Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति

गण्डकी न्यूज गण्डकी न्यूज
2026 October 4 मा प्रकाशित
सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति
ShareTweetSend

स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीमा कालीगण्डकी र सेतीखोलामा आएको भीषण बाढीले करिब २५ घरमा क्षति पुर्‍याएको छ । बाढीले घर तथा पसलमा रहेका खाद्यान्न, विद्युतीय सामग्री, भाँडाकुँडा र अन्य सामान बगाउँदा स्थानीयको करोडौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना भए पनि सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलाको पानी बढ्दै गए पनि विगतमा जस्तै सामान्य बाढी आउने अनुमान गरेका थिए । शनिबार रातिसम्म पनि दुवै खोला सामान्य रूपमा बगिरहेका थिए ।

तर राति करिब १२ बजे माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह निकै बढेको सूचना सेतीवेणी प्रहरी चौकीमा पुगेपछि प्रहरीले तत्काल महत्वपूर्ण कागजात लिएर चौकी छाड्न र सुरक्षित स्थानमा जान थालेको थियो । प्रहरीले आसपासका बासिन्दालाई समेत सुरक्षित स्थानतर्फ जान आग्रह गरेको केही समयमै कालीगण्डकी र सेतीखोलाको बाढी बस्तीमा पसेको स्थानीयले बताएका छन् ।

बाढीले स्याङ्जा, पर्वत र गुल्मी तीन जिल्लाको संगमस्थल सेतीवेणी बजारलाई नराम्ररी प्रभावित बनाएको छ । पर्वततर्फ नौ घर बगाएको र करिब ५० घर डुबानमा परेको स्थानीयले बताएका छन् । त्यससँगै जोडिएको स्याङ्जाको गल्याङ–५ बजार क्षेत्र पनि पूर्ण रूपमा डुबानमा परेको थियो ।

स्याङ्जातर्फ करिब २५ कच्ची तथा पक्की घर बाढीमा बगेका वा क्षतिग्रस्त भएका छन् । अहिले बस्तीका कतिपय स्थानमा बालुवा र गिटी थुप्रिएर बगरजस्तै बनेको स्थानीय रेशमलाल न्यौपानेले बताए ।

‘असोज १० गते दिउँसो देखिएको क्षेत्र र अहिलेको अवस्था हेर्दा सपना जस्तै लागेको छ । कसरी यस्तो भयो भनेर विश्वास गर्न गाह्रो छ,’ उनले भने ।

बाढीले प्रहरी चौकीसहित खाद्यान्न पसल, विद्युतीय सामग्रीका पसल, भाँडाकुँडा, फेन्सी पसल र होटलमा क्षति पुर्‍याएको छ । नेष्डो समृद्ध लघुवित्त, विभिन्न सहकारीलगायत संस्थाका कार्यालयसमेत डुबानमा परेका छन् ।

गुल्मीको अर्बेनीबाट सेतीवेणीमा आएर मोबाइल व्यवसाय गर्दै आएका एक युवाले मात्रै करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको बताएका छन् । स्थानीय ७० वर्षीय रवि भट्टराईले आफ्नो जीवनकालमा बजारमा यसरी ठूलो बाढी पसेको पहिलोपटक देखेको बताए ।

होटल व्यवसायी उमाकान्त न्यौपानेको घर तथा व्यवसायमा ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । अहिले उनी परिवारसहित स्थानीय विद्यालयमा आश्रय लिएर बसेका छन् ।

‘अन्यत्र जाऊँ भने जग्गाजमिन छैन । यही जोखिम मोलेर बस्नुपर्ने बाध्यता छ । जीवनभरको कमाइ एकै रातमा बगरमा परिणत भयो,’ उनले भने ।

स्थानीय अगुवा व्यवसायी रेशमलाल न्यौपानेका अनुसार पर्वततर्फ घर तथा विभिन्न व्यवसायमा भएको क्षतिसमेत जोड्दा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढी प्रभावितलाई बिहादी गाउँपालिकाले स्थानीय शालिग्राम माध्यमिक विद्यालयमा बस्ने र खाने व्यवस्था मिलाएर आश्रय दिएको छ ।

स्याङ्जातर्फको बजार पनि बाढीपछि खण्डहरमा परिणत भएको छ । लामो समयदेखि होलसेल पसल सञ्चालन गर्दै आएका खिमप्रसाद पौडेलले स्वदेशमै केही गरौँ भनेर गरेको लगानी क्षणभरमै बाढीले बगाएको बताए । उनका अनुसार पसलमा रहेका ५० लाख रुपैयाँभन्दा बढीका सामान बाढीले नष्ट गरेको छ ।

गल्याङ–५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार स्याङ्जातर्फ पनि करोडौँ रुपैयाँको क्षति भएको छ । भौतिक संरचनाबाहेक स्थानीयको १५ करोड रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको उनले जानकारी दिए ।

बाढीले स्थानीय मन्दिर, सत्तल तथा शालिग्राम शिलासम्म जाने पैदलमार्गलगायत संरचनामा समेत क्षति पुर्‍याएको छ । बाढीपीडितलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको वडाध्यक्ष भट्टराईले बताए ।

वर्षौँको लगानी, मेहनत र परिश्रम बाढीले बगाएपछि सेतीवेणीका धेरै स्थानीय रोजगारी र व्यवसायविहीन भएका छन् । अब अन्यत्र बसाइँ सर्ने कि जोखिम मोलेर पुरानै ठाउँमा घर तथा व्यवसाय सञ्चालन गर्ने भन्ने अन्योलमा उनीहरू छन् ।

स्थानीय शालिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति बस्यालले बाढीपछि बजार क्षेत्र असुरक्षित बनेकाले स्थानीयलाई नयाँ ठाउँमा जाने वा जोखिम मोलेर सोही ठाउँमा पुनः बस्ने भन्ने विषयमा निर्णय लिन कठिन भएको बताए ।

बाढीले स्याङ्जातर्फको बस्ती र व्यवसायमा ठूलो क्षति पुर्‍याएपछि स्थानीयले अब सेतीवेणीको दीर्घकालीन सुरक्षा र सुरक्षित पुनःस्थापनाबारे ठोस योजना आवश्यक रहेको बताएका छन् ।

उनीहरूका अनुसार तत्काल राहतसँगै जोखिमयुक्त बस्तीको व्यवस्थापन र भविष्यमा बाढीबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन पहल गर्नुपर्ने अवस्था आएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews