Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
ShareTweetSend

दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विशेष सुरक्षा योजना लागू गरेको छ ।

चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, कालोबजारी, ठगी तथा सवारी दुर्घटना नियन्त्रण गर्न जिल्लाका ३४ प्रहरी युनिटमा कार्यरत ट्राफिकसहित ४२५ प्रहरी परिचालन गरिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार चाडपर्व अवधिभर नियमित गस्ती, पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन र आवश्यकताअनुसार तत्काल परिचालन हुने द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) तयारी अवस्थामा राखिनेछ ।

बजार, मुख्य सडक, संवेदनशील क्षेत्र, धार्मिक तथा पर्यटकीय स्थल र जिल्ला प्रवेश नाकामा निगरानी बढाइने उनले बताए ।

चाडपर्वका बेला जुवातास, लङ्गुरबुर्जा, पटका तथा विस्फोटक पदार्थको ओसारपसार र प्रयोग, अवैध मदिरा तथा लागुऔषधको कारोबार नियन्त्रणमा समेत प्रहरीले विशेष निगरानी गर्नेछ । जबर्जस्ती चन्दा असुली, चोरी, लुटपाट, पाकेटमारी र अन्य आपराधिक गतिविधि रोक्न प्रहरी परिचालन बढाइनेछ ।

जिल्लाका बसपार्क तथा मुख्य बजार क्षेत्रमा यात्रु सहायता कक्ष सञ्चालन गरी यात्रुलाई सहयोग गर्ने, तोकिएकोभन्दा बढी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि निगरानी गर्ने योजना छ ।

सिद्धार्थ राजमार्गसहित मुख्य सडक र भित्री सडकमा ट्राफिक जाँच तथा गस्ती बढाइनेछ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा गाडी चलाउने र क्षमताभन्दा बढी यात्रु राख्ने कार्य नियन्त्रण गरिने प्रहरीले जनाएको छ ।

स्याङ्जा बसपार्क, वालिङ र गल्याङमा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ । बैंक तथा वित्तीय संस्था र सुनचाँदी पसल रहेका क्षेत्रमा नियमित गस्ती र सादा पोसाकका प्रहरी परिचालन गरिनेछ । जिल्लाका प्रमुख नाका तथा चेकजाँचस्थलमा निगरानी बढाउनुका साथै आवश्यकताअनुसार ट्राफिक प्रहरीसहित संयुक्त जाँच गरिनेछ ।

चाडपर्वमा घरधनी बाहिर जाने अवस्थालाई ध्यानमा राख्दै खाली घर तथा बजार क्षेत्रमा सुरक्षा निगरानी बढाइनेछ । महिला, बालबालिका र ज्येष्ठ नागरिकविरुद्ध हुन सक्ने अपराध रोकथाम, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र पर्यटकीय स्थलको सुरक्षा पनि योजनामा समेटिएको छ ।

सम्भावित खाद्यवस्तुको कृत्रिम अभाव, कालोबजारी र म्याद गुज्रिएका वा गुणस्तरहीन सामानको बिक्री नियन्त्रण गर्न जिल्ला प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले चाडपर्वलाई सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरी परिचालनसँगै नागरिकको सहयोग पनि आवश्यक रहेको बताए । उनले घर छाडेर बाहिर जाँदा ढोका राम्रोसँग बन्द गर्न, बहुमूल्य सामान सुरक्षित राख्न र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।

अनलाइन ठगीबाट जोगिन अपरिचित व्यक्ति वा लिंकमा विश्वास नगर्न, ओटीपी, पासवर्ड, पिन तथा बैंकिङ विवरण अरूलाई नदिन र सामाजिक सञ्जालमार्फत हुने ठगीप्रति सचेत रहन पनि प्रहरीले अनुरोध गरेको छ ।

पटका तथा विस्फोटक पदार्थ प्रयोग नगर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र ट्राफिक नियम पालना गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

कुनै शंकास्पद गतिविधि वा आपराधिक घटना देखिएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन नम्बर १०० मा जानकारी गराउन सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
Breaking 1

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
Main News 1

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 8 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews