Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी
ShareTweetSend

स्याङ्जाको पुतलीबजार नगरपालिका–८ स्थित बहाकोट कालिका मन्दिरको संरक्षणसँगै धार्मिक तथा पर्यटकीय विकासलाई गति दिन बहाकोटका पूर्व सहपाठीहरू एकजुट भएका छन् । गाउँमा जन्मिएर हाल देश तथा विदेशमा रहेका पूर्व विद्यार्थीहरूले स्थानीयवासीसँग अन्तरक्रिया गर्दै मन्दिर परिसरको दीर्घकालीन विकास र पर्यटन प्रवर्द्धनका योजना अघि सारेका छन् ।

बहाकोट सेरोफेरोका पूर्व सहपाठीहरूले आयोजना गरेको वृहत् अन्तरक्रिया तथा अनुभव आदान–प्रदान कार्यक्रममा मन्दिरको संरक्षण, पर्यटक आकर्षण, स्थानीय संस्कृति प्रवर्द्धन र रोजगारी सिर्जनाका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो । छलफलपछि दीर्घकालीन विकास योजना तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने सहमति भएको कार्यक्रम संयोजक सुवेदार इन्द्रबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको कालिका मन्दिर पुनर्निर्माण सम्पन्न भइसकेपछि अब मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्दै बहाकोट क्षेत्रको समग्र विकासमा ध्यान केन्द्रित गरिएको हो ।

अन्तरक्रियाबाट मन्दिर परिसरको करिब तीन रोपनी क्षेत्रफलमा स्थानीयको साझेदारीमा मौलिक होमस्टे सञ्चालन गर्ने, साइकल एक्सपिडिसन आयोजना गर्ने, क्रस कन्ट्री दौड सञ्चालन गर्ने तथा स्थानीय खानपान, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने निर्णय गरिएको संयोजक थापाले बताए ।

सुवेदार मेजर सूर्यबहादुर थापाले मन्दिर पुनर्निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको उल्लेख गर्दै अब आवश्यक पूर्वाधार, व्यवस्थापन र सेवा–सुविधा विस्तार गर्नुपर्ने अवस्था आएको बताए ।

चण्डीकालिका आमा समूहकी मीरा दर्लामी मगरले कार्यक्रममा तय भएका योजनाले बहाकोटलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार यसबाट स्थानीय उत्पादन, कला, संस्कृति र गाउँको अर्थतन्त्रसमेत चलायमान बन्ने अपेक्षा गरिएको छ ।

अर्वाखोला, अरौदी खोला र बूढोखोलाको बीच पहाडी डाँडामा अवस्थित बहाकोट कालिका मन्दिर प्रदेश सरकार, पुतलीबजार नगरपालिका र स्थानीयवासीको साझेदारीमा एक करोड १८ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भई २०८० साल असोजमा सम्पन्न भएको हो ।

मन्दिरका पूजारी उदयराज मरासिनीका अनुसार यहाँ चैतेदशैंको अष्टमी र बडादशैंको महानवमीमा विशेष पूजा हुने गर्दछ भने वर्षभर नियमित रूपमा पूजा सञ्चालन हुँदै आएको छ ।

स्थानीय भरतकुमार रानाका अनुसार बहाकोट कालिका मन्दिर परिसरबाट स्याङ्जा, तनहुँ, नवलपरासी, गोरखा, म्याग्दी, लमजुङ, पर्वत, बागलुङ र पाल्पालगायत जिल्लाका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र स्थानीय संस्कृतिको संगम बनेको बहाकोटलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ स्थानीय र पूर्व सहपाठीहरूको पहल अघि बढेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
गण्डकी क्षेत्र

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
गण्डकी क्षेत्र

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
गण्डकी क्षेत्र

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews