Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सेतीको मापदण्ड ३० मिटर, फिर्के र बुलौदी खोलामा ५ मिटर

अब ५ तलासम्म अग्लो घर बनाउन पाइने

गण्डकी न्यूज गण्डकी न्यूज
2024 February 23 मा प्रकाशित
सेतीको मापदण्ड ३० मिटर, फिर्के र बुलौदी खोलामा ५ मिटर
ShareTweetSend

पोखरा । देशकै ठूलो महानगर पोखराले भवन, पूर्वाधार, खोलाखोल्साको नयाँ मापदण्ड बनाएको छ । बुधबार आयोजित कार्यक्रममा महानगरका मेयर धनराज आचार्यले ‘पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८०’ सार्वजनिक गरेका हुन् ।

नयाँ मापदण्डले आवास, व्यवसायिक प्रयोजनका भवन, हाउजिङ, बाटोहरुको चौडाइ, विमानस्थल वरपरका संरचना, नदी, खोला, खोल्साहरु नजिक बनाइने संरचनाको शर्त तोकेको छ । नयाँ मापदण्डले सामान्य आवासलाई थप अग्लो बनाउन अनुमति दिएको छ । अब ५ तलासम्मका भवन निर्माण गर्दा माटो परीक्षण गर्नुपर्ने छैन । यसमा भवनमा ऊर्जा प्रभावकारितासम्बन्धी विशेष व्यवस्था गरिएको छ ।

पोखरा महानगरको १३ औँ कार्यपालिका बैठकले नयाँ मापदण्ड पास गरेको थियो । युरोपियन युनियनको आर्थिक सहयोगमा यो मापदण्ड बनेको हो । ‘१७ मिटर वा ५५ फिटसम्मका संरचनाका लागि माटो परीक्षण गर्नुपर्दैन,’ महानगरका घरनक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले भने, ‘त्यसभन्दा अग्ला संरचना निर्माणका लागि माटो परीक्षण गरी त्यसको अवस्था अनुसार अनुमति दिन्छौँ ।’

यसअघि पोखरा महानगरमा साढे दुई तलासम्मका मात्र भवन निर्माण गर्न पाइने मापदण्ड थियो । २०१६ सालमा नगरपालिका बनेको पोखरा २०७३ मा महानगर घोषणा भएको हो । पुरानो मापदण्डमा अग्ला भवन बनाउन नपाइने भए पनि पहिला मापदण्ड बमोजिम स्वीकृति लिएर पछि थप अग्ला संरचना बन्दै आएका छन् ।

बिन प्रोजेक्टका लिडर डानियल नेयरले विदेशी मापदण्डका अनुभवसहित पोखरामा बेसलाइन सर्भेसमेत गरी नयाँ मापदण्ड तय गरिएको जनाए । ‘हामीले कपी पेस्ट गरेका छैनौँ, यहाँको स्थानीय आवश्यकता र वस्तुस्थिति अनुसारको मापदण्ड बनाएका छौँ,’ उनले भने ।

मेयर आचार्यले ९९ प्रतिशत जति घर, पूर्वाधारको डिजाइन र निर्माण निजी क्षेत्रले गर्ने भएकाले नयाँ मापदण्डबारे जानकारी दिँदै कार्यान्वयन प्रक्रियामा जाने उल्लेख गरे । ‘जलवायु परिवर्तन हुँदै छ । हामीले बनाउने संरचनामा एसी प्रयोग गर्नै नपर्ने भए ऊर्जाको लागत कम हुन्छ । नयाँ मापदण्डबारे पहिला अवारनेस दिन्छौँ, त्यसपछि कार्यान्वयनमा जान्छौँ,’ मेयर आचार्यले भने ।
महानगरको यसअघिको कार्यकालमा प्राडा भरतराज पहारी नेतृत्वको समितिले बनाएको मापदण्डलाई थप परिस्कृत गरी नयाँ मापदण्ड ल्याइएको जनाए ।

परिस्थिति फेरिँदा नयाँ मापदण्ड आवश्यक भएको उनको भनाइ छ । ‘पहिला सडकबाटै नाङ्गो आँखाले हिमाल देखियोस् भनी साढे दुई तलाको मापदण्ड बनेको हुनुपर्छ । अहिले पुराना खालका भवन हराउँदै गएका छन्, सर्वाेच्चको आदेश र सरकारका विभिन्न ऐन, मापदण्ड बमोजिम नयाँ मापदण्ड बनाएका छौँ,’ मेयर आचार्यले भने ।

पोखरामा १० तलामाथिका १९ भवन अहिले नै रहेको उनको भनाइ छ । पुराना मापदण्डमा नपरेका भवनहरुको अभिलेख गर्ने, बनिसकेकालाई परिष्कृत गर्ने र नयाँ बन्ने भवनहरुलाई भूबनोटका आधारमा मापदण्ड लागू गरिने उनले जनाए । कार्यक्रममा युरोपियन युनियनका रञ्जनप्रकाश श्रेष्ठले नयाँ मापदण्डको स्वामित्व लिएर महानगरले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकोमा धन्यवाद दिए । उनले भने, ‘इयुले नेपालमा कृषि, शिक्षा, ऊर्जा, संघीयता जस्ता क्षेत्रमा काम गर्दै आएका छौँ । यही योजनाबाट पोखरा महानगरसँग हाम्रो सहकार्य सुरु भएको छ ।’

संघीय आयोजना कार्यान्वयन इकाइ कास्की प्रमुख इन्जिनियर सुरज पौडेलले जनस्तरबाटै ऊर्जा कम खपत गर्ने खालका भवन, पूर्वाधार निर्माणका लागि चासो आउने वातावरण सिर्जना गर्न आग्रह गरे । संघीय मामिला मन्त्रालयका अधिकृत सञ्जय अधिकारीले ऊर्जाको मितव्ययी प्रयोग गर्ने र मापदण्ड बमोजिम भवन र पूर्वाधार विकास गरी समृद्ध देशको यात्रामा आघि बढ्न नयाँ मापदण्ड सहयोगी सिद्ध हुने आपेक्षा गरे ।

औद्योगिक, शैक्षिक, सिनेमा घर, पार्टी प्यालेस जस्ता मानिस जम्मा हुने ठाउँमा लम्बाइ अनुसार त्यसको चौडाइ मापदण्ड तोकिएको छ । सय मिटरसम्म लामा संरचनामा ६ मिटरको प्रवेश स्थल हुनुपर्ने मापदण्ड छ भने २ सय मिटर लामा पूर्वाधारमा ८ मिटरको प्रवेश स्थल हुनुपर्छ । यस्ता भीडभाड हुने ठाउँ ४ सय र ६ सय मिटर लामो हुँदा त्यसको प्रवेश माध्यमको चौडाइ क्रमशः ११ मिटर र १४ मिटर हुनुपर्छ । ६ सय मिटरभन्दा लामा यस्ता पूर्वाधारमा प्रवेश त्यसको चौडाइ २२ मिटर हुनुपर्छ ।

फेवातालसहित अन्य तालहरुको मापदण्ड सर्वाेच्च अदालतको आदेश अनुसार तय भएको छ । डिल, भीर, पहिरोछेउमा निर्माणका लागि त्यसको उचाइ अनुसार सेटब्याकको व्यवस्था छ । ५ मिटर अग्लो डिल, भीर पहिरोमा २ मिटर सेटब्याक राख्नुपर्ने छ भने ५ देखि १० मिटरसम्म ३ मिटर, १० देखि १५ मिटरसम्मका लागि ५ मिटर सेटब्याक तोकिएको छ । यसैगरी, १५ देखि २० मिटर अग्ला डिल, भीर, पहिरोको सेटब्याक साढे ७ मिटर र २० मिटरभन्दा आग्लामा १० मिटर सेटब्याक तोकिएको छ ।

सेती नदी र मर्दी, मर्दी, सुरौदी, काली, पुँडी र हर्पनखोलाको मापदण्ड ३० मिटर तोकिएको छ । याम्दी र सुइखोलाको मापदण्ड १७ मिटर तोकिएको छ । फिर्के र बुलौदी खोलामा पूर्वाधार बनाउँदा ५ मिटर छाड्नुपर्ने भएको छ भने बगादीखोला, बेगनासताल खोला र तालखोला छेउमा भवन तथा अन्य पूर्वाधार बनाउँदा ७ मिटर छाड्नुपर्ने भएको छ । यसैगरी, भलामखोला र काहुँखोलाको १० मिटर र पार्दी खोलाको साढे १२ मिटर मापदण्ड निर्धारण भएको छ । पोखरा महानगरभित्रका अरु सबै सामान्य खोल्साको ६ मिटर मापदण्ड छाडेर भवन निर्माण गर्नुपर्ने भएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
Main News 1

दोस्रो होमबहादुर राना कप क्लबस्तरीय खुला पुरुष भलिबल हुने, विजेतालाई दुई लाख

by राम बहादुर रोकाहा
2026 October 26 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
Main News 1

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति
Main News 1

सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति

by गण्डकी न्यूज
2026 October 4 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन
Main News 1

कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
बुबाले रोपेको कफीमा छोराको प्रिमियम सपना
Main News 1

बुबाले रोपेको कफीमा छोराको प्रिमियम सपना

by राम बहादुर रोकाहा
2026 September 26 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
Main News 1

स्याङ्जामा राति सवारी चलाउन रोक

by राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्वरूप परिवर्तन गरी मोटरसाइकल चलाउनेलाई ७ हजार ५०० रुपैयाँ जरिवाना

स्वरूप परिवर्तन गरी मोटरसाइकल चलाउनेलाई ७ हजार ५०० रुपैयाँ जरिवाना

2026 October 27 मा प्रकाशित
स्याङ्जामा गुडिरहेको स्कुटरमा आगलागी

स्याङ्जामा गुडिरहेको स्कुटरमा आगलागी

2026 October 27 मा प्रकाशित
बहुविवाह मुद्दामा ७ वर्षपछि पक्राउ, कैद भुक्तान गर्न कारागार चलान

बहुविवाह मुद्दामा ७ वर्षपछि पक्राउ, कैद भुक्तान गर्न कारागार चलान

2026 October 27 मा प्रकाशित
गुल्मीमा स्कार्पियो दुर्घटना : स्याङ्जाका पूर्व जिसस उपप्रमुख बगालेसहित ६ जनाको मृत्यु

गुल्मीमा स्कार्पियो दुर्घटना : स्याङ्जाका पूर्व जिसस उपप्रमुख बगालेसहित ६ जनाको मृत्यु

2026 October 26 मा प्रकाशित
गगन थापा भन्छन्– ‘म चमत्कार गर्न होइन, काम गर्न आएको हुँ’

गगन थापा भन्छन्– ‘म चमत्कार गर्न होइन, काम गर्न आएको हुँ’

2026 October 26 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews