Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्रले के भने ? [पूर्णपाठ]

आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको दाबी

गण्डकी न्यूज गण्डकी न्यूज
2024 January 28 मा प्रकाशित
दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्रले के भने ? [पूर्णपाठ]
ShareTweetSend

पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयलाई लिएर आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको दाबी गरेका छन् । शनिबार विरगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रमको बादल बनाइएको दाबी गरे ।

आत्मीय अग्रजहरूलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर आफूले पुग–नपुग सात वर्ष राष्ट्रप्रमुखको दायित्व निर्वाह गरेको स्मरण गर्दै उनले देशको थप बर्बादी नहोस् भनेर प्रजातन्त्रको मान्यता राखेर नै काम गरेको बताए ।

‘जेठ,१९,२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो,’ उनले भने, ‘हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।’

बेथितिबाट आमजनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने आफूले त्यतिखेर नै आकलन गरेको जिकिर गर्दै उनले १५ वर्षपछि त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको बताए ।

सम्बोधनको पूर्णपाठ

​उपस्थित महिला तथा सज्जनवृन्द,

तपाईँहरूका बिच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुसी लागेको छ । हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरूसँग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

हाम्रो अन्नको भण्डार भनिने तराई मधेसको यो समथर उब्जाउ फाँट — हामी नेपालीका लागि यो भूमिको अर्कै ठुलो मूल्य र महत्त्व छ । गौरवशाली इतिहास बोकेको, उद्यम इलम उत्पादन व्यवसाय, बजार र आर्थिक उत्थानको आधार हाम्रो तराई मधेसको छुट्टै पहिचान पौरख र प्रतिष्ठा छ ।

हामी देखिरहेका छौँ , भोगिरहेछौँ — दुई तीन दशक यता आएर हाम्रो तराई क्षेत्र, हाम्रो यो उर्वर मधेस भूभाग आज उजाड बन्दै गइरहेको छ— यहाँको पोखरी, पानीको श्रोत ट्यूबेल कुवा धारा तथा जल सतह कमजोर बन्दै सुक्खा खडेरी र मरुभूमीकरण तिर गइरहेको छ । यो गम्भीर चिन्ताको कुरा हो ।

मधेसका होनहार उद्यमी युवा जनशक्ति दिनौँ विदेश तिर दगुरिरहेका छन् । उचित रोजगारी, सीप इलम र अवसर दिन नसक्दा गरिबी बाध्यताका कारण — हाम्रो जमिन , हाम्रो श्रोत साधन सबै— सुक्दै हाम्रो जनशक्ति पातलिँदै गएको छ । यो दुःखको कुरा हो ।

देश बनाउनु देश बचाउनु निरन्तर आवाज छ — हामी माथि आह्वान पनि छ । म भन्छु — हामी हाम्रा पुर्खाको पौरख नभुलौँ, हामी, यही बसौँ , यही आफ्नो जन्भभूमीका लागि मरिमेटौँ । हाम्रो विकास हाम्रो उत्थान र हाम्रो समस्याको निवारण — हामी आफैबाट हुने हो । अरूले आएर गरिदिने हैन ।

तर दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै — खोक्रो भएर चरम दुर्भाग्यको अवस्था तिर खस्केको छ । यो अवस्थाको अन्त गर्नै परेको छ ।

यसका निम्ति अब सोच्ने बेला आयो । देशलाई झन् झन्— बरबादी तिर नलैजाऊँ । त्यसका लागि अब सबैले सोचौँ—समीक्षा गरौँ । नेपालको यस्तो राम्रो प्रकृति, हाम्रा यतिका प्राकृतिक श्रोत साधन — हाम्रो आफ्नो क्षमता — यी सबै कुरा— हाम्रो आफ्नो आर्थिक उन्नतिमा लगाऊँ ।

आफ्नो घर उजाड पारेर अरूको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो । आफ्नो क्षमता, आफ्नै घर द्वार, आफ्नै गाउँ बस्ती र आफ्नै बनाउने तिर अब हामी लाग्नै पर्छ । यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ । हामी भूगोल र भू बनोटमा बाँडिने हैन, हामी जातजाति धर्म संस्कृतिमा खण्डित हुने हैन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली । त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौँ । हामी सबैको भलाई यसैमा छ ।

आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पिडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्रप्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ । तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ । जेठ,१९,२०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।

आफ्नो पुर्ख्यौली राजदरबारबाट परित्याग गर्दा २०६५ ज्येष्ठ २९ गते आमसञ्चार माध्यम मार्फत मैले भनेको थिएँ , म नेपाल मै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु अनि त्यत्ति बेलै मैले भनेको थिएँ “ स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ ” ।

हाम्रो राष्ट्र प्रेम र राष्ट्र हितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेरको आङ्कलन हो । बितेका १५ वर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल छ । आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रूपमा सम्झिरहेको छु । त्यसै आशय अनुरूप मैले ‘चिरकाल प्रर्यन्त्र सुरक्षित रहोस् भनेर आफ्नो श्री पेच राष्ट्रलाई सुम्पिएको थिए ” ।

हामी देश मै छौँ , आज पनि देश मै रहेर हामीले देशको गौरबगाथा गाइरहेका छौँ । अहिले पनि देशको सर्वाङ्गीण उन्नति होस् , भेदभाव रहित ढंगले सबै देशवासीको विकास हुँदै जाओस् भन्ने नै हाम्रो भावना छ । आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातन देखि रही आएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन , यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ । त्यसैले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्याङ्कन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ । यसैमा हाम्रो कल्याण छ ।

सबैमा फेरि एकपटक हाम्रो धन्यवाद

जय नेपाल

वीरगंज २०८० माघ १३ गते

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी
Breaking 1

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप
Breaking 1

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
Breaking 1

तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा
Breaking 1

स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा

by राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित
बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित
Breaking 1

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

by राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित
स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट
Breaking 1

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

2026 July 25 मा प्रकाशित
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

2026 July 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews