Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय

तस्बिर: अर्जुनचौपारी गाउँपालिका–१ मा निर्माण गरिएको देशकै पहिलो नवग्रह मन्दिरमा दर्शनका लागि पुगेका भक्तजन ।

ShareTweetSend

सिद्धार्थ राजमार्ग हुँदै बुटवल–पोखरा यात्रा गर्ने अधिकांश यात्रुका लागि स्याङ्जा लामो समयसम्म बाटोमै देखिने जिल्ला मात्रै थियो । पोखराबाट मुक्तिनाथ, मनाङ, बन्दीपुर, कुश्मा, बागलुङ कालिका वा गोरखाको मनकामनातर्फ जाने पर्यटकले स्याङ्जामा खासै पाइला टेक्दैनथे ।

तर अहिले त्यो अवस्था बदलिन थालेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित जलबराह धार्मिक वनमा नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण भएपछि स्याङ्जाले नयाँ धार्मिक पर्यटकीय पहिचान बनाउन थालेको हो ।

वर्षौंदेखि ‘ट्रान्जिट जिल्ला’ को रूपमा चिनिँदै आएको स्याङ्जा अहिले धार्मिक पर्यटकको रोजाइमा पर्न थालेको स्थानीय बताउँछन् ।

छिमेकी जिल्ला कास्कीको पोखरा महानगरपालिका–२७ की ६८ वर्षीया मैयादेवी लामिछानेले बुटवल–पोखरा यात्रा धेरै पटक गरे पनि स्याङ्जामा रोकिनुपर्ने कारण कहिल्यै नभेटेको सुनाइन् । “मंसिरदेखि नवग्रह मन्दिर आउने इच्छा थियो, अहिले बल्ल अवसर मिल्यो,” उनले भनिन्, “अब समय मिलाएर फेरि पनि आइरहन्छु ।”

लामिछानेजस्तै अहिले हजारौं भक्तजन नवग्रह मन्दिर नपुगी यात्रा अधुरो भएको महसुस गर्न थालेका छन् । विशेषगरी शनिबार यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको छ भने मेला तथा पर्वका समयमा संख्या अझ बढ्ने गरेको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार मुक्तिनाथ, बागलुङ कालिका र मनकामना जाने धार्मिक पर्यटकले समेत अहिले आफ्नो यात्रामा नवग्रह मन्दिरलाई समेट्न थालेका छन् ।

तिवारीकै परिकल्पनामा निर्माण गरिएको मन्दिरले वर्षौंदेखि केवल बाटोका रूपमा चिनिएको स्याङ्जालाई धार्मिक पर्यटनको नयाँ केन्द्रमा रूपान्तरण गर्न थालेको स्थानीयको भनाइ छ ।

स्थानीय होटल व्यवसायी संजय ढकालका अनुसार मन्दिर बनेपछि अर्जुनचौपारी र आसपासका क्षेत्रमा आर्थिक गतिविधि बढेको छ । राजमार्ग आसपासका होटल, पसल र रेस्टुरेन्टमा ग्राहकको चाप बढ्नुका साथै स्थानीय किसानले उत्पादन गरेका अर्गानिक तरकारी, फलफूल र हस्तकलाका सामग्रीले पनि बजार पाउन थालेका छन् ।

“पहिले मान्छेहरू स्याङ्जा हुँदै अन्तै जान्थे, अहिले स्याङ्जाकै लागि आउन थालेका छन्,” अध्यक्ष तिवारीले भने, “नवग्रह मन्दिरले पोखरा केन्द्रित पर्यटनलाई गाउँसम्म ल्याउन ठूलो भूमिका खेलेको छ ।”

कस्तो छ नवग्रह मन्दिर ?
आठ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक वनभित्र नवभूज आकारको २७ फिट अग्लो नवग्रह मन्दिर निर्माण गरिएको छ । मन्दिरको सबैभन्दा माथिल्लो भागमा सौर्यमण्डलको प्रतीक राखिएको छ ।

मन्दिरका मूर्ति हिन्दु धार्मिक ज्योतिषीको निर्देशनमा नवर्दा नदीको शिलाबाट भारतमा निर्माण गरिएको बताइएको छ ।

मन्दिरको १४ फिट भागमा सूर्य, शुक्र, केतु, चन्द्र, मंगल, बुध, शनि, बृहस्पति र राहुका प्रतीक राखिएका छन् भने नौवटा भूजामा ग्रहअनुसारका रङ प्रयोग गरिएको छ ।

मन्दिर परिसरमा षट्कोण आकारको शिवालय समेत निर्माण गरिएको छ । शिवालयको बीचभागमा पशुपतिनाथ शैलीको सात क्विन्टल तौलको पञ्चमुखी शिवलिंग राखिएको छ । वरिपरि गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव र हनुमानका मूर्ति स्थापना गरिएका छन् ।

पूजाको विधि पनि विशेष बनाइएको छ । भक्तजनले एक छेउबाट प्रवेश गरी गणेश, कुलदेवता र इष्टदेवताको पूजा गरेपछि बीचको पञ्चमुखी शिवलिंगको दुई पटक परिक्रमा गर्छन् । त्यसपछि हनुमान, लक्ष्मी र कालभैरवको दर्शन गरी बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।

शिवालयबाट अगाडि बढेपछि करिब तीन सय मिटर दूरीमा रहेको पञ्चकन्या मन्दिर पुगिन्छ । त्यसपछि पूर्व फर्किएको दियो आकारको नवग्रह मन्दिरमा पुगेर नौ चक्रको परिक्रमा गर्ने व्यवस्था छ । पूजा सकेपछि सुरुङमार्गबाट बाहिर निस्कन सकिने बनाइएको छ ।

परिसरमा नवग्रह यन्त्र, शिवयन्त्र र मण्डला समेत निर्माण गरिएको छ । विवाह भने नवग्रह मन्दिरमा नहुने भएकाले नजिकै रहेको राधाकृष्ण मन्दिरको मर्मत गरिएको गाउँपालिकाले जनाएको छ ।

मन्दिरको माथिल्लो भागमा रहेको सौर्यमण्डलको मूर्ति वर्षमा एकपटक गणेश चतुर्थीका दिन मात्र दर्शनका लागि खुला गरिन्छ । सो दिन गाउँपालिकाले सार्वजनिक बिदासमेत दिने गरेको छ ।

मन्दिर परिसर, षट्कोण शिवालय र पैदल मार्गलाई स्थानीय ढुंगाले सजाइएको छ भने दुबो रोपेर हरियाली र आकर्षक बनाइएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना
गण्डकी क्षेत्र

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

by राम बहादुर रोकाहा
2026 August 29 मा प्रकाशित
बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने
गण्डकी क्षेत्र

बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 August 29 मा प्रकाशित
गण्डकी क्षेत्र

निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा

by राम बहादुर रोकाहा
2026 August 28 मा प्रकाशित
निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा
गण्डकी क्षेत्र

निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

by राम बहादुर रोकाहा
2026 August 28 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग

by राम बहादुर रोकाहा
2026 August 27 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 August 26 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

2026 August 29 मा प्रकाशित
बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

2026 August 29 मा प्रकाशित

निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा

2026 August 28 मा प्रकाशित
निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

2026 August 28 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग

2026 August 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews