Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
ShareTweetSend

बदलिएको राजनीतिक परिवेश र कांग्रेसभित्र युवाको बढ्दो उपस्थितिबीच स्याङ्जाका युवा नेता प्रकाश तिवारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षसमेत रहेका तिवारी २०७९ को स्थानीय तह निर्वाचनमा ३३ वर्षको उमेरमै गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । उनी अहिले स्थानीय तहको नेतृत्वमा हासिल गरेको अनुभव र पार्टीको संगठनात्मक भूमिकालाई केन्द्रीय तहमा लैजाने तयारीमा छन् ।

तिवारी १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर १ बाट ७ सय ५१ मतसहित पाँचौँ स्थानमा महाधिवेशन प्रतिनिधि चयन भएका थिए । यही आधारमा उनले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा तिवारीले अर्जुनचौपारी गाउँपालिका अध्यक्षमा ५ हजार २ सय ९१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी चिनमाया गुरुङले ३ हजार ३ सय ४७ मत पाएकी थिइन् । तिवारी १ हजार ९ सय ४४ मतान्तरले विजयी भएका थिए ।

गाउँपालिका अध्यक्ष बनेपछि सेवा प्रवाह, योजना कार्यान्वयन, बजेट व्यवस्थापन, प्रशासनिक क्षमता, पारदर्शिता र जवाफदेहिताका क्षेत्रमा काम गरेको तिवारीको दाबी छ । धार्मिक पर्यटन, रोजगारी र उद्यमशीलतालाई जोड दिँदै अर्जुनचौपारीमा देशकै पहिलो नवग्रह मन्दिर निर्माणसमेत गरिएको छ ।

स्थानीय तहमा नयाँ अभ्यास र नवप्रवर्तनका लागि तिवारीले जेसीआई नेपालबाट युवा पुरस्कार पाएका छन् । २०२५ मा उनलाई ‘४० अन्डर ४०’ प्रभावशाली युवाको सूचीमा समेत समेटिएको थियो ।

राजनीतिमा सक्रिय हुनुअघि व्यवसायमा संलग्न तिवारीले काठमाडौं विश्वविद्यालयबाट बीबीए र भारतीय दूतावासको छात्रवृत्तिमा एमबीए अध्ययन गरेका छन् । २० वर्षको उमेरमै कांग्रेसको क्रियाशील सदस्य बनेका उनी उद्यमी नेपालका संस्थापक अध्यक्षसमेत भएका थिए । विभिन्न वित्तीय तथा व्यावसायिक संस्थाको सञ्चालक र नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न समितिमा रहेर पनि उनले काम गरेका छन् ।

कांग्रेसको उद्योग तथा वाणिज्य विभागको केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी सम्हालेका तिवारी १४औँ महाधिवेशनमा स्याङ्जा क्षेत्र नम्बर १ ‘ख’ को प्रदेश सभापतिमा निर्वाचित भएका थिए । १५औँ महाधिवेशनको तयारीका लागि कांग्रेसले गठन गरेको निर्वाचन ब्युरोमा पनि उनलाई सदस्यको जिम्मेवारी दिइएको थियो ।

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक एजेन्डाबारे पनि निर्णय गर्नेछ । गत वर्षको जेनजी आन्दोलनपछि राजनीतिमा युवाको भूमिकाबारे बहस बढिरहेका बेला कांग्रेस महाधिवेशनमा पनि युवा नेताहरूको सहभागिता र दाबीलाई चासोका साथ हेरिएको छ ।

तिवारीले स्थानीय तहको नेतृत्वबाट प्राप्त अनुभवलाई पार्टी संगठन र नीति निर्माणको केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews