तमु ल्होछार: गण्डक प्रदेशको साझा पर्व

By: गण्डकी न्यूज - पुष १६ २०७७ बिहीबार १७:४१-
  • जगमान गुरुङ

अहिले संस्थागत रुपमै तमु ल्होछार मनाइन्छ । अचेल आम सभा गरेर, प्रमुख अथिति बनाएर कार्यक्रम गरेरै ल्होछार मनाइन्छ । उहिले यसरी ल्होछार मनाउने चलन थिएन । तिहारमा देउसीभैलो खेलिन्थ्यो । देउसीभैलोमा रौसी, रोटी, धान, चामल दिन्थे । रौसी, रोटी त उतिखेरै खाइहाल्ने कुरा भयो । चियाको चलन थिएन त्यतिबेला । चामल, धान, पैसा राख्थे र पुसे १५ को दिनमा सेलरोटी बनायो, भात पकायो । धेरै पैसा छ भने राँगो किन्ने । राँगा नखाने कमै हुन्थे । पैसा कम छ भने बाख्रा काटेर मासुभात, रौसी, मासु, सेलरोटी खाने चलन थियो । त्यसलाई खुवा भनिन्थ्यो । ल आजदेखि चाहिँ वर्ग फेरियो भनेर खुसीयाली गरिन्थ्यो ।

अहिलेजस्तो धुमधाम ¥याली निकालेर, आमसभा गरेर ल्होछार मनाउने चलन थिएन । नेवारहरुको पनि म्ह पूजा न्हुदँया भिन्तुना अहिले धुमधामले ¥याली गरेर मनाउँछन् । कात्तिक शुल्क प्रतिपदाको दिन ‘ल आजदेखि नेपाल संवत फेरियो’ भनेर म्ह पूजा गर्ने, भोज खाने चलन थियो । २०३६ सालमा जनमत संग्रहको घोषणा भयो । अहिलेभन्दा बढी लोकतन्त्र आएथ्यो त्यो बेला । त्यतिखेर म्ह पूजाको दिनमा विशाल ¥याली निस्क्यो । त्यस्तो ¥याली अहिलेसम्म निस्केको छैन । ¥यालीले काठमाडौं, भक्तपुर, पाटन परिक्रमा गरेर आमसभा ग¥यो । न्हुदँया भिन्तुना भनियो, नेपाल संवत अब राष्ट्रिय संवत भनेर नारा लगाइयो ।

म काठमाडौं पुलचोकमा बस्थें । त्यतिखेर काठमाडौंमा तमु धिं नेपाल भनेर एउटा संस्था थियो । ‘नेवारहरुले धुमधाम गरेका छन् यहाँ, हाम्रो पनि ल्होछार भन्ने छ नि त, गरम् न’ भनेर तमु धिं नेपालका पदाधिकारीहरुलाई कुरा राखें । लाजिम्पाटमा डा. हर्कबहादुर गुरुङका जेठान कृष्णबहादुर गुरुङको घरको माथिल्लो तलामा तमु धिंको अफिस थियो । ०३६ सालको पुसे १५ को दिनमा त्यहाँ कार्यकारिणी सदस्यहरु र अरु पनि बसेर ल्होछार भनेको यो हो, यस्तो हो भनेर मैले अथ्र्याएँ । २०३७ सालदेखि अहिले जहाँ कन्या क्याम्पस छ, त्यतिखेर कन्या स्कुल थियो । त्यहाँको एउटा हलमा कार्यक्रम गरेर हामी बाहिर आयौं । ०३७ र ०३८ सालमा त्यहीँ कार्यक्रम भयो । त्यसपछि ठूलो ठाउँ खोजी गरेर कार्यक्रम हुन थाल्यो ।

अहिले नेपालभर मात्रै नभएर हङकङ, युके, अमेरिका लगायत जहाँजहाँ नेपाली छन्, त्यहाँत्यहाँ ¥याली निकालेर, आमसभा गरेर कार्यक्रम हुन थालेका छन् । नाचगान गर्ने, खेलकुदका कार्यक्रम राख्ने प्रमुख अथिति बनाउने गरियो । यसरी संस्थागत रुप लियो । राजनीतिकरण पनि भयो । गुरुङका हकहितका कुरा गर्ने, प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउने, माग राख्ने गरी ल्होछार मनाइँदै आएको छ ।

बिदा दिने सुरुवात

अहिले ल्होछारमा सरकारले सार्वजनिक बिदा दिन्छ । त्यतिबेला बिदा दिने चलन थिएन । त्यो कसरी सुरु भयो त ? गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । उनीसँग पोखराका गुरुङहरुले माग राखे, ‘ल्होछारमा सार्वजनिक बिदा हुनुपर्छ ।’ एकपटक फेरि मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा तामाङहरुले ल्होछारमा विदाको माग गरे । माघ शुक्ल प्रतिपदाको दिन जोजोले ल्होछार मान्छ उनीहरुलाई बिदा भनेर मनमोहन अधिकारीले दिए, अरुलाई होइन ।

मनमोहनले माघ शुक्ल प्रतिपदाको दिन ल्होछार मान्नेहरुलाई मात्र बिदा दिए । पछि पृथ्वीसुब्बा गुरुङ संस्कृति मन्त्री भएपछि ३ वटा ल्होछारलाई सार्वजनिक बिदा भनेर घोषणा गरिदिए । सालको ठ्याक्कै याद भएन । तमु ल्होछार पुसे १५, सोनाम ल्होछार माघ प्रतिपदा र ग्याल्बो ल्होछार फाल्गुण प्रतिपदामा सार्वजनिक बिदा दिने चलन यसरी सुरुआत भयो । ३ वटा ल्होछारको त बिदा भयो । तर, एउटा अझै छुटेको छ । किनकी उनीहरुको आवाज पुगेन । तोला ल्होछार मान्नेहरु थोरै छन् । मनाङ, हुम्लातिरकाले तोला ल्होछार मान्छन् । यो पौष शुक्लपूर्णिमामा पर्छ । संख्या थोरै भएकै कारण उनीहरुको आवाज पुगेन ।

हुन् त नेपालका सबै तीर्थस्थल साझा हुन् । पर्व एकै दिन तर मनाउने तरिका फरकफरक । नेपाली संस्कृतिको प्रकृति यस्तो छ कि एउटै तीर्थस्थलमा विभिन्न समुदायका मान्छे जान्छन् । जस्तै एउटै नदीमा सबै स्नान गर्न जान्छन् तर कर्मकाण्ड आआफ्नो हुन्छ । पुसे १५ गण्डकी प्रदेशको साझा पर्व हो ।

गण्डकी प्रदेशको भूभागलाई हावापानीका हिसाबले ४ भागमा विभाजन गर्न सकिन्छ । हिमालदेखि उत्तरपट्टिको भोट । भोट भन्नेबित्तिकै हामी तिब्बत सम्झन्छौं तर हिमालीपारिका क्षेत्रलाई पनि भोट भनिन्छ, अन्त होइन, गण्डकी प्रदेशको मात्रै । जहाँ भोट संस्कृति र संप्रभुता छ । हिमालयको दक्षिण पाटोमा काँठ र कछाड भन्ने छ । हिमालको तत्कालको चिसो ठाउँ त्यो काँठ हो, त्यो तमुवान हो । तमुवान भनेको गुरुङ भाषा र संस्कृतिको वर्चश्व भयो । तलपट्टिको घमाइलो ठाउँ कछाड हो । त्योचाहिँ मगर भाषा र संस्कृतिको बाहुल्य रहेकाले त्यसलाई मगराँत भनियो । महाभारत चुरे पर्वतदेखि तलको भावर प्रदेश हो, थरुवान । जहाँ थारु भाषा र संस्कृतिको बाहुल्य छ ।

कछाड अर्थात पहाडी क्षेत्र खस भाषा र संस्कृति भएको ठाउँ पनि हो । खसहरु चाहिँ पूर्वतिर बढ्दैबढ्दै आएर गण्डकी प्रदेशको कछाड मगराँत प्रदेशमा आएपछि खस भाषा र संस्कृतिको पुनर्विकास भयो । खस भाषा र संस्कृतिको पुनर्विकास भएको थलो भएका हुनाले गण्डकी प्रदेशको कछाड भाग मगराँत, खसान्त भनियो । भनेपछि यहाँको प्रमुख जाति गुरुङ, मगर र खस भए । खस भन्नाले क्षेत्री, बाहुन हुन् । अहिले ब्राह्मण, क्षेत्री भनिन्छ ।

मैले जान्दा ब्राह्मण, क्षेत्री भन्ने थिएन । खसबाहुन भनिन्थ्यो । खस भनेको क्षेत्र र बाहुनः खसबाहुन । अहिले खसआर्य भनेर नयाँ शब्दावली बनाइएको हो । यसरी गण्डकी प्रदेशको प्रमुख जाति भनेको काँठको गुरुङ, कछाडको मगर, कछाडकै फेरि खस बाहुन । यही समिश्रण पुसे १५ मा पनि छ । पुसे १५ मा खसबाहुनले नयाँ वर्ष मान्दैन, भन्दैन । तर, के मान्यता राख्छ भने अब पुसे १५ देखि दिन लामो हुँदै जान्छ भनेर अनदी चामलको लट्टे र कालो मासको फुरौला खान्छ । दिन लामो हुँदै जान्छ है भन्नुको अर्थ के त ? नयाँ वर्ष नमाने पनि नयाँ वर्षको संकेत भने गर्छ ।

त्यस्तै मगरहरुले पनि यसलाई नयाँ वर्ष मान्दैन । तर, मगर युवायुवतीले पुसे १५ मा खुवा खाएर आफ्नो जीवनसाथी खोज्ने परम्परा हो । मगरहरुको गृहस्थ जीवनको सुरुवात पनि पुसे १५ बाट हुने भयो । खसबाहुनले दिन लामो हुँदै जान्छ है भने, मगर युवायुवतीले अब रमाइलो घमाइलो भयो भने र त्यही पर्वलाई गुरुङहरुले नयाँ वर्ष भने । त्यसैले पुसे १५ गण्डकी प्रदेशकै साझा पर्व हो ।

ल्होछार कि लोसार ?

ल्होछार तिब्बत भइकन यहाँ आएको हुँदा चिनियाँ तिब्बती ज्योतिषशास्त्रको पात्रो अनुसार मानियो । तिब्बतमा चिनियाँ तिब्बत ज्योतिषको सूत्र प्रतिपादन भएको हो । लोसार भनेको तिब्बती भाषाको मूल शब्द हो । लो भनेको वर्ष र सार भनेको नयाँ । तिब्बती व्याकरणमा विशेषण पछाडि हुन्छ ।

जस्तै मसीरातो भनिन्छ, हाम्रोमा जस्तो रातोमसी भनिदैन । लो भनेको वर्ष र सार भनेको नयाँ । लोसार भन्यो । भाषाशास्त्रले भन्छ नि मूल शब्दलाई जस्ताको तस्तै प्रयोग ग¥यो भने तत्सम हुन्छ । हिमाली क्षेत्रमा लोसारलाई लोसारै भन्छ । त्यो तत्सम भयो । थाकखोलाका थकाली, उच्चपहाडी भेगका तामाङ र गुरुङले ल्होछार भन्छ । लोबाट ल्हो भयो, सारबाट छार भयो । त्यो तत्भव भयो । त्यो तिब्बती मूल शब्दबाट भएको तत्भव भयो ।

गुरुङ भाषाको माउ भाषा भनेको तिब्बती हो । तिब्बती त अचेल भन्न थालियो, भोटे भाषा । तिब्बती भाषाबाट विकास हुँदै हुँदै अहिलेको गुरुङ भाषा आयो । चारवटा शृंखला पार गरेर आएको छ । पैंकी भनेको भोटे भाषा, चोंकी भनेको उच्चभेगको भाषा । तलपट्टिको लोकी भाषा र तमुकी भनेको गुरुङ भाषा । भोटे भाषामा लोसार र गुरुङ भाषामा ल्होछार भन्न थाल्यो ।

आफ्नो शब्द पाइएन भने सहोदर भाषामा खोज्न प¥यो । त्यसमा पनि पाइएन भने माउ भाषामा खोज्नुप¥यो । तर गुरुङको त आफ्नै भाषा र शब्द छ नि । आफ्नो शब्द ल्होछार छँदाछँदा माउ भाषाको शब्द किन बोल्ने ? गुरुङमा ल्हो भनेको वर्ग भयो, छार भनेको नयाँ । अर्थ त लोसार भनेको पनि नयाँ वर्ष, ल्होछार भनेको पनि नयाँ वर्ष । त्यस कारण आफ्नै भाषाको शब्द छँदाछँदै भोटेभाषा किन बोल्ने ?

मूल लोसारचाहिँ तोल लोसार हो, पौष शुक्ल प्रतिपदामा प्रवद्र्धन हुने । कतिपय वैदिक संस्कृति लोप भयो । वेदांग ज्योतिषशास्त्र वेदको रचना हुँदाको हो । अहिले ज्योतिष र वेदांग ज्योतिष धेरै फरक छ । चिनियाँ तिब्बती ज्योतिष शास्त्र अनुसारको तोल लोसारको प्रवद्र्धन पनि पौष शुक्ल प्रतिप्रदामा हुन्छ ।

चिनियाँ तिब्बती ज्योतिषशास्त्रको तोल लोसार र भारतीय ज्योतिशास्त्र अनुसारको पौष शुल्क प्रतिप्रदा पनि उही टुंगोमा ल्याएको छ । ज्योतिषशास्त्रले भारतीय संस्कृति र तिब्बती संस्कृति दुवैलाई एउटै टुंगोमा ल्याएर जोडेको छ । वैदिक संवतसरले पनि पौष शुल्क प्रतिपदाका दिनदेखि नयाँ वर्ष सुरु भएको मान्छ । भोट क्षेत्रमा हुँदा त गुरुङहरुको पनि त्यही पौष शुल्क प्रतिपदा नै लोसार हो । पुसे पन्ध्रम्लाई मान्न थालेकोचाहिँ तल झरेर अरु जातिसँगको निकटताका कारणले हो ।

तल कछाडतिर झरेपछि अर्थात हिमालयको दक्षिणपाटोमा आउन थालेपछि पुसे पन्ध्रम्लाई मान्न थालेको हो । त्यसको कारण के हो त भन्दाखेरी स्थानीयताका कारण हो । मगरहरुसँगको सम्पर्क, खसबाहुनहरुको सम्पर्कका कारण हो । खस बाहुनहरुले अब दिन लामो भए है भनेर पुसे पन्ध्रम् मनाउँछ । मगरहरुको पनि ग्राहस्थ जीवनै सुरु हुन्छ । गुरुङहरुले मात्रै नयाँ वर्ष भनेर भनेको छ । गण्डक क्षेत्रको मूल तिनटा जाति गुरुङ, मगर र खस(क्षेत्री) बाहुनको मूल पर्व पुस पन्ध्र हो । अन्त मान्दैनन् सबैले ।

(संस्कृतिकर्मी प्रा.डा. गुरुङसँग समाधानका अमृत सुवेदीले गरेको कुराकानीमा आधारित)

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर