Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पत्रकार र पत्रकारिता अनि पत्रकारकी बहिनी !

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
पत्रकार र पत्रकारिता अनि पत्रकारकी बहिनी !
ShareTweetSend
  • रञ्जन अधिकारी

ल्यापटपको राईट साईड बटम छेवैमा १ः४६ एएम देखिएको छ । सुत्नुपर्ने समय घर्किसक्यो तर एउटी नानी आईन्, गईन् । को थिईन्, भन्न खोजिन् के ? अहँ, उनको भोलि देखाउने सरप्राईज भन्दा उनले भर्खरै देखाएको सरप्राईजले रनभुल्लमा परेँ ।

फेसबुकमा सबैभन्दा बढि एक्टिभ भन्छन्; म फेसबुके पत्रकार । सायद यी तीन/चार मिडियामा म बिहान ६ बजेदेखि राति २ बजेसम्मै अनवरत क्रियाशील नहुँदो हो त यो ट्यागको बिल्लाले म पुरिसक्थेँ तर मलाई अहिलेसम्म अगाडि नै सुन्ने मौका यी दुई कानले पाएका छैनन् । पछाडि जे हुन्छन्, कुरा त आईपुगिहाल्छ । फेसबुकमा म चुजी छु । आफ्ना बाहेक अरुका पोष्ट एसेप्ट हुँदैनन् जन्मदिनमा बाहेक । कसैले शेयर गर भन्दा नि मान्दिनँ । म्यासेजमा कुरा गर्ने गर्दिनँ । ‘अल्वेज अनलाईन’ सेटिङ पनि हालै हो मिलाएको नत्र अफलाईन नै जाति लाग्छ । होम पेज पनि डुल्दिनँ, आफ्ने वालमा रमाउँछु । आज एउटी फेसबुक मित्र भनुँ, बहिनी भनुँ, उनको व्यवहारबाट वाक्क भएँ । यति लेख्दैछु । फेसबुककै बारेमा पहिलो पटक ।

बिग एफएममा राति साढे नौ बजेको न्युज पश्चात् आदर्श समाज दैनिकमा भोलि हुने कार्यक्रमको सेड्युल हेरेर मध्यरात १२ बजेमात्रै रुममा आईपुगेँ । दिनभरी ल्यापटमा गरिने काम राति जसै गरी डेस्कटप सफा राख्नुपर्ने बानी छ । ल्यापटप खोलेर फाईल मिलाउँदै थिएँ । फेसबुकमा म्यासेज घ्यार घ्यार गर्यो । १२ः४६ मा एउटी भर्खरै टिनएज कट्न लागेकी बहिनीले म्यासेज पठाईन् । रिप्लाई फर्काउनु अघि प्रोफाईल हेरेँ । चिनेजस्तो पटक्कै लागेन । जोसँग पहिलो पटक कुरा हुँदैछ उसबारे जानेर मात्र कुरा गर्ने गर्दछु ।

‘हाई दादा दर्शन नमस्ते’
‘नमस्ते’
‘कता होईसिन्छ हजुर ?’
मेरा छोटो उत्तरः ‘रुम’
‘ओ
भोलि बिहानै पत्रकार सम्मेलन गर्नुपर्यो यदि तपाई फ्रि हुनुहुन्छ भने’

बिहान हुने कार्यक्रमका लागि यति राति आमन्त्रण ? सोचेँ अनि मैले रिप्लाई गरेँ –

‘दुई दिन अघि नै प्रोग्राम फिक्स्ड हुन्छ । भोलि साढे तीन बजेसम्म कार्यक्रम छ ।’

उनले लेखिन्: –

‘अर्जेन्ट छ, बरु पैसा जति चाहिन्छ दिन्छु ।’

दिमाग तात्तियो । फेरि कुल भएँ । तुरुन्त रियाक्ट गर्ने बानी छ । आफूलाई मन नपरेको, जाति नलागेको कुरा सिधै व्यक्त गर्दा पछिसम्म त्यसले टाउको दुखाउँदैन, अरुसँग कुरा गर्न पनि पर्दैन । बरु उसलाई नराम्रो लागे लागोस्, आफू नराम्रो मानेर बस्न निको लाग्दैन । एक मनले सोचेँ, भर्खरकै बहिनी हो । सायद पत्रकारलाई पैसा दिएर बोलाउनपर्छ भन्ने सोच्या होला ।
मेरो रिप्लाई सररर अघि बढ्यो ।
‘के भनेको?
तैट
पैसामा न्युज लेख्छ ?
पत्रकारप्रतिको धारणा कि गलत छ
कि, यसअघि तिमीलाई कुनै पत्रकारले पैसा लिएको छ ।
हामी मिडियाबाट मासिक तलब लिने हो ।
श्रमको ।’

उनले लेखिन्ः

‘अनि यति अर्जेन्ट छ कि सबको लागि सरप्राईज हो, सेल्फिस वल्र्ड छ नि त ।’

मैले ‘ओके थ्यांक्स’ लेख्ने बित्तिकै

उनले आफू चिनाईन्ः
‘म पत्रकारको बहिनी हो
पावर छ
हजुर नभए ठीकै छ । ईन्टरनेशनल पत्रकार आउँछन् नि त’

पत्रकारप्रति धेरैका धेरैधरी सोच छन् । एउटी भर्खरकी युवा उमेरकीले मैले सोचे भन्दा ठ्याक्कै विपरित पत्रकारको बहिनी हुँ, पावर छ, अन्तर्राष्ट्रिय स्तरको पत्रकार आउँछ भनेर घुर्की दिएपछि तीनछक परेँ । अनि मैले जवाफ फकाईदिएँ

‘म दाइ चिन्दिनँ । तर दाइले पैसा लिएर कार्यक्रम जानुहुन्छ ?

के कुरा गरेको बहिनी ? राति १ बजे भोलि कार्यक्रममा आउनु, बरू पैसा दिन्छु भन्छौ ।

हाम्रो रजिस्टर्डमा कार्यक्रम के ? को जाने ? सबै फिक्स्ड भईसक्छ ।

अनि फेरि तपाईं नआए ईन्टरनेशनल भन्छौ ।
चिनम् न त दाइ ।
म त लोकल परेँ ।
सबले यस्तै ठान्दा रैछन् पत्रकारलाई । सायद पत्रकार यस्तै भएर होला । म समयले भ्याएसम्म सबैकहाँ जान्छु। जसले स्वच्छ मनले मेरै खाँचो ठान्छ ।

पत्रिका, रेडियो, अनलाईन, कोहि बेला त अझै टिभी । चारतिर काम हुँदा टाइम सेड्युल अकस्मात मिल्दैन ।

यत्ति हो मेरो कुरा ।’

उनले सररर आफ्नो दाइसँग खिचेका फोटो हालिन् क्यारे, मैले ध्यान दिएर हेर्न चित्तै परेन । सिधैं सोधेँ

‘के देखाउन खोज्नुभा ?
नाम भन्नुस् न दाइको
रात छिप्पियो’

‘रुपेश पौडेल’

‘अनि ?’

‘घनश्याम पराजुली कृष्ण’

यो नाममा भने उनकै थर जोडिएको थियो । बहिनीको ति दाइहरु म चिन्दिनँ । म लोकल पत्रकार थिएँ । लेखिदिएँ
‘अनि ?’

रोमनमा लेख्ने उनले उताबाट जवाफ फर्काईन्
‘किन निहुँ खोज्या तपाईंले’

अचम्मै लाग्यो, रिस पनि उठ्यो
‘कसले निहुँ खोज्याछ ?’

‘कि सक्छु भन्नु कि सक्दिन भन्नु’

मलाई टाउको दुखिसकेको थियो अनि सबै कुरा एकैपटक सक्काईदिएँ, नेपालीमै लेखेर

‘के हो पारा ?
राम्रो तबरले मेरो पेशा, स्वभाव, समय, सबै भनेको छु ।
राति १ बजे कुरा गर्न आको छ । यो हो कार्यक्रम । विस्तृत कुरा खै ?
सिधै सर्प्राईज हुन्छ ?
ईन्टरनेशनल पत्रकार ल्याउनुस् न त
म श्रमको मूल्य लिने हो, पैसा लिएर काम गर्ने हैन ।’

उनले आफ्नो दाइसँग गरेको म्यासेजको एउटा स्क्रिन सट गरेर पठाईन् । त्यहाँ थियो :

‘पुलिस रिपोर्ट’
‘ह्वाट ?’
‘केटी पनि केटा भन्दा गर्न सक्छन् भन्ने प्रुभ’
‘के भयो र ? भयो चाहिँ के ? ‘
‘तीर्थ पराजुली’
‘होईन के भन्छिन् ?’

‘केटी पनि केटा भन्दा…’ वाक्य मैले जब देखेँ, सायद त्यो हुटहुटी मप्रति पनि खनिन लागेको हो कि ? तीर्थ पराजुलीसँग के कुरा मिलेन ? उसको बारेमा पत्रकार सम्मेलन गर्न खोजेकी थिईन् कि ? उनले मलाई ब्लक गर्नु अघि लेखिन्,

‘ओके डन,
पछि ईन्टरभ्यु पनि नलिनु ।’

उनी पीडित छिन् भने, उनले नलिग्नुस् भने पनि म लिन्छु । यहाँ व्यक्ति होईन मेरो पेशा जोडिन्छ । तर उनी जसरी बक्सियोसबाट सुरु भएर केहि वार्तालापमै ब्लक गरेर बिदा भईन् । मलाई यो १२ः४६ देखि १ः१६ सम्मको कुरा निकै भारी बन्यो ।

२०६५ देखि विहान ५ बजेदेखि राति २ बजेसम्म यही पत्रकारितामा रुमल्लिएको छु । यस्ता मनोवाद दिनहुँ बन्छन् । सामान्य नै लाग्छ तर आज ? म झन् झन् सन्काहा हुँदै गएको हुँ कि ? यस्तो स्वाभिमानले म कहाँ पुगुँला ? के कमाउँला ? खानेमुख दिनदिन बढिरहेका छन् ।

फेरि ति बहिनी नै सम्झिन्छु, उनले मलाई ठूलो आशा गरेरै निमन्त्रण गर्न खोजेकी थिईन् । नत्र कहिल्यै नबोलेको व्यक्ति फ्रेण्ड लिस्टमा मलाई मार्क गरेरै बसेकी रहिछन् । पत्रकारलाई पैसा दिन्छु भनेपछि मैले आफ्नो कुरा व्यक्त गरेपछि पत्रकारकै बहिनी हुँ, अन्तर्राष्ट्रिय स्तरका पत्रकार छन्, पावर छ मेरो नभनेको भए यस्ता वार्तालाप त धेरै हुन्छन् । केहि घण्टा अघि मात्रै एउटी दिदीले भाइ तिमीलाई मात्र बोलाएको छु कार्यक्रममा यातायात व्यवस्था छ भन्नुभयो । दिदी पोखराको त्यही १०० मिटर बाटोमा पनि के को यातायात व्यवस्था ? म समय छ भने आईहाल्छु नि भनेर भनेँ । यहाँ पनि कुरा यसरी नै सकिन्थ्यो ।

थाहा छैन, यति लेख्दा कतिलाई ननिको लाग्ला ।

मैले पोष्ट गरेको एक अनलाईनमा पोखरा महानगर हुनुपर्नेमा उपमहानगर भएछ । मैले पुरानै न्युज अपडेट गरेको थिएँ । त्यहाँ सच्चिएनछ । हाल जापान बस्ने सराङकोटका एक जना थापा थरका युवाले दुई पेजमा तोरी पत्रकार, खाते पत्रकार भनेर लेखे । त्यसको जवाफ म्यासेजमा माग्दा ‘नेशनल मिडियामा काम गर्ने पत्रकारको भाइ हुँ’ सब थाहा छ भनेर म्यासेज आयो । उनको दाइ पत्रकार रे, सबै थाहा छ रे पत्रकारिताको ।

उनलाई चाहिँ मैले नै ब्लक गर्न बाध्य भएँ । अनि आफै स्टाटस लेखेछन् ‘पत्रु’ भनेर । पछि आफै डिलिट गरे । जसले मलाई चिन्छ उनीहरु गलत हर्कतमा उत्रेछन् । मैले सम्झाउनुपरेको थियो । त्यसैले मलाई चिन्ने , बुझ्ने, उनीहरुलाई थाहा छ, अञ्जानलाई स्पष्टीकरण दिन पर्दैन भन्ने ज्ञात त्यो दिनदेखि भो । मेरै कुनै समूहतिर छन्, सायद मलाई देखिरहला पनि । मैले पनि स्टाटसबाटै धन्यवाद दिएको थिएँ । यहाँ कतिले के लेख्छन् कसैले कमेन्ट गरेको थाहा छैन, मेरै सानो गल्तीमा पहाड देख्छ भने त त्यो म प्रतिशो आशा, भरोषा, मेरो पत्रकारिताको मूल्य हो नि ।

के पत्रकारिता पेशा भर्खरका युवादेखि पाकासम्मकाले यसरी नै बुझेको जस्तो हो ? पत्रकार खाने ठाउँमा मात्रै ? पैसा दिएर मात्रै ? सबैको हवस् हजुर भनेर मात्रै ? लेखुन्जेल सम्म मात्रै हाम्रो खोजी ? सबैले गर्न सक्ने, दाइहरु हुँदैमा भाइ बहिनीले जान्ने पेशा हो पत्रकारिता ?

यही गण्डकन्युज डटकम सुरु गर्दा पहिलो शेयर भएको गुरु केशव शरणको लेख के लेखिरहेका छौं हामी ? देखि दुई दिन अघि आफैले लेखेको स्टाटसका अंशहरु । सम्झिरहेछु म, ‘ओहो हामी पत्रकार, हाम्रो पत्रकारिता अनि हाम्रा पाठक, श्रोता, दर्शक, श्रोत, प्रयोगकर्ता, मालिक । शिक्षासेवी भनिनेहरु, ठूलाठालूहरुको पत्रकारमाथिको हेयभाव । कसको के बिगार गरेँ मैले ? पत्रकार हुँ, धर्म र यसको मर्मले मैले गर्ने कर्म हो । मात्र, कुनै प्रलोभन, बादले एकातिर चल्ने कलम अर्कोतिर नमोडियोस् ।

ओहो, घडीले २ः२० देखायो । पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ सरले बेलुकी फोन गरेर पौने ११ बजेका लागि हामी पत्रकारका लागि निर्वाचन आयोगको प्रशिक्षण स्मरण, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नविन सिग्देलको अक्षरमा दिउँसो साढे तीन बजे प्रशासन कार्यालयमा साढे तीन बजे खै के हस्तान्तरण कार्यक्रममा रञ्जन नाम । चुनावी अभियानमा सबै नेता छन्, फोन आईरहन्छन् कसको गरौं ? कार्यालयीय कामले आफै भुलिरहेको बेला ।

हैट, सुत्नुपर्छ अब त । बहिनी ब्लक ठोकेर गईन्, जानु अघि नै स्क्रिनसट सेभ गरेको थिएँ र यति लेख्ने तथ्य छ मसँग। ति बहिनीले युट्युबमा मात्रै अन्तर्वार्ता लिनेलाई पनि पत्रकार ठानेजस्तै हाम्रो पनि कुनै भ्यालु छैन । फेसबुकमा वरिष्ठहरु जथाभावी ब्लग लिन्क शेयर गर्दै पत्रकार गाली गरिरहेका हुन्छन् । अनि तथ्य, प्रमाण समेत सबै अट्याच गरेरै छापुँ जस्तो लाग्छ, रेडियोमा बोलुँ जस्तो लाग्छ, अनलाईनमै यही बहिनीसँगको हुबहु स्क्रिनसट राखिदिउँ जस्तो लाग्छ । तर, उनी त पत्रकारको बहिनी पो त, पावर छ । तर मसँग नैतिकता छ । यदि ब्लक खोलेर फेरि जथाभावी म्यासेज आएन भने यो प्रसंग यही टुंगिन्छ । राति २ः३० भएछ । गुड नाईट ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

Breaking 1

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

by राम बहादुर रोकाहा
2026 August 15 मा प्रकाशित
मुस्ताङको एक लुकेको स्वर्ग: मार्चे [फोटो फिचर]
गण्डकी क्षेत्र

मुस्ताङको एक लुकेको स्वर्ग: मार्चे [फोटो फिचर]

by राज किरण छत्कुली
2025 September 5 मा प्रकाशित
मानुङ्गले दिएको सन्देश र व्यासको पर्यटन सम्भाव्यता
गण्डकी क्षेत्र

मानुङ्गले दिएको सन्देश र व्यासको पर्यटन सम्भाव्यता

by गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’
Breaking 2

पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’

by रञ्जन अधिकारी
2021 January 3 मा प्रकाशित
नेपालाँ ऐन नियम कानुन !
विचार/ब्लग

नेपालाँ ऐन नियम कानुन !

by रञ्जन अधिकारी
2021 January 3 मा प्रकाशित
तीतो यथार्थ
विचार/ब्लग

तीतो यथार्थ

by गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कांग्रेस सभापति थापा आज स्याङ्जा आउने

कांग्रेस सभापति थापा आज स्याङ्जा आउने

2026 September 10 मा प्रकाशित

अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई जरिवाना

2026 September 9 मा प्रकाशित
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते

बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते

2026 September 9 मा प्रकाशित
नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण

नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण

2026 September 8 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना

2026 September 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews