Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

राष्ट्रपति सत्ताको रोटी मात्रै होइन

गण्डकी न्यूज गण्डकी न्यूज
2023 March 8 मा प्रकाशित
तरकारीको विष नागरिकलाई नखुवाऊ
ShareTweetSend

सम्पादकीय 

मुलुकले सङ्घीय गणतन्त्रको अभ्यास गरिरहेको छ । नागरिककै तहबाट राष्ट्रको गरिमामय आलङ्कारिक पद राष्ट्रपति चुनिने संवैधानिक परिपाटी छ । फागनु २५ मा हुने राष्ट्रपतिको चुनावमा उम्मेद्वारका लागि राजनीतिक दलहरूले राष्ट्रिय सहमतिको रटान दिए पनि अन्ततः पार्टी कै पात्रमा सीमित भएका छन् । आठ दलीय गठबन्धनले नेपाली काँग्रेसलाई राष्ट्रपति दिने सहमति गर्दा काँग्रेसले रामचन्द्र पौडेललाई पगरी गुथाउने पक्का छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १० गते नेकपा एमालेका अध्यक्ष खड्कप्रसाद ओलीसँग सहमति गरेका थिए तर राजनीतिमा सहमति पानीको फोका जस्तो बन्यो । दाहालले प्रधानमन्त्री बन्न एमालेसँग सहमति गरे भने पूरै कार्यकाल चलाउन काँग्रेससँग राष्ट्रिय सहमति गरे । सहमतिको तुरूपले सत्ता समीकरण धरापमा पर्ने सङ्केत देखिएको छ । राजनीतिको थकानलाई विश्राम गर्न शितल निवास पुग्ने संस्कारले गरिमामय संस्था र मर्यादित व्यक्तिलाई केवल कठपुतली, रबर स्ट्याम्प र आज्ञाकारी नोकरमा रूपान्तरण गरेको छ ।

दाहालले प्रधानमन्त्री बन्न एमालेसँग सहमति गरे भने पूरै कार्यकाल चलाउन काँग्रेससँग राष्ट्रिय सहमति गरे । सहमतिको तुरूपले सत्ता समीकरण धरापमा पर्ने सङ्केत देखिएको छ । राजनीतिको थकानलाई विश्राम गर्न शितल निवास पुग्ने संस्कारले गरिमामय संस्था र मर्यादित व्यक्तिलाई केवल कठपुतली, रबर स्ट्याम्प र आज्ञाकारी नोकरमा रूपान्तरण गरेको छ ।

राष्ट्रको मियो, संविधानको संरक्षक र निष्पक्ष भूमिका खेल्नु पर्ने राष्ट्रपति पार्टीको नेता नै हुनपर्ने प्रचलन समग्रमा हितकर होइन् । राजनीतिक दलको चास्नीबाट आउँदा संविधान र कानुनको कार्यान्वयनमा राजनीतिकको गुलियोपन आभास हुन्छ । विगतमा राष्ट्रपतिले गरेका निर्णयले संस्था र पदको कद घटेको देखिन्छ । राजनीतिक लाभ लिएको कुरा दृष्टान्तले जरुर पुष्टी गर्छ । देशको आकाशमाथि समस्याको बादल र धरतीमा सास्तीका चाङ छन् त्यसलाई सम्बोधन गर्ने ल्याकत राख्ने राष्ट्रिय व्यक्तित्वको छनौट हुनुपर्नेमा पार्टीकै पोल्टाबाट शितल निवास पुग्दा नागरिकको हार र दलको जित देखिन्छ । मुलुकले यसघडी पनि जनचाहना अनुसार सबैले स्वीकार्ने साझा व्यक्तित्व राष्ट्रपतिका रूपमा नपाउने लगभग पक्का छ । सत्ता स्वार्थको लोभमा फसेका नेतृत्वका कारण नागरिकहरू फेरि निराश हुने छन् ।

देशको आकाशमाथि समस्याको बादल र धरतीमा सास्तीका चाङ छन् त्यसलाई सम्बोधन गर्ने ल्याकत राख्ने राष्ट्रिय व्यक्तित्वको छनौट हुनुपर्नेमा पार्टीकै पोल्टाबाट शितल निवास पुग्दा नागरिकको हार र दलको जित देखिन्छ । मुलुकले यसघडी पनि जनचाहना अनुसार सबैले स्वीकार्ने साझा व्यक्तित्व राष्ट्रपतिका रूपमा नपाउने लगभग पक्का छ । सत्ता स्वार्थको लोभमा फसेका नेतृत्वका कारण नागरिकहरू फेरि निराश हुने छन् ।

भावी राष्ट्रपतिले शितल निवास प्रधानमन्त्रीको शाखा कार्यालय होइन भन्ने यथार्थलाई मनन गर्नुपर्छ । मध्यरातमा हस्ताक्षर गरेर राष्ट्रिय मुद्धालाई सदर गर्नु मात्रै राष्ट्रपतिको काम होइन् । प्रधानमन्त्री कार्यालयबाट जाने पत्रमा तुरुन्तै हस्ताक्षर गर्नु र त्यसको आयामिक असर के पर्छ भनेर विश्लेषण गर्न नसक्नुले नै पटकपटक राष्ट्रपति आफ्नो भूमिकाबाट चुकेको आभास हुन्छ । शितल निवासले मध्यरात मै पनि कार्यसम्पादन गरेका परिदृश्यले लोकतान्त्रिक शासन पद्धतीको खिल्ली उडाएको थियो । संसद्का काम कर्तव्यमा गडबढी हुँदा रेफ्रीको भूमिका जरुर आवश्यक हुन्छ । संवैधानिक प्रावधानमा पनि राष्ट्रपतिले आफ्नो पदीय मर्यादा र गरिमालाई जोगाइ राख्नुपर्छ । संवैधानिक अवयवहरू घाइते हुँदा राष्ट्रपतिले मलम लगाउनु पर्ने दायित्व छ । सन्तुलन र नियन्त्रणका सवालमा पटकपटक नजरअन्दाज गर्दा मुलुक र नागरिकले सास्ती र हैरानी व्यहोर्नु परेको तथ्य पुरानो भएको छैन् । शितल निवासको साख सखाप पार्ने शङ्कास्पद गतिविधि गर्ने छुट राष्ट्रपतिलाई संविधानले दिएको छैन् केवल संविधानको पालक र संरक्षकको भूमिका निर्वाह गर्न निर्देशित गरेको छ ।

संसद्का काम कर्तव्यमा गडबढी हुँदा रेफ्रीको भूमिका जरुर आवश्यक हुन्छ । संवैधानिक प्रावधानमा पनि राष्ट्रपतिले आफ्नो पदीय मर्यादा र गरिमालाई जोगाइ राख्नुपर्छ । संवैधानिक अवयवहरू घाइते हुँदा राष्ट्रपतिले मलम लगाउनु पर्ने दायित्व छ । सन्तुलन र नियन्त्रणका सवालमा पटकपटक नजरअन्दाज गर्दा मुलुक र नागरिकले सास्ती र हैरानी व्यहोर्नु परेको तथ्य पुरानो भएको छैन् । शितल निवासको साख सखाप पार्ने शङ्कास्पद गतिविधि गर्ने छुट राष्ट्रपतिलाई संविधानले दिएको छैन् केवल संविधानको पालक र संरक्षकको भूमिका निर्वाह गर्न निर्देशित गरेको छ ।

नेतृत्वले छिमेकी मुलुक भारतबाट पनि केही कुरा सिक्न आवश्यक छ । राष्ट्रपति पदमा पुग्ने व्यक्तिले राष्ट्रिय जीवनमा केही योगदान दिएको हुनुपर्छ । विद्वान्, वैज्ञानिक र सामाजिक अभियन्ताहरू निर्विवाद छानिने परिपाटी छ । राष्ट्रपति भएका व्यक्तिको सामाजिक सम्मान पनि उत्तिकै हुन्छ । विवाद र किचलोको रेखाभन्दा उनीहरू माथि उठेको देखिन्छ । आठ दलीय सहमातिले राष्ट्रपतिको खाली ठाउँ भर्ने काम त हुन्छ नै तर मुलुकको हितमा कार्यसम्पादन गर्ने साझा व्यक्ति नहुन सक्छ । नागरिक तहमा उत्साह नहुन सक्छ । शितल निवासको शाख र राष्ट्रपतिको सान जोगाने हैषियत भएको व्यक्तिलाई नै नागरिकले श्रद्धा र सम्मान गर्ने छन् । जे भयो सो भयो, कमसेकम राष्ट्रपतिले देश र नागरिकको हुर्मत लिने हर्कतमा सुधार आउनु आवश्यक छ । लोकतान्त्रिक संस्कार र विवेकी निर्णयले ओतप्रोत बन्नुपर्छ । नागरिक सर्वोच्चलाई स्वीकार गरी दम्भ र अहङ्कारलाई पैतालामुनि राख्नुपर्छ । देशकै अभिभावकको भूमिका खेल्नुपर्छ ।

आठ दलीय सहमातिले राष्ट्रपतिको खाली ठाउँ भर्ने काम त हुन्छ नै तर मुलुकको हितमा कार्यसम्पादन गर्ने साझा व्यक्ति नहुन सक्छ । नागरिक तहमा उत्साह नहुन सक्छ । शितल निवासको शाख र राष्ट्रपतिको सान जोगाने हैषियत भएको व्यक्तिलाई नै नागरिकले श्रद्धा र सम्मान गर्ने छन् । जे भयो सो भयो, कमसेकम राष्ट्रपतिले देश र नागरिकको हुर्मत लिने हर्कतमा सुधार आउनु आवश्यक छ । लोकतान्त्रिक संस्कार र विवेकी निर्णयले ओतप्रोत बन्नुपर्छ । नागरिक सर्वोच्चलाई स्वीकार गरी दम्भ र अहङ्कारलाई पैतालामुनि राख्नुपर्छ । देशकै अभिभावकको भूमिका खेल्नुपर्छ ।

– सुरेश रानाभाट

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

तरकारीको विष नागरिकलाई नखुवाऊ
सम्पादकीय

रवि लामिछाने: नागरिक बन्न प्रक्रिया पूरा गर

by गण्डकी न्यूज
2023 March 8 मा प्रकाशित
तरकारीको विष नागरिकलाई नखुवाऊ
सम्पादकीय

नेपाल भासियो भ्रष्टाचारको दलदलमा

by गण्डकी न्यूज
2023 March 8 मा प्रकाशित
तरकारीको विष नागरिकलाई नखुवाऊ
सम्पादकीय

बिदालाई रचनात्मक बनाऊ

by गण्डकी न्यूज
2023 March 8 मा प्रकाशित
तरकारीको विष नागरिकलाई नखुवाऊ
सम्पादकीय

तरकारीको विष नागरिकलाई नखुवाऊ

by गण्डकी न्यूज
2023 March 8 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ

2026 April 28 मा प्रकाशित
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा

राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा

2026 April 28 मा प्रकाशित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण

स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण

2026 April 28 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

2026 April 27 मा प्रकाशित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

2026 April 26 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews