Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति

गण्डकी न्यूज गण्डकी न्यूज
2026 October 3 मा प्रकाशित
सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति
ShareTweetSend

स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीमा कालीगण्डकी र सेतीखोलामा आएको भीषण बाढीले करिब २५ घरमा क्षति पुर्‍याएको छ । बाढीले घर तथा पसलमा रहेका खाद्यान्न, विद्युतीय सामग्री, भाँडाकुँडा र अन्य सामान बगाउँदा स्थानीयको करोडौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना भए पनि सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलाको पानी बढ्दै गए पनि विगतमा जस्तै सामान्य बाढी आउने अनुमान गरेका थिए । शनिबार रातिसम्म पनि दुवै खोला सामान्य रूपमा बगिरहेका थिए ।

तर राति करिब १२ बजे माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह निकै बढेको सूचना सेतीवेणी प्रहरी चौकीमा पुगेपछि प्रहरीले तत्काल महत्वपूर्ण कागजात लिएर चौकी छाड्न र सुरक्षित स्थानमा जान थालेको थियो । प्रहरीले आसपासका बासिन्दालाई समेत सुरक्षित स्थानतर्फ जान आग्रह गरेको केही समयमै कालीगण्डकी र सेतीखोलाको बाढी बस्तीमा पसेको स्थानीयले बताएका छन् ।

बाढीले स्याङ्जा, पर्वत र गुल्मी तीन जिल्लाको संगमस्थल सेतीवेणी बजारलाई नराम्ररी प्रभावित बनाएको छ । पर्वततर्फ नौ घर बगाएको र करिब ५० घर डुबानमा परेको स्थानीयले बताएका छन् । त्यससँगै जोडिएको स्याङ्जाको गल्याङ–५ बजार क्षेत्र पनि पूर्ण रूपमा डुबानमा परेको थियो ।

स्याङ्जातर्फ करिब २५ कच्ची तथा पक्की घर बाढीमा बगेका वा क्षतिग्रस्त भएका छन् । अहिले बस्तीका कतिपय स्थानमा बालुवा र गिटी थुप्रिएर बगरजस्तै बनेको स्थानीय रेशमलाल न्यौपानेले बताए ।

‘असोज १० गते दिउँसो देखिएको क्षेत्र र अहिलेको अवस्था हेर्दा सपना जस्तै लागेको छ । कसरी यस्तो भयो भनेर विश्वास गर्न गाह्रो छ,’ उनले भने ।

बाढीले प्रहरी चौकीसहित खाद्यान्न पसल, विद्युतीय सामग्रीका पसल, भाँडाकुँडा, फेन्सी पसल र होटलमा क्षति पुर्‍याएको छ । नेष्डो समृद्ध लघुवित्त, विभिन्न सहकारीलगायत संस्थाका कार्यालयसमेत डुबानमा परेका छन् ।

गुल्मीको अर्बेनीबाट सेतीवेणीमा आएर मोबाइल व्यवसाय गर्दै आएका एक युवाले मात्रै करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको बताएका छन् । स्थानीय ७० वर्षीय रवि भट्टराईले आफ्नो जीवनकालमा बजारमा यसरी ठूलो बाढी पसेको पहिलोपटक देखेको बताए ।

होटल व्यवसायी उमाकान्त न्यौपानेको घर तथा व्यवसायमा ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । अहिले उनी परिवारसहित स्थानीय विद्यालयमा आश्रय लिएर बसेका छन् ।

‘अन्यत्र जाऊँ भने जग्गाजमिन छैन । यही जोखिम मोलेर बस्नुपर्ने बाध्यता छ । जीवनभरको कमाइ एकै रातमा बगरमा परिणत भयो,’ उनले भने ।

स्थानीय अगुवा व्यवसायी रेशमलाल न्यौपानेका अनुसार पर्वततर्फ घर तथा विभिन्न व्यवसायमा भएको क्षतिसमेत जोड्दा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढी प्रभावितलाई बिहादी गाउँपालिकाले स्थानीय शालिग्राम माध्यमिक विद्यालयमा बस्ने र खाने व्यवस्था मिलाएर आश्रय दिएको छ ।

स्याङ्जातर्फको बजार पनि बाढीपछि खण्डहरमा परिणत भएको छ । लामो समयदेखि होलसेल पसल सञ्चालन गर्दै आएका खिमप्रसाद पौडेलले स्वदेशमै केही गरौँ भनेर गरेको लगानी क्षणभरमै बाढीले बगाएको बताए । उनका अनुसार पसलमा रहेका ५० लाख रुपैयाँभन्दा बढीका सामान बाढीले नष्ट गरेको छ ।

गल्याङ–५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार स्याङ्जातर्फ पनि करोडौँ रुपैयाँको क्षति भएको छ । भौतिक संरचनाबाहेक स्थानीयको १५ करोड रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको उनले जानकारी दिए ।

बाढीले स्थानीय मन्दिर, सत्तल तथा शालिग्राम शिलासम्म जाने पैदलमार्गलगायत संरचनामा समेत क्षति पुर्‍याएको छ । बाढीपीडितलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको वडाध्यक्ष भट्टराईले बताए ।

वर्षौँको लगानी, मेहनत र परिश्रम बाढीले बगाएपछि सेतीवेणीका धेरै स्थानीय रोजगारी र व्यवसायविहीन भएका छन् । अब अन्यत्र बसाइँ सर्ने कि जोखिम मोलेर पुरानै ठाउँमा घर तथा व्यवसाय सञ्चालन गर्ने भन्ने अन्योलमा उनीहरू छन् ।

स्थानीय शालिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति बस्यालले बाढीपछि बजार क्षेत्र असुरक्षित बनेकाले स्थानीयलाई नयाँ ठाउँमा जाने वा जोखिम मोलेर सोही ठाउँमा पुनः बस्ने भन्ने विषयमा निर्णय लिन कठिन भएको बताए ।

बाढीले स्याङ्जातर्फको बस्ती र व्यवसायमा ठूलो क्षति पुर्‍याएपछि स्थानीयले अब सेतीवेणीको दीर्घकालीन सुरक्षा र सुरक्षित पुनःस्थापनाबारे ठोस योजना आवश्यक रहेको बताएका छन् ।

उनीहरूका अनुसार तत्काल राहतसँगै जोखिमयुक्त बस्तीको व्यवस्थापन र भविष्यमा बाढीबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन पहल गर्नुपर्ने अवस्था आएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप
गण्डकी क्षेत्र

शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप

by राम बहादुर रोकाहा
2026 October 3 मा प्रकाशित
कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने
Breaking 1

कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग
Breaking 2

कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन
Main News 1

कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
गण्डकी क्षेत्र

२९ वर्षपछि पक्राउ परे लागूऔषध मुद्दाका फरार प्रतिवादी

by राम बहादुर रोकाहा
2026 September 30 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप

शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप

2026 October 3 मा प्रकाशित
कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने

कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने

2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग

कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग

2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

2026 October 1 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

2026 October 1 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews