स्याङ्जाको बिरुवा गाउँपालिका–८ का वडा अध्यक्ष नविन कुमार आलेको बुधबार निधन भएको छ । पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार चार दिनअघि सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएका आलेको मिर्गौला फेल भएपछि निधन भएको हो ।
आले २०७९ सालको स्थानीय तह निर्वाचनमा बिरुवा–८ बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी नेकपा एमाले बिरुवा गाउँपालिका कमिटीका पूर्व उपसचिव समेत रहेका थिए ।
स्थानीय तहमा सक्रिय रूपमा काम गर्दै आएका आलेको निधनले गाउँपालिका तथा स्थानीय समुदायमा शोक छाएको छ ।














