएका थियौं। केहीबेरमै बाँकी तीनजना सरहरू आइपुग्नुभयो। त्यसपछि साग मिसाएर चाउचाउ उमालेर सबैले सँगै खायौं।

रातको खाना मैले पकाएँ — आलु, सोयाबिन र बन्दाको तरकारी। दाउराको आगोमा पकाएको स्वाद साँच्चै बिर्सन नसकिने भयो। गोठमा भेडाको ऊनबाट बनेका सामान्य ओछ्याउने मात्र थिए। तर गोठका बाले दया गरेर ४–५ वटा बाक्ला ओढ्ने ल्याइदिनुभयो। चिसो निकै भएकाले स्लीपिङ ब्याग अनिवार्य रहेछ भन्ने अनुभूति भयो। जसोतसो रात कटायौं।

बिहानीको अनुभूति — गोठ र गोठाला जीवन

बिहान सबेरै उठेर एक–एक गिलास चौंरीको ताजा दूध पिएर हामी भेडा बस्ने गोठतर्फ लाग्यौं। त्यो बिहानको दृश्य — हरियाली ढाकिएको पाखा, चरिरहेका भेडा, घामको मधुरो रङ — मनै लोभ्याउने थियो।

हामीले रमाउँदै, फोटो र भिडिओ खिच्दै करिब साढे २ घण्टामा फेरि खन्ती फर्कियौं। त्यहाँ पुगेर फापरको ढिँडो, टमाटर–धनियाँको अचार, र आलु भुजियाको तरकारी खाँदा थाकेको शरीरमा ऊर्जा भरियो। भोक लागेको बेलामा गाउँले हातको खाना जति स्वादिलो अरू के हुन सक्छ र?

अन्तिम गन्तव्य — टिटी तालको मोह

त्यसपछि हामी लेते हुँदै टिटी तालतर्फ लाग्यौं। सानो, सफा, अनि शान्त ताल; वरिपरि हरियालीले भरिएको वातावरण। त्यहाँ बिताएको केही बेरले थकान नै हरायो। अन्ततः हामी पोखरातर्फ फर्कियौं, पानीमा भिज्दै साँझतिर शहर आइपुग्यौं।

अप्रकाशित मुस्ताङको आत्मा — मार्चे

यो मेरो पाँचौं मुस्ताङ यात्रा भए पनि अहिलेसम्मकै सबैभन्दा अलग र आत्मीय अनुभव रह्यो। मार्चेले मलाई हिमाली जीवनशैली, प्राकृतिक सौन्दर्य र मानवताको यस्तो रुप देखायो, जुन शब्दमा वर्णन गर्न मुस्किल छ।

हामी त रमाइलो गर्न गएका थियौं, तर त्यहाँ सधैं बस्ने ती बुबाको संघर्षमय जीवन देखेर मन गह्रौं भयो। राति ओढ्ने ल्याइदिनुभएको उहाँको सानो तर गहिरो माया आजसम्म पनि मन छोइरहन्छ। सम्मान र आभार ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
गण्डकी क्षेत्र

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
गण्डकी क्षेत्र

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
गण्डकी क्षेत्र

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews