नेपाली गीत–संगीतप्रति निरन्तर सक्रिय रहँदै आएका काशी भण्डारीको नयाँ गीत ‘देशै पियरो’ सार्वजनिक भएको छ।
प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र संगीतसँग जोडिँदै आएका भण्डारी यस गीतमार्फत दर्शक–श्रोतामाझ नयाँ सिर्जनासहित आएका हुन्।
गीतमा सरोज बिरही कार्की र काशी भण्डारीको सिर्जनात्मक सहभागिता रहेको छ। मिलन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा काशी भण्डारीसहित कलाकारहरूको अभिनय देख्न सकिन्छ। गीतको भिडियोले नेपाली माटो, गाउँघर र देशप्रतिको आत्मीयतालाई प्रस्तुत गरेको छ।
हाल जापानमा रहेका काशी भण्डारीको सांगीतिक यात्रामा ‘देशै पियरो’ अर्को नयाँ प्रयासका रूपमा आएको छ। जापानमा रहेका नेपाली दर्शक–श्रोताले पनि यस गीतलाई विशेष चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।














