Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

इन्द्रेणीका कलाकारबाट कृष्ण कँडेलमाथि गम्भीर आरोप, रुँदै लाइभमा भने– शारीरिक र मानसिक यातना दिए

कृष्ण कँडेलको प्रष्टीकरणः कसैको श्रम र सम्मानमा आँच पुर्‍याएको छैन

गण्डकी न्यूज गण्डकी न्यूज
2024 February 23 मा प्रकाशित
इन्द्रेणीका कलाकारबाट कृष्ण कँडेलमाथि गम्भीर आरोप, रुँदै लाइभमा भने– शारीरिक र मानसिक यातना दिए
ShareTweetSend

लोक तथा दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ चलाउँदै समाजसेवा भन्दै पैसा उठाउने कृष्ण कँडेलको धन्दा  हो ।

लामै समय भयो उनले कार्यक्रमको आवरणमा यस्तो धन्दा चलाएको। इन्द्रेणी कार्यक्रम लिएर स्टेज, स्वदेश अनि विदेशबाट समेत रकम सङ्कलन गर्छन् उनी। तर त्यसरी उठेको पैसा उनले कहाँ खर्च गरे कहिल्यै पारदर्शीरुपमा हिसाब सार्वजनिक गर्दैनन्।

टेलिभिजनमा लोकदोहोरी कार्यक्रम हुँदै युट्युबमा कार्यक्रम चलाउने उनले आफूलाई समाजसेवीको आवरणमा ढाल्दै गए। पीडामा परेकाहरूको उद्धारक झैँ बने। तर अहिले आएर उनकै इन्द्रेणी समूहका सदस्यहरू कँडेलले अन्याय गरे भन्दै सामाजिक सञ्जालमा लाइभमा आएर रुँदैछन्।

केहीले कँणेलको राणा शैलीको निरङ्कुश व्यवहारबारे बोले, केही मानसिक यातना पाएको भन्दै रोए। केहीले इन्द्रेणीका लागि मादल बजाउँदा हातमा परेका ढेला देखाउँदै सोधे’ किन यस्तो अन्याय गरेको?’

शर्मिला श्रेष्ठ, खगेन्द्र विश्वकर्मा, पूर्ण प्रसाद कँडेल, लक्ष्मीप्रसाद घिमिरे लगायतले फेसबुक लाइभबाट इन्द्रेणीका सञ्चालक कँणेलबाट पीडित भएको खुलाए। यीमध्ये खगेन्द्र विश्वकर्माले इन्द्रेणी कार्यक्रममै १२ वर्ष गीत गाएर बिताइसकेका छन् भने शर्मिलाले ६ वर्ष।

इन्द्रेणीबाट अघोषित निष्कासनमा परेका पाँचजना कलाकारले फेसबुक लाइभमा आएर सञ्चालक कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका छन् ।

उनीहरूले पुसदेखि आफूहरूलाई कार्यक्रममा नबोलाइएको बताए । पूर्ण कँडेल र लक्ष्मी घिमिरेले आफूहरूमाथि हातपातसमेत भएको दाबी गरे । यद्यपि, उनीहरूले के कति कारणले विवाद भएको हो र किन उनीहरूलाई निकालियो भन्ने स्पष्टरूपमा बताएनन् । आगामी दिनमा थप तथ्यहरू बाहिर ल्याउने उनीहरूको भनाइ थियो ।

लाइभमा बताइएअनुसार पाँचजनालाई बोलाएको बेलामा मात्रै आउने भनेर कागजमा सही गर्न लगाइएको थियो । आर्थिक कारणले तलवमा राख्न नसक्ने भनेर कँडेलले बताएका छन् । तर, कार्यक्रम नियमित सुटिङ हुँदा पनि नबोलाएर आफूहरूलाई अघोषित निष्कासन गरिएको कलाकारहरूले बताए ।

लाइभ आएकाहरूमा शर्मिलासहित खगेन्द्र विश्वकर्मा, पूर्ण कँडेल, लक्ष्मी घिमिरेलगायत छन् । कँडेल र घिमिरे सञ्चालक कृष्ण कँडेलका नातेदारसमेत हुन् ।

इन्द्रेणीमा नियमित देखिने गरेकी शर्मिला श्रेष्ठ लाइभमै रोएकी थिइन् । आफ्नो बुवाआमाले कृष्ण कँडेललाई भगवान् मान्ने तर आफूलाई उनैले अन्यायमा पारेको श्रेष्ठले बताइन् ।

उनको भनाइ यस्तो छः

म विगत ५-७ वर्षदेखि इन्द्रेणीमा थिएँ । दर्शकहरूले मलाई नियमित देखिराख्नुभएको थियो । तर, पुसदेखि म इन्द्रेणीमा गएकी छैन । कार्यक्रमहरू रेकर्ड भइरहे पनि हामीलाई बोलाइएको छैन । एक महिना प्रतीक्षा गर्दा पनि कुनै रेस्पोन्स नभएपछि लाइभ आउन बाध्य भएका हौं । धेरै दर्शकहरूले कार्यक्रमका बारेमा सोधिरहनु हुन्छ । म विभिन्न बहाना गरेर पन्छिन्छु ।

आज सरस्वती पूजाको दिन हो । म सरस्वती माताको कसम खाएर भन्छु कि कुनै झूटो कुरा बोल्दिनँ । मेरी आमाले टिभीमा कृष्ण कँडेललाई देख्दा ढोग्नुहुन्छ । मेरो बुवाले पनि भगवान् मान्नुहुन्छ । त्यसैले मैले घरमा भन्न सकेको छैन । मलाई थाहा छ, दर्शकबाट पनि गालीको वर्षा हुन्छ होला । जुन थालमा खायो त्यसैमा थुकेको आरोप लाग्छ होला । तर, सबैले भगवान् मानेको व्यक्तिलाई मैले खप्न सकिनँ । औषधि खाएर निदाउनुपर्ने अवस्था आएको छ ।

टिका सानुलाई बिदा गर्ने बेलामा उहाँले भन्नुभएको थियो कि, एकजनालाई झम्टिन आउने बाघले तपाईंहरूलाई पनि भोलि टोक्न सक्छ । यस्तै नै भएको छ । हामीलाई किन बोलाइएन त भनेर अफिसमा जाँदा मेरा कलाकार साथीहरू मसित बोलेनन् । म जाँदा दनादन कार्यक्रम सुटिङ भइरहेको थियो । म स्टुडियो भित्र छिरिनँ । अफिसका स्टाफहरूसँग राम्रो हाँसिखुशी कुरा गरेँ । आफ्नो चोट लुकाएर आएँ ।

म अब ढुंगाको भगवान्‌लाई विश्वास गर्दिनँ । इन्द्रेणीमा काम गर्दा नै मेरो स्वर, शरीर सबै सकियो । तँलाई उपचार गर्नुपर्छ कि भनेर कहिल्यै सोधिएन । लास्टमा परेको बोलामा मात्र बोलाउने र तलबमा नराख्ने भनेर हटाइयो । मानसिक टर्चर दिइयो ।

एक वर्ष अगाडि पनि यस्तै व्यवहार भएपछि म १५ दिनसम्म इन्द्रेणी नगई बसेकी थिएँ । त्यो थाहा पाएपछि मेरो आमाले भगवानको थलो छोडेर हिँड्ने ? तैंले के गरेर खान्छेस् भनेर मलाई गाली गर्नुभयो । घरबाट टर्चर भएपछि म आफैं गएँ । क्यामरा अन भएपछि मुसुक्क हाँसेर नाच्थेँ । तर, भित्र पीडा अर्कै थियो । संस्थाको इज्जत जान्छ भनेर हामीले बाहिर बोलेनौं । आखिर उहाँले नै हाम्रो रोजिरोटी टारिदिनुभएको थियो ।

म मेरी आमासित क्षमा माग्छु, तपाईंले भगवान् ठानेको मान्छेलाई मैले खप्न सकिनँ । उहाँको प्यारी हुन सकिनँ । किन भन्ने चाहीँ पछि भन्नेछु ।

कृष्ण कँडेलको सालो पर्ने लक्ष्मी घिमिरेले आफूहरूमाथि हातपात भएको बताए ।

उनले सुनाए, ‘कृष्ण कँडेलले राणाको जस्तो स्वभाव देखाउनुहुन्थ्यो । गत माघ ५ र ६ गते गते एउटा मिटिङ भनेर सबैलाई बोलाइयो । हामीलाई सीसी क्यामरा नभएको कोठामा राखियो । ८-१० जना डन पाराका मान्छेहरू राखेर दाइ पूर्ण कँडेल र मप्रति हातपात गरियो । उहाँ .(कृष्ण कँडेल) मेरो भिनाजु हो । कुशल कँडेल मेरो भाञ्जा हो । भाञ्जा र भिनाजुलाई लात्तै लात्तले हान्यो भनेर उहाँको श्रीमती, मेरो दिदी प्रतिमा कँडेलले गाउँभरि प्रचार गर्नुभएको छ । हेर्नुस् मेरो हातमा गाँठा पनि छन् ।’

पूर्ण कँडेलले पनि आफूहरूलाई बाध्यतामा पारेर हस्ताक्षर गर्न लगाइएको बताए । आफूमाथि गुण्डा लगाएर हातपात पनि गरिएको भन्दै उनले गालाको खत पनि देखाएका थिए ।

कृष्ण कँडेलको प्रष्टीकरणः कसैको श्रम र सम्मानमा आँच पुर्‍याएको छैन

ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले भने आफूले कसैको पनि श्रम र सम्मानमा आँच नपुर्‍याएको प्रष्टीकरण दिएका छन् । उनीसँग काम गर्ने कलाकारहरुले कँडेलले आफूहरुलाई अन्याय गरेको भन्दै आवाज उठाएपछि विभिन्न सञ्चार माध्यममा समाचार आएका थिए ।

कँडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रष्टीकरण दिँदै समाचार लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी समेत दिएका छन् । उनले नुबझी झुटो समाचार बनाए कानूनी उपचार खोज्ने चेतावनी दिएका हुन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
Breaking 2

रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी

by राम बहादुर रोकाहा
2026 June 7 मा प्रकाशित
स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन
गण्डकी क्षेत्र

स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन

by राम बहादुर रोकाहा
2026 June 6 मा प्रकाशित
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
गण्डकी क्षेत्र

राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

by राम बहादुर रोकाहा
2026 May 28 मा प्रकाशित
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Main News 1

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

2026 June 23 मा प्रकाशित
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

2026 June 23 मा प्रकाशित
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

2026 June 19 मा प्रकाशित
स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते

स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते

2026 June 19 मा प्रकाशित
दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित

दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित

2026 June 23 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews