Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सेतीको मापदण्ड ३० मिटर, फिर्के र बुलौदी खोलामा ५ मिटर

अब ५ तलासम्म अग्लो घर बनाउन पाइने

गण्डकी न्यूज गण्डकी न्यूज
2024 February 23 मा प्रकाशित
सेतीको मापदण्ड ३० मिटर, फिर्के र बुलौदी खोलामा ५ मिटर
ShareTweetSend

पोखरा । देशकै ठूलो महानगर पोखराले भवन, पूर्वाधार, खोलाखोल्साको नयाँ मापदण्ड बनाएको छ । बुधबार आयोजित कार्यक्रममा महानगरका मेयर धनराज आचार्यले ‘पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८०’ सार्वजनिक गरेका हुन् ।

नयाँ मापदण्डले आवास, व्यवसायिक प्रयोजनका भवन, हाउजिङ, बाटोहरुको चौडाइ, विमानस्थल वरपरका संरचना, नदी, खोला, खोल्साहरु नजिक बनाइने संरचनाको शर्त तोकेको छ । नयाँ मापदण्डले सामान्य आवासलाई थप अग्लो बनाउन अनुमति दिएको छ । अब ५ तलासम्मका भवन निर्माण गर्दा माटो परीक्षण गर्नुपर्ने छैन । यसमा भवनमा ऊर्जा प्रभावकारितासम्बन्धी विशेष व्यवस्था गरिएको छ ।

पोखरा महानगरको १३ औँ कार्यपालिका बैठकले नयाँ मापदण्ड पास गरेको थियो । युरोपियन युनियनको आर्थिक सहयोगमा यो मापदण्ड बनेको हो । ‘१७ मिटर वा ५५ फिटसम्मका संरचनाका लागि माटो परीक्षण गर्नुपर्दैन,’ महानगरका घरनक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले भने, ‘त्यसभन्दा अग्ला संरचना निर्माणका लागि माटो परीक्षण गरी त्यसको अवस्था अनुसार अनुमति दिन्छौँ ।’

यसअघि पोखरा महानगरमा साढे दुई तलासम्मका मात्र भवन निर्माण गर्न पाइने मापदण्ड थियो । २०१६ सालमा नगरपालिका बनेको पोखरा २०७३ मा महानगर घोषणा भएको हो । पुरानो मापदण्डमा अग्ला भवन बनाउन नपाइने भए पनि पहिला मापदण्ड बमोजिम स्वीकृति लिएर पछि थप अग्ला संरचना बन्दै आएका छन् ।

बिन प्रोजेक्टका लिडर डानियल नेयरले विदेशी मापदण्डका अनुभवसहित पोखरामा बेसलाइन सर्भेसमेत गरी नयाँ मापदण्ड तय गरिएको जनाए । ‘हामीले कपी पेस्ट गरेका छैनौँ, यहाँको स्थानीय आवश्यकता र वस्तुस्थिति अनुसारको मापदण्ड बनाएका छौँ,’ उनले भने ।

मेयर आचार्यले ९९ प्रतिशत जति घर, पूर्वाधारको डिजाइन र निर्माण निजी क्षेत्रले गर्ने भएकाले नयाँ मापदण्डबारे जानकारी दिँदै कार्यान्वयन प्रक्रियामा जाने उल्लेख गरे । ‘जलवायु परिवर्तन हुँदै छ । हामीले बनाउने संरचनामा एसी प्रयोग गर्नै नपर्ने भए ऊर्जाको लागत कम हुन्छ । नयाँ मापदण्डबारे पहिला अवारनेस दिन्छौँ, त्यसपछि कार्यान्वयनमा जान्छौँ,’ मेयर आचार्यले भने ।
महानगरको यसअघिको कार्यकालमा प्राडा भरतराज पहारी नेतृत्वको समितिले बनाएको मापदण्डलाई थप परिस्कृत गरी नयाँ मापदण्ड ल्याइएको जनाए ।

परिस्थिति फेरिँदा नयाँ मापदण्ड आवश्यक भएको उनको भनाइ छ । ‘पहिला सडकबाटै नाङ्गो आँखाले हिमाल देखियोस् भनी साढे दुई तलाको मापदण्ड बनेको हुनुपर्छ । अहिले पुराना खालका भवन हराउँदै गएका छन्, सर्वाेच्चको आदेश र सरकारका विभिन्न ऐन, मापदण्ड बमोजिम नयाँ मापदण्ड बनाएका छौँ,’ मेयर आचार्यले भने ।

पोखरामा १० तलामाथिका १९ भवन अहिले नै रहेको उनको भनाइ छ । पुराना मापदण्डमा नपरेका भवनहरुको अभिलेख गर्ने, बनिसकेकालाई परिष्कृत गर्ने र नयाँ बन्ने भवनहरुलाई भूबनोटका आधारमा मापदण्ड लागू गरिने उनले जनाए । कार्यक्रममा युरोपियन युनियनका रञ्जनप्रकाश श्रेष्ठले नयाँ मापदण्डको स्वामित्व लिएर महानगरले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकोमा धन्यवाद दिए । उनले भने, ‘इयुले नेपालमा कृषि, शिक्षा, ऊर्जा, संघीयता जस्ता क्षेत्रमा काम गर्दै आएका छौँ । यही योजनाबाट पोखरा महानगरसँग हाम्रो सहकार्य सुरु भएको छ ।’

संघीय आयोजना कार्यान्वयन इकाइ कास्की प्रमुख इन्जिनियर सुरज पौडेलले जनस्तरबाटै ऊर्जा कम खपत गर्ने खालका भवन, पूर्वाधार निर्माणका लागि चासो आउने वातावरण सिर्जना गर्न आग्रह गरे । संघीय मामिला मन्त्रालयका अधिकृत सञ्जय अधिकारीले ऊर्जाको मितव्ययी प्रयोग गर्ने र मापदण्ड बमोजिम भवन र पूर्वाधार विकास गरी समृद्ध देशको यात्रामा आघि बढ्न नयाँ मापदण्ड सहयोगी सिद्ध हुने आपेक्षा गरे ।

औद्योगिक, शैक्षिक, सिनेमा घर, पार्टी प्यालेस जस्ता मानिस जम्मा हुने ठाउँमा लम्बाइ अनुसार त्यसको चौडाइ मापदण्ड तोकिएको छ । सय मिटरसम्म लामा संरचनामा ६ मिटरको प्रवेश स्थल हुनुपर्ने मापदण्ड छ भने २ सय मिटर लामा पूर्वाधारमा ८ मिटरको प्रवेश स्थल हुनुपर्छ । यस्ता भीडभाड हुने ठाउँ ४ सय र ६ सय मिटर लामो हुँदा त्यसको प्रवेश माध्यमको चौडाइ क्रमशः ११ मिटर र १४ मिटर हुनुपर्छ । ६ सय मिटरभन्दा लामा यस्ता पूर्वाधारमा प्रवेश त्यसको चौडाइ २२ मिटर हुनुपर्छ ।

फेवातालसहित अन्य तालहरुको मापदण्ड सर्वाेच्च अदालतको आदेश अनुसार तय भएको छ । डिल, भीर, पहिरोछेउमा निर्माणका लागि त्यसको उचाइ अनुसार सेटब्याकको व्यवस्था छ । ५ मिटर अग्लो डिल, भीर पहिरोमा २ मिटर सेटब्याक राख्नुपर्ने छ भने ५ देखि १० मिटरसम्म ३ मिटर, १० देखि १५ मिटरसम्मका लागि ५ मिटर सेटब्याक तोकिएको छ । यसैगरी, १५ देखि २० मिटर अग्ला डिल, भीर, पहिरोको सेटब्याक साढे ७ मिटर र २० मिटरभन्दा आग्लामा १० मिटर सेटब्याक तोकिएको छ ।

सेती नदी र मर्दी, मर्दी, सुरौदी, काली, पुँडी र हर्पनखोलाको मापदण्ड ३० मिटर तोकिएको छ । याम्दी र सुइखोलाको मापदण्ड १७ मिटर तोकिएको छ । फिर्के र बुलौदी खोलामा पूर्वाधार बनाउँदा ५ मिटर छाड्नुपर्ने भएको छ भने बगादीखोला, बेगनासताल खोला र तालखोला छेउमा भवन तथा अन्य पूर्वाधार बनाउँदा ७ मिटर छाड्नुपर्ने भएको छ । यसैगरी, भलामखोला र काहुँखोलाको १० मिटर र पार्दी खोलाको साढे १२ मिटर मापदण्ड निर्धारण भएको छ । पोखरा महानगरभित्रका अरु सबै सामान्य खोल्साको ६ मिटर मापदण्ड छाडेर भवन निर्माण गर्नुपर्ने भएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान
Main News 1

बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान

by राम बहादुर रोकाहा
2026 January 12 मा प्रकाशित
प्रदेश सरकारको निर्णयपछि स्याङ्जामा सामाजिक र उद्योग दुई कार्यालयको एकीकृत सेवा सुरु
Main News 1

प्रदेश सरकारको निर्णयपछि स्याङ्जामा सामाजिक र उद्योग दुई कार्यालयको एकीकृत सेवा सुरु

by राम बहादुर रोकाहा
2025 December 30 मा प्रकाशित
राम्दी घाटको अव्यवस्थाले अन्तिम संस्कारमै सास्ती
Main News 1

राम्दी घाटको अव्यवस्थाले अन्तिम संस्कारमै सास्ती

by राम बहादुर रोकाहा
2025 December 28 मा प्रकाशित
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
Main News 1

अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

by राम बहादुर रोकाहा
2025 December 5 मा प्रकाशित
माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने
Main News 1

माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने

by राम बहादुर रोकाहा
2025 December 23 मा प्रकाशित
अर्जुनचौपारीमा नवग्रह मन्दिरमै साउण्ड हिलिङ सुरू
Main News 1

अर्जुनचौपारीमा नवग्रह मन्दिरमै साउण्ड हिलिङ सुरू

by राम बहादुर रोकाहा
2025 November 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

2026 February 1 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

2026 February 1 मा प्रकाशित
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

2026 February 1 मा प्रकाशित
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ

फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ

2026 January 31 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो

2026 January 31 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews