Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

रामसहाय यादव तेस्रो उपराष्ट्रपतिमा निर्वाचित

गण्डकी न्यूज गण्डकी न्यूज
2023 March 17 मा प्रकाशित
रामसहाय यादव तेस्रो उपराष्ट्रपतिमा निर्वाचित
ShareTweetSend

काठमाडौं । रामसहाय प्रसाद यादव मुलुकको तेस्रो उपराष्ट्रपति बनेका छन् । जसपाका यादवले एमालेकी अष्लक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गरेका हुन् । यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेश सभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् ।

निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य बोहराले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्‌तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरिन् । जनमतबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, जसपाबाट उपराष्ट्रपतिकी अर्की उम्मेदवार प्रमिला कुमारीले प्रदेशतर्फ ४८ मतभार अर्थात् १ सांसदको मत पाएकी छिन् ।

सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार रामसहाय बनेकाले प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेकी थिइन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् । उनी मुलुकको तेस्रो उपराष्ट्रपति बनेका छन् । यसअघि पहिलो उपराष्ट्रपति परमानन्द झा रहेका थिए । दोस्रो उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ हुन् ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। उपराष्ट्रपति मर्यादाका हिसाबले राज्यको दोस्रो माथिल्लो पद हो।

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ। यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ।

शिक्षकदेखि उपराष्ट्रपतिसम्म

उपराष्ट्रपति पदमा निर्वाचित ५२ वर्षीय रामसहाय यादव मधेसमा सदाबहार नेताको रुपमा चिनिन्छन्। २०६० सालदेखि अनवरत रुपमा उपेन्द्र यादव नेतृत्वको पार्टीबाट राजनीति गर्दै आएका यादव पछिल्ला दुई दशकमा भएका तीन वटा मधेस आन्दोलनका पर्दा पछाडिका प्रमुख पात्र समेत हुन्।

२०६३ माघ १ गते अन्तरिम संविधान जारी हुँदा त्यसमा संघीयता नसमटिएको भन्दै मधेसमा पहिलो पटक विद्रोह भयो। त्यो विद्रोहको नेतृत्व गरेको थियो, गैरराजनीतिक संगठन मधेसी जनअधिकार फोरमले। नवनिर्वाचित उपराष्ट्रपति यादव त्यतिबेला त्यही फोरमका केन्द्रीय सदस्य थिए भने उपेन्द्र यादवको प्रमुख हर्ताकर्ता पनि।

रामसहाय यादव र उपेन्द्र यादवका बीचमा २०५९ सालमा भेट भएको थियो। त्यसअघि शिक्षण पेसामा रहेका रामसहाय यादव सद्भावना पार्टीमा संग्लन थिए। २०४७ सालदेखि यादव सद्भावना पार्टीमा सक्रिय रहँदै शिक्षण पेसा गर्दै आएका थिए।

तर, समयक्रमले उनलाई पूर्णकालीन राजनीतिमा डोर्‍यायो। २०६३ को मधेस आन्दोलनसँगै नेपालको राष्ट्रिय राजनीतिमा मधेसी जनअधिकार फोरम स्थापित हुन पुग्यो। त्यसपछि २०६४ फागुनमा यादव शिक्षण पेसा परित्याग गर्दै पूर्णकालीन राजनीतिमा होमिए।

हुन त उनले २०६० सालमा नै आफ्नै नेतृत्वमा फोरमको बारा जिल्ला तदर्थ समिति गठन गरेका थिए। २०६३ मा केन्द्रीय सदस्य भए। र, शिक्षण पेसाबाट औपचारिक रुपमा अलग भएसँगै २०६५ जेठदेखि फोरमको महासचिव बने।

त्यसयता यादव लागातार उपेन्द्र यादव नेतृत्वको पार्टी महासचिवको भूमिकामा देखा परिरहे। उपेन्द्रको पार्टी समयक्रमसँगै विभिन्न दलसँग एकीकरण हुँदै, नाम परिर्वतन गर्दै जसपासम्म आइपुगेको छ। रामसहायको महासचिव पद भने कायमै छ। उपराष्ट्रपतिमा निर्वाचित भएपछि भने अब उनले पार्टी राजनीति त्याग्नु पर्नेछ।

सद्भावना पार्टीबाट मधेस राजनीतिमा हुँदा होस् वा फोरम हुँदै जसपासम्मको महासचिव, उनी लाभको पदमा भने कमै बसे। २०६४ को पहिलो संविधान सभा, २०७४ र २०७९ को निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका यादव ४ मंसिरको निर्वाचनअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा छोटो समय बन मन्त्री भएका थिए।

पहिलो र दोस्रो संविधान सभाको बेलामा संविधानको मुद्दामा सक्रिय भएर लागेका यादव पार्टीको संगठनमा समेत विशेष दख्खल राख्ने नेतामा पर्छन्। पार्टी राजनीतिमा पनि उनले महासचिव तथा संगठन विभाग प्रमुख भएर काम गरेको देखिन्छ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै
Breaking 2

स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै

by राम बहादुर रोकाहा
2026 July 3 मा प्रकाशित
स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी
Breaking 2

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

by राम बहादुर रोकाहा
2026 June 30 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
Breaking 2

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
Breaking 2

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

by राम बहादुर रोकाहा
2026 June 23 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका
Breaking 2

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज
Breaking 2

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

by राम बहादुर रोकाहा
2026 June 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

2026 July 3 मा प्रकाशित
सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

2026 July 3 मा प्रकाशित
स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै

स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै

2026 July 3 मा प्रकाशित
फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

2026 July 3 मा प्रकाशित
चितुवा खोरमै पस्यो, आठ बाख्रा गुमाए किसानले

चितुवा खोरमै पस्यो, आठ बाख्रा गुमाए किसानले

2026 July 1 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews