Gandaki News
  • होमपेज
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • अर्थ
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • फोटो फिचर
    • विचार/ब्लग
    • अन्तर्वार्ता
    • अपराध/सुरक्षा
    • कला/साहित्य
    • ग्ल्यामर
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • फोटो फिचर
    • भिडियो
    • राशीफल
    • रोचक
    • रोजगार
    • विचार/ब्लग
    • विज्ञान/प्रविधि
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • होमपेज
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • अर्थ
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • फोटो फिचर
    • विचार/ब्लग
    • अन्तर्वार्ता
    • अपराध/सुरक्षा
    • कला/साहित्य
    • ग्ल्यामर
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • फोटो फिचर
    • भिडियो
    • राशीफल
    • रोचक
    • रोजगार
    • विचार/ब्लग
    • विज्ञान/प्रविधि
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

रामसहाय यादव तेस्रो उपराष्ट्रपतिमा निर्वाचित

गण्डकी न्यूज गण्डकी न्यूज
Breaking 2, देश, राजनीति
२०७९ चैत्र ३ मा प्रकाशित
रामसहाय यादव तेस्रो उपराष्ट्रपतिमा निर्वाचित
ShareTweetSend

काठमाडौं । रामसहाय प्रसाद यादव मुलुकको तेस्रो उपराष्ट्रपति बनेका छन् । जसपाका यादवले एमालेकी अष्लक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गरेका हुन् । यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेश सभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् ।

निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य बोहराले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्‌तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरिन् । जनमतबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, जसपाबाट उपराष्ट्रपतिकी अर्की उम्मेदवार प्रमिला कुमारीले प्रदेशतर्फ ४८ मतभार अर्थात् १ सांसदको मत पाएकी छिन् ।

सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार रामसहाय बनेकाले प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेकी थिइन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् । उनी मुलुकको तेस्रो उपराष्ट्रपति बनेका छन् । यसअघि पहिलो उपराष्ट्रपति परमानन्द झा रहेका थिए । दोस्रो उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ हुन् ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। उपराष्ट्रपति मर्यादाका हिसाबले राज्यको दोस्रो माथिल्लो पद हो।

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ। यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ।

शिक्षकदेखि उपराष्ट्रपतिसम्म

उपराष्ट्रपति पदमा निर्वाचित ५२ वर्षीय रामसहाय यादव मधेसमा सदाबहार नेताको रुपमा चिनिन्छन्। २०६० सालदेखि अनवरत रुपमा उपेन्द्र यादव नेतृत्वको पार्टीबाट राजनीति गर्दै आएका यादव पछिल्ला दुई दशकमा भएका तीन वटा मधेस आन्दोलनका पर्दा पछाडिका प्रमुख पात्र समेत हुन्।

२०६३ माघ १ गते अन्तरिम संविधान जारी हुँदा त्यसमा संघीयता नसमटिएको भन्दै मधेसमा पहिलो पटक विद्रोह भयो। त्यो विद्रोहको नेतृत्व गरेको थियो, गैरराजनीतिक संगठन मधेसी जनअधिकार फोरमले। नवनिर्वाचित उपराष्ट्रपति यादव त्यतिबेला त्यही फोरमका केन्द्रीय सदस्य थिए भने उपेन्द्र यादवको प्रमुख हर्ताकर्ता पनि।

रामसहाय यादव र उपेन्द्र यादवका बीचमा २०५९ सालमा भेट भएको थियो। त्यसअघि शिक्षण पेसामा रहेका रामसहाय यादव सद्भावना पार्टीमा संग्लन थिए। २०४७ सालदेखि यादव सद्भावना पार्टीमा सक्रिय रहँदै शिक्षण पेसा गर्दै आएका थिए।

तर, समयक्रमले उनलाई पूर्णकालीन राजनीतिमा डोर्‍यायो। २०६३ को मधेस आन्दोलनसँगै नेपालको राष्ट्रिय राजनीतिमा मधेसी जनअधिकार फोरम स्थापित हुन पुग्यो। त्यसपछि २०६४ फागुनमा यादव शिक्षण पेसा परित्याग गर्दै पूर्णकालीन राजनीतिमा होमिए।

हुन त उनले २०६० सालमा नै आफ्नै नेतृत्वमा फोरमको बारा जिल्ला तदर्थ समिति गठन गरेका थिए। २०६३ मा केन्द्रीय सदस्य भए। र, शिक्षण पेसाबाट औपचारिक रुपमा अलग भएसँगै २०६५ जेठदेखि फोरमको महासचिव बने।

त्यसयता यादव लागातार उपेन्द्र यादव नेतृत्वको पार्टी महासचिवको भूमिकामा देखा परिरहे। उपेन्द्रको पार्टी समयक्रमसँगै विभिन्न दलसँग एकीकरण हुँदै, नाम परिर्वतन गर्दै जसपासम्म आइपुगेको छ। रामसहायको महासचिव पद भने कायमै छ। उपराष्ट्रपतिमा निर्वाचित भएपछि भने अब उनले पार्टी राजनीति त्याग्नु पर्नेछ।

सद्भावना पार्टीबाट मधेस राजनीतिमा हुँदा होस् वा फोरम हुँदै जसपासम्मको महासचिव, उनी लाभको पदमा भने कमै बसे। २०६४ को पहिलो संविधान सभा, २०७४ र २०७९ को निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका यादव ४ मंसिरको निर्वाचनअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा छोटो समय बन मन्त्री भएका थिए।

पहिलो र दोस्रो संविधान सभाको बेलामा संविधानको मुद्दामा सक्रिय भएर लागेका यादव पार्टीको संगठनमा समेत विशेष दख्खल राख्ने नेतामा पर्छन्। पार्टी राजनीतिमा पनि उनले महासचिव तथा संगठन विभाग प्रमुख भएर काम गरेको देखिन्छ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

ताजा समाचार

सन्दर्भः विश्व क्षयरोग दिवस
जीवनशैली

सन्दर्भः विश्व क्षयरोग दिवस

२०७९ चैत्र १० मा प्रकाशित
गण्डकी सरकार अल्पमतमा, माओवादीले फिर्ता लियो समर्थन, २ मन्त्रीद्वारा राजीनामा
Main News 1

गण्डकी सरकार अल्पमतमा, माओवादीले फिर्ता लियो समर्थन, २ मन्त्रीद्वारा राजीनामा

२०७९ चैत्र १० मा प्रकाशित
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा पोखरा न्यूजका गणेश बराल सर्वसम्मत
कास्की

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा पोखरा न्यूजका गणेश बराल सर्वसम्मत

२०७९ चैत्र ६ मा प्रकाशित
बरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा भव्य अभिनन्दन
Main News 1

बरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा भव्य अभिनन्दन

२०७९ चैत्र ४ मा प्रकाशित
रामसहाय यादव तेस्रो उपराष्ट्रपतिमा निर्वाचित
Breaking 2

रामसहाय यादव तेस्रो उपराष्ट्रपतिमा निर्वाचित

२०७९ चैत्र ३ मा प्रकाशित
पोखराको चिप्लेढुंगामा बसको ठक्करबाट युवतीकाे मृत्यु
Main News 1

पोखराको चिप्लेढुंगामा बसको ठक्करबाट युवतीकाे मृत्यु

२०७९ चैत्र ३ मा प्रकाशित

Related Posts

एमाले फेरि एक्लियो

एमाले फेरि एक्लियो

२०७९ फाल्गुन २५ मा प्रकाशित
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

२०७९ फाल्गुन २५ मा प्रकाशित
पोखरामा डिजिटल माध्यमबाटै यौन धन्दाः कारबाट घरमै डेलिभरी

पोखरामा डिजिटल माध्यमबाटै यौन धन्दाः कारबाट घरमै डेलिभरी

२०७८ फाल्गुन २२ मा प्रकाशित
टिकटकबाट ठगी ! ७० हजार डलर र गिफ्ट पठाएँ भन्दै पाेखरेली महिलालाई यसरी ठगे [घटना विवरण]

टिकटकबाट ठगी ! ७० हजार डलर र गिफ्ट पठाएँ भन्दै पाेखरेली महिलालाई यसरी ठगे [घटना विवरण]

२०७८ माघ २६ मा प्रकाशित
पोखरामा फेरि ठगिए सयौं युवायुवती, ‘ग्लोबल ओरियन्स’ को नेटवर्किङ जालोले डुबायो

पोखरामा फेरि ठगिए सयौं युवायुवती, ‘ग्लोबल ओरियन्स’ को नेटवर्किङ जालोले डुबायो

२०७८ पुस १३ मा प्रकाशित
अन्ततः पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शौचालयको पाइप मर्मत १ वर्षपछि ! [समाचार प्रभाव]

अन्ततः पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शौचालयको पाइप मर्मत १ वर्षपछि ! [समाचार प्रभाव]

२०७८ मंसिर २४ मा प्रकाशित

सर्वाधिक पढिएका

सन्दर्भः विश्व क्षयरोग दिवस
जीवनशैली

सन्दर्भः विश्व क्षयरोग दिवस

२०७९ चैत्र १० मा प्रकाशित
गण्डकी सरकार अल्पमतमा, माओवादीले फिर्ता लियो समर्थन, २ मन्त्रीद्वारा राजीनामा
Main News 1

गण्डकी सरकार अल्पमतमा, माओवादीले फिर्ता लियो समर्थन, २ मन्त्रीद्वारा राजीनामा

२०७९ चैत्र १० मा प्रकाशित
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा पोखरा न्यूजका गणेश बराल सर्वसम्मत
कास्की

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा पोखरा न्यूजका गणेश बराल सर्वसम्मत

२०७९ चैत्र ६ मा प्रकाशित
बरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा भव्य अभिनन्दन
Main News 1

बरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा भव्य अभिनन्दन

२०७९ चैत्र ४ मा प्रकाशित
रामसहाय यादव तेस्रो उपराष्ट्रपतिमा निर्वाचित
Breaking 2

रामसहाय यादव तेस्रो उपराष्ट्रपतिमा निर्वाचित

२०७९ चैत्र ३ मा प्रकाशित
पोखराको चिप्लेढुंगामा बसको ठक्करबाट युवतीकाे मृत्यु
Main News 1

पोखराको चिप्लेढुंगामा बसको ठक्करबाट युवतीकाे मृत्यु

२०७९ चैत्र ३ मा प्रकाशित

Next Post
बरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा भव्य अभिनन्दन

बरिष्ठ कलाकार दुर्गा बराल 'वात्स्यायन' को पोखरामा भव्य अभिनन्दन

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Follow us


Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact

© 2017 Gandaki News. All rights reserved.

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • होमपेज
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • अर्थ
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • फोटो फिचर
    • विचार/ब्लग
    • अन्तर्वार्ता
    • अपराध/सुरक्षा
    • कला/साहित्य
    • ग्ल्यामर
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • फोटो फिचर
    • भिडियो
    • राशीफल
    • रोचक
    • रोजगार
    • विचार/ब्लग
    • विज्ञान/प्रविधि
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.