Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

मेरो पुनर्जन्म

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
मेरो पुनर्जन्म
ShareTweetSend
  • रञ्जन अधिकारी

अहिले सामाजिक सञ्जालमा भाइरल भएको विषय हो  ‘मेयर डोजर प्रकरण’ । नियतवश होईन, असावधानीका कारण थियो तर त्यो उच्च पदासिन व्यक्तित्वबाट भएको घटना सामान्य थिएन, रहेन । देश विदेशमा भाइरल बन्यो । नेपालका मूख्य पत्रपत्रिका, टिभी, रेडियो, अनलाइनमा ठाउँ लियो । नहुनुपर्ने घटना थियो तर ठूलो घटनामा समेत मानवीय क्षति हुन पाएन । त्यो सम्बन्धित पक्ष सबैको अहोभाग्य हो । मृत्यु सम्मुख पुगेको त्यस दिनलाई आज सम्झेर लिपीबद्ध गर्ने अवसर मिलेको छ,  बाँच्न पाएकाले ।

मितिः २०७५ असार १, शुक्रबार

अबेर सुत्ने, सबेर उठ्न नसक्ने म । रेडियोमा बिहानै ६ बजे समाचार पढ्न भने ५ बजे नै उठ्छु । साढे ७ बजेतिर जसोतसो उठियो । बिहानै दुई वटा कार्यक्रममा पुग्नु छ । जिल्ला ट्राफिक कार्यालय, कास्कीबाट हिजो नै आमन्त्रण गरेको ट्राफिक मोहन गिरीले । लगत्तै अर्को कार्यक्रमका लागि पोखरा लेखनाथ महानगरपालिका कार्यालयबाट समेत पत्रकार माधव बरालको निमन्त्रणा थियो ।

असार १ गते, शुक्रबार । आजको दिन मेरो विशेष दिन । ५ वर्षदेखि कार्यरत आदर्श समाज दैनिक हिजो मात्रै छोडेँ । दुई वटा कार्यक्रममा सहभागी भएर समाचार लेख्ने बेला १ घण्टामा गरिएको तर सुझबुझपूर्ण रुपमा आपसी सहमतिमै भएको निर्णय थियो । पत्रिका छाडेपनि अरु सञ्चारमाध्यममा थिएँ, रिपोर्टिङमा नजाने भन्ने थिएन ।

बाबु जहिल्यै पछि लाग्छ । अरु दिन भन्दा बढी नै पछि लाग्यो । बाइक निकालेर रोडमा पुगुन्जेल नै पिछा गरिरह्यो । कहिलेकाहिँ राम्रो मौसम र कार्यक्रम सहज स्थानमा भएमा लैजाने गर्दथेँ । सोचेँ, ‘भो लान्न, स्कुल जान ढिला हुन्छ ।’ स्कूल नभएको भए छोरो लैजान्थेँ ।

ट्राफिक प्रहरी कार्यालय कास्कीको नयाँबजारमा बन्ने भवनको शिलान्यास कार्यक्रम । साढे ७ बजे बोलाइएको, पुग्दा साढे ८ । लौ ढिला भयो जस्तो लागेको थियो तर सञ्चालक सुरेन्द्र गुरुङ दाइले स्वागतका लागि आग्रह गर्दै हुनुहुन्थ्यो । ठीकै भयो ।

कास्कीभरका उच्च प्रहरी अधिकारीदेखि यहाँका केहि गन्नेमान्य व्यक्तिहरु थिए । कार्यक्रम अवधिभर धेरैसँग कुरा गरेँ । पत्रिका छाडेको कुर देखि अबको योजनासम्म प्रहरी अधिकारी, व्यवसायीसँग कुरा भए ।

कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो; पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसी । डिआईजी दानसिंह बोहरासँगै पूजापाठ भयो । ठट्यौली स्वभाव, हँसमुख भएका मेयर साबले भन्नुभो ‘अब आधुनिक तरिकाले पूजा गर्ने ।’, मैले टाढैबाट भनेँ, ‘स्मार्ट तरिकाले मेयर साब ।’ प्रहरीहरु हाँसे ।

कार्यक्रम सकिने तरखरमा थियो । अर्को कार्यक्रम सम्झिएँ, ८ बजे नै बोलाइएको थियो । मेयरका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाजीलाई भनेँ – ‘फिर्के कार्यक्रम चाहिँ कति बेला ?’ उहाँले भन्नुभयो – ‘अब यहाँबाट गइहाल्ने, सँगै जाऊँ ।’ मैले भनेँ – ‘जाँदै गर्नुहोला, बाइक छ मेरो ।’

नयाँबजारबाट सिद्धार्थचोकहुँदै मालेपाटन निस्कने फिर्के पुल पुगेँ । रोड छेउमै बाइक राखेँ, हेल्मेट त्यही छोडेँ (म बस्ने ठाउँ भेटिनँ भने फिल्डमा हुँदा प्रायः हेल्मेट निकाल्दिनँ) । फिर्के खोलामा पैदल मार्ग ( फुटट्रयाक) शुभारम्भ कार्यक्रम थियो । मेयर साब् नै प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँ प्रमुख अतिथिको मन्तव्य दिईरहनुभएको थियो ।

महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, आयोजक पोखरा वडा नं. ५ अध्यक्ष धनबहादुर नेपाली, फिर्के खोला वातावरण संरक्षण तथा बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम पराजुली, नागरिक अभियन्ता रामबहादुर पौडेल लगायत स्टेज अगाडि पंक्तिमा लहरै हुनुहुन्थ्यो । अगाडि पत्रकार दाजु कमल पौडेल अथक देखेँ । एकछिन कुरा गरेँ ।

सँगसँगै प्रमुख अतिथि मेयरको मन्तव्यलाई मोबाईल नोटमा बुँदागत रुपमा टिप्दै गएँ । ‘अब हामी भत्काउने होईन, बनाउने हो ।’, ‘आज सबै राम्रा कुराहरु शुभारम्भ गर्ने दिन रहेछ, भर्खरै अर्को शुभारम्भ गरेर आएँ ।’ उहाँको मन्तव्यमा यी वाक्यहरु थिए तर, आरम्भ शुभ रहेन ।

औपचारिक मन्तव्यको कार्यक्रम सकिएपछि अन्तिममा डोजरबाट उद्घाटन गर्ने कार्यक्रम राखेको रहेछ आयोजकले । मेयरसाब, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत अगाडि बढ्नुभो । मेयर साब निकै हौसिँदै डोजर (स्काभेटर) चढ्नुभो । सँग सँगै वडा अध्यक्ष धनबहादुर नेपाली, थोरै छेउमा प्रमुख प्रशासकीय अधिकृत पौडेल हुनुहुन्थ्यो ।

डोजर स्टार्ट भईरहेको थियो । डोजर अपरेटर लिलाचन्द्र डल्लाकोटी (नाम पछि थाहा भएको) ले स्टार्ट बन्द नगरी सिटबाट थोरै हटे । मेयर साब सिटमा बस्नुभयो । म डोजरको दायाँपट्टी पर थिएँ । गण्डक न्युज वेबसाइटका लागि फोटो खिच्नै पर्ने थियो । अघि बढेँ । बायाँपट्टी छेउमा अरु धेरै जना फोटो खिच्दै थिए । ‘ओहो भिर रै’छ, डोजर झ्याप्पै अघि बढ्यो भने बर्बाद् ।’ सबैले सुन्ने गरेरै भनेको थिएँ । मेयर साबले चलाउने होईन होला, हात मात्र राख्ने होला भन्ने लाग्यो । त्यसपछि रेलिङको आडमा पुगेँ । तल ढुंगाका छपनीको सानो पर्खाल जस्तो उठाएर पक्की रेलिङ निर्माण गरी फिर्के खोलाको डिललाई सुरक्षित बनाइएको रहेछ ।

एकैछिनमा अगाडिको बकेट आफैतिर आयो । ‘लौ डोजर चल्यो । ‘के भयो ?’, ‘के गरेको ?’ ‘ल मारिहाल्यो नि’ भिडबाट यस्तै आवाज आयो । केहि सोच्न नभ्याउँदै बकेट सिधै म नजिकै आइपुग्यो । तल ढुंगा समेत सोहोरेको कारण ढुंगै सहित रेलिङ भाँचियो । म आफूलाई नियन्त्रण गर्न खोज्दा खोज्दै लडिहालेँ । मैले आफूलाई जोगाउने प्रयास केहि गर्न पाएकै होईन । यत्ति सोचेँ, डोजरको बकेट अब फेरि अर्को लट माथिबाट ढुंगा फाल्छ, ढुंगा टाउकोमा लाग्छ, म मरिहाल्छु । मैले कोहिलाई पनि कसैलाई पनि सम्झनै भ्याईनँ । केहि भईहालेमा ‘ऐया ! आमा’ भन्ने मुखबाट निस्किहाल्थ्यो । त्यो क्षणमा आमा पनि सम्झेनछु । यत्ति ख्याल छ, मेयरले किन यसरी चलाउनुभयो होला ?

‘म मर्छु अब ढुंगाले लागेर, माथि माटोको ढिस्को आउँछ म पुरिन्छु, मेयरले के गरेको ?’ यत्ति बाहेक मैले केहि कसैलाई सम्झिनँ । सँगै लड्नुभएको दिदी रेलिङमा अड्किँदै तल झर्नुभएकोले पनि ढुंगाहरु उहाँको खुट्टामा लागे । मसँग तीन  ठूला काला ढुंगा गुल्टिए । म सिधै माथिबाट अरु गुल्टिएनन्, तीन ढुंगा भन्दा म ढिला भएकाले जोगिएँ । दिदी अड्किएको ठाउँमा म पनि अड्किएँ । तर फेरि ढुंगा आयो, म छलेँ, झाडीमा खुट्टा अड्कियो, जुत्ता लगाएको थिइनँ, किट्टो चप्पलले चिप्लिएँ । उहाँहरु भन्दा धेरै तल पुगेँ । मोबाइल कभर छुट्टिएर तल पुगेको रहेछ, निकालेँ, बाइकको चाबी बीचमा अड्किएको रहेछ । सँगै लडेको दिदी लडिरहनुभएको थियो । म आफै होस्, बेहोस् पत्तै नभएको अवस्था थियो । ढुंगा खस्छ मात्रै लागिरह्यो ।

तल खोला छ, पारी भिर छ । जाने कहाँ ? दिमाग शून्य थियो । रमिता हेर्ने भिड थियो । माथि दुई चार जना हात दिनुस्, आउनुस् भनिरहेका थिए । पत्रकार अनुपप्रकाश दाइ देखेँ, माथि उक्लिन थालेँ । मेयरका स्वकिय सचिव लक्ष्मणजीले हात दिन भन्नुभयो तर त्यो ठाउँमा म उक्लन सकिनँ । दाहिने पट्टी अर्को दाइ हुनुहुन्थ्यो । उहाँको सहयोगमा उक्लेँ । सँगै लडेकी दिदीको गोडामा ठूलो ढुंगाले किचिएको थियो । उहाँ बेस्सरी घाईते हुनुहुन्छ, म पनि घाईते छु, न्युजमा चाहिहाल्छ । पुलिससँग सोध्नुभन्दा अहिल्यै सोध्छु भनेर उहाँको परिचय मागेँ । सिर्जनाचोक स्थित प्रगति समूहकी अध्यक्ष गौरी पौडेल हुनुहुँदो रहेछ ।

म हात र पाईन्ट रक्ताम्ये थिएँ । हस्पिटल जान पर्दैनथ्यो जस्तो लाग्यो । तर हातमा बाइक चलाउन नमिल्ने गरी चोटहरु लागेका थिए । पत्रकार कृष्णमणि बराल दाजु, नारायण शाही दाजु भेटेँ । एकै छिनमा पत्रकार सन्देश श्रेष्ठ दाइ म पनि लडेको नि, भन्दै आउनुभयो । उहाँको हात धसारेको थियो । मेयर साबहरु कता गइसक्नुभएछ ? थाहै भएन । सोध्दा पनि सोधिनँ । चाबीँ कृष्णमणि दाइलाई दिएँ, नारायण शाही दाइलाई बाइक देखाएँ । एउटा प्राइभेट कार रहेछ । गौरी दिदी र मलाई सोहि कारमा राखेर मेट्रोसिटी हस्पिटल सृजनाचोक पु¥याए ।

यतिबेला ठ्याक्कै १० बजेर ५ मिनेट सबैभन्दा पहिलो फोन घरपरिवारलाई गरिनँ । आत्तिन्छन्, म ठीक छु बरु हस्पिटल अर्कै बहानामा बोलाउँछु, भनेर सुचिता (श्रीमती) लाई फोन गरिनँ । घरमा आमाबुबालाई थाहा दिने त कुरै भएन । आफै फोन गरेर भनेपछि, फेसबुकमा देख्दा सामान्य मान्छन् भनेर साथीहरुलाई थाहा दिन उचित ठानेँ । कोहि अनलाईन थिएनन् । पहिलो फोन मेरो साथी राजकिरण छत्कुलीलाई गरेँ । अष्ट्रेलिया र जापान रहेका साथीहरु रोशन अधिकारी र अशोक सेढाईंलाई ठीक छु, बाँचियो भनेर म्यासेन्जरमा अफलाईन नै भएपनि फोटो पठाएँ ।

महेश भण्डारी, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ दाजुहरुलाई फोन गर्न थालेँ । रामकृष्ण दाइ तुरुन्त पुग्नुभयो । दीपेन्द्र सरसँग सम्पर्क भएन । महेश सर आउँछु भन्नुभयो । तर, हस्पिटलमा धेरै बसाईं भएन । सन्देश श्रेष्ठ दाइ, नारायण शाही दाइ, कृष्णमणि बराल दाइ, कृष्ण दवाडी दाइ, माधव बराल दाइ, केशव पाठक दाइ, भाउजु, वडाध्यक्ष धनबहादुर नेपाली दाइहरु अस्पतालमै आउनुभयो । म उहाँहरुप्रति कृतज्ञ छु ।

एक्सरे, ड्रेसिङ गरेपछि भाइ अञ्जन र सुचितालाई बोलाएर फर्किएँ । मोटरसाइकल मसँगै लड्नुभएका सन्देश श्रेष्ठ दाइले ल्याइदिनुभयो ।

घटनाको दुई घण्टापछि मेयर साब आफैले फोन गर्नुभयो ।

– ‘म मानबहादुर जिसी’
– ‘हजुर भन्नुस् न’
– ‘साह्रै दुःखद घटना भयो । म अत्यन्त दुःखी छु । तर पनि तपाईंहरु ठीक हुनुहुन्छ । नत्र बर्बाद हुने थियो ।’
– ‘हजुर मेयर साब । नियतवश त होइन, सावधानी अपनाउनुपथ्र्यो । डोजर चलाउन भनेर मेयरले डोजर चलाएर हुन्छ त ? यस्तो त विचार गर्ने कुरा हो नि ‘
– ‘होईन होईन, अपरेटरले के गर्यो कुन्नि ? अपरेटर हुन्छ साथमा भनेको भएर नै गएको हो । नत्र मैले त्यसरी नगरम् भनेको हो । जे होस् ठूलो घटना हुन पाएन’
– ‘हुन्छ मेयर साब । एक वर्षसम्म के के गर्नुभो ? सबले मुल्यांकन गरिरहेका बेला यस्तै यस्तै काम गरेपछि के हुने होला ? यस्तो कुरामा सोच्नुस् । सिधा सोझा हुनुहुन्छ । सबैले माया गर्छन् । मैले कहिल्यै नराम्रो लेखेको छैन, भनेको छैन ।’

म मुस्किलले बाँचेको हुँ । तर फेसबुकमा खुईल्याउन र जोगाउन दुई खेमा विभाजित भए । दुःख यहाँ लाग्यो, जो दुर्घटनास्थलमै छैनन्, उनीहरु नै घटना सामान्य हो भनेर कुप्रचार गर्न थाले । घटना गम्भिर हो भनेर प्रचार गरेर पनि केहि हुने त थिएन, मेयरको यो नियत थिएन ।

पछि सोचेँ, यदि रेलिङ भाँच्न बढी मेहनत डोजरले गर्नुपरेको भए म त्यहीँ च्यापिन्थेँ । आफूतिर आउँदा डोजरकै बकेट समात्छु जस्तो पनि लाग्यो । त्यो समातेको भए झनै अनर्थ हुने रहेछ । डोजरको बकेट लेफ्ट टर्नको सट्टा राइट टर्न भएको भए भिडको टाउकोमा लाग्थ्यो । झ्याप्पै शरिरमाथि कोपिन सक्थ्यो । या, बकेटको सट्टा डोजर नै अघि बढेको भए हामी छेउमा र अगाडि बढेकाहरु डोजरले किचिएर अचार बनिन्थ्यो । मेयर साबहरु आफै डोजरसँगै भिरबाट गुल्टनुहुन्थ्यो ।

दिउँसो स्कुलबाट बाबु ल्याउँदा सुचिताले बाबा एक्सिडेन्ट हुनुभएछ, डोजरले भन्ने बित्तिकै खेल्न छाडेर रुञ्चे मुख लाउँदै आयो भनेर सुचिताले भनिन् । ‘यस्तो ४ वर्ष नपुगेको बच्चालाई भन्न हुँदैन’ भनेँ । बाबु आउनेबित्तिकै काखमा बस्यो ।

हाम्रो यहाँ तरिका नै गलत भयो । जेमा पनि प्रमुख अतिथि चाहिने । अनेकथरी उद्घाटन गर्नुपर्ने । डोजर अगाडि रिबन टाँगेर वा पूजा गरेर गर्नुपर्ने थियो । यहाँ आयोजक चुकेको छ । महानगर पनि आफै आयोजक हो । मेयरसाबको ‘कमन सेन्स’ युज हुनुपथ्र्यो । विमानस्थल उद्घाटन गर्दा प्लेन चलाउने अब ? म फेसबुकमा केहि नराम्रो लेख्दिनँ भनेर बसेको थिएँ । ज्यान जोगिएकोमा खुशीसँगै आक्रोश बढ्दो थियो ।

मोबाइलमा लगातार फोनहरु आए । मैले सोचेका शुभचिन्तकहरु कोहि अहिलेसम्म के भयो ? समेत भनेका छैनन्, मैले सोच्दै नसोचेकाहरु सहानुभूति, समानुभूति प्रकट गरिरहेका थिए । आजसम्म पनि फोनमा सोधनीको क्रम जारी नै छ ।

मैले फेसबुकमा केहि लेखिनँ । दिउँसो ४ बजेतिर समाचार लेखेँ । डोजर अपरेटर त्यसबेला के हेरेर बसिरहेको थियो ? के रहेछ नाम ? मैले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओमबहादुर रानालाई आफ्नै मोबाइल नम्बरबार गरेँ । उहाँको उठेन । प्रवक्ता रिक्त रहेकाले उनले प्रयोग गर्ने मोबाइलमा सम्पर्क गर्दा घटनाबारे थाहै नभएको जवाफ आयो । यत्रो घटना जिल्ला प्रहरीले थाहा पाएन । त्यो पनि चार घण्टासम्म । कार्यक्षेत्र वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीको सहयोगमा डोजर अपरेटरको नाम थाहा भयो । उहाँले आफ्नो धर्म पूरा गर्नभुयो । साँच्ची, कानुन त बराबर लाग्छ । अरुको कार्यक्रममा यस्तो घटना भए प्रहरीले के गथ्र्यो ?

समाजमा नकारात्मकता हाबी छ । सामाजिक सञ्जालमा खिल्ली उडाउन पाएपछि केहि चाहिँदैन । मेयरको नियत त्यो होईन, घटना नउचालिने गरी मिलाएर नै लेख्छु भन्ने सोचेँ । मिलाउने ठाउँ नै थिएन । गलत भएकै हो, हामी मरिन्थ्यो, काल नआएकै हो । मेयरको प्रतिक्रिया मैले मसँगको वार्तालापका आधारमा समाचार आफैले लेखेँ । टिभी पत्रिकामा देखेपछि भोलिपल्ट आमाले धादिङबाट फोन गरेर यस्तो आयो के हो ? भनेर सोध्नुभयो । सामान्य छु भनेँ ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी (दायाँ) र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलसँग ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि मिडियामा देखेपछि शनिबार बिहानै मेयरसाबसँग घटनाबारे बुझ्नुभएछ । उहाँ पोखरा आउनुभएपछि होटल बाराहीमा प्रशासकीय अधिकृतसँगै मेयर साब, मन्त्रीज्यू भेट्यौं । उहाँले भोलिपल्ट विज्ञप्ती नै जारी गरी आफूले ठूलो पाठ सिकेको बताईसक्नुभएको छ ।

त्यो दिन मेरो पुनर्जन्मको दिन बन्यो । पत्रकारिताको यात्रामा विशेष दिन थियो, सोहि कारण रोकिएको छ । यस क्षेत्रकै अग्रणी रेडियो बिग एफएममा सात वर्षदेखि रिक्त रहेको स्टेशन म्यानेजरको पद सम्हाल्दै थिएँ ।  मलाई फोन, फेसबुक, एसएमएस विभिन्न माध्यमबाट चासो राख्नुहुने सबैप्रति आभारी छु । अब पुनर्जन्म पाएँ, पाएको जिवन सार्थक बनाउने गरी अघि बढ्नेछु । दुर्घटना दुर्घटनाकै रुपमा बुझेको छु । मेयर साबले जसरी पाठका रुपमा बुझ्नुभयो । धन्यवाद ।

(लेखक दुर्घटनाका घाईते हुन्)

तस्विरः कृष्णमणि बराल / नारायण शाही र अनुप प्रकाश पौडेल

सम्बन्धित समाचार

पोखरामा मेयरले डोजर चलाउँदा पत्रकार सहित पाँच जना खोलामा खसे

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

मानुङ्गले दिएको सन्देश र व्यासको पर्यटन सम्भाव्यता
गण्डकी क्षेत्र

मानुङ्गले दिएको सन्देश र व्यासको पर्यटन सम्भाव्यता

by गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’
Breaking 2

पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’

by रञ्जन अधिकारी
2021 January 3 मा प्रकाशित
नेपालाँ ऐन नियम कानुन !
विचार/ब्लग

नेपालाँ ऐन नियम कानुन !

by रञ्जन अधिकारी
2021 January 3 मा प्रकाशित
तीतो यथार्थ
विचार/ब्लग

तीतो यथार्थ

by गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
तमु ल्होछार: गण्डक प्रदेशको साझा पर्व
विचार/ब्लग

तमु ल्होछार: गण्डक प्रदेशको साझा पर्व

by गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
पत्रकार र पत्रकारिता अनि पत्रकारकी बहिनी !
विचार/ब्लग

पत्रकार र पत्रकारिता अनि पत्रकारकी बहिनी !

by रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

2025 May 15 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

2025 May 15 मा प्रकाशित
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

2025 May 14 मा प्रकाशित
स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार

स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार

2025 May 14 मा प्रकाशित
गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना

गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना

2025 May 14 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews