‘जेनेजेड’ आन्दोलनको क्रममा कास्की कारागार, पोखराबाट भागेका एक कैदी स्याङ्जामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका -१८ का ३१ वर्षीय सुनिल थापा रहेका छन् । उनी हाल स्याङ्जा फेदिखोला गाउँपालिका -१ मा बस्दै आएका थिए ।
चेक अनादार मुद्दामा सजाय काट्दै आएका थापालाई आइतबार फेदिखोला गाउँपालिका-१ बाट प्रहरीले समातेको हो । उनी गत भदौ २४ गते कास्की कारागारबाट भागेका थिए ।
थापालाई आवश्यक कानूनी प्रक्रिया अघि बढाउनको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।













