Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

लेकसाइडमा ‘स्ट्रीट फेस्टिवल’ सुरू, प्रहरीले ड्रोनबाट निगरानी गर्ने

पोखराको पर्यटन क्षेत्रको विकासका लागि मिलेर अघि बढ्नुपर्नेछ: मन्त्री गुरुङ

गण्डकी न्यूज गण्डकी न्यूज
2025 January 1 मा प्रकाशित
लेकसाइडमा ‘स्ट्रीट फेस्टिवल’ सुरू, प्रहरीले ड्रोनबाट निगरानी गर्ने

तस्वीर सौजन्यः युवराज श्रेष्ठ

ShareTweetSend

पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा शनिबारदेखि सडक महोत्सवको २६ औं संस्करण सुरु भएको छ ।

पोखरा रेष्टुरेन्ट एन्ड बार एसोसियशन अफ नेपाल (रेवान) पोखराको आयोजनामा भएको महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गरे ।

त्यसअघि, खहरे चोकदेखि कोमागाने पार्कसम्म साँस्कृतिक झाँकीसहित र्‍याली आयोजना भयो । जसमा विभिन्न जातजाति, ६० बढी आमा समूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितिमा झाँकीसहित र्‍यालीमा सहभागी भएको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । छिमेकी जिल्लाका प्रचलित नाचहरुले दर्शकको ध्यान खिचेको थियो ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ सुरु महोत्सव लोपोन्मुख कला संस्कृति, धर्म, जातजाति, मौलिक तथा रैथाने खाना एउटै थलोमा ल्याएर प्रवर्द्धन गर्ने माध्यम बनेको महोत्सव संयोजक भट्टराईले बताए ।

साथै, कृषि तथा हस्तकलालाई पनि प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ पोखरा सेरोफेरो तथा देशका विभिन्न स्थानमा उत्पादित कृषि उपज तथा सामाग्रीलाई बजारीकरण गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पोखराको पर्यटन क्षेत्रको विकासका लागि मिलेर अघि बढ्नुपर्नेछ: मन्त्री गुरुङ

मन्त्री गुरुङले पोखराको पर्यटन क्षेत्रको विकासका लागि मिलेर अघि बढ्नुपर्ने सुझाव दिए ।

‘अहिले नै बेलुन फेस्टिबल चलिरहेको छ । ड्रागन बोट हुदैछ । अनि सडक महोत्सव भइहाल्यो । यसरी ३ वटै महोत्सव एकै पटक किन गरेको?,’ उनले भने, ‘फरकफरक मितिमा गरेको भए तीनै पटक पर्यटक आउने, त्यती पटक नै व्यावसाय बढ्थ्यो । त्यही भएर पर्यटन प्रवद्र्धन हुने काम मिलेर गर्नुपर्‍यो । पर्यटनको विकासका लागि पोखरा एक छ भन्ने सन्देश दिनु जरुरी छ ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि धेरै काम बाँकी रहेको उनले बताए । विमानस्थल सञ्चालनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यायल, गृह मन्त्रालय अन्तर्गतको भिसा अनुमति कार्यालय, अर्थ मन्त्रालय अन्तर्गतको भन्सार अड्डा पोखरामा सञ्चालनका लागि आवाज उठाइरहेको उनले सुनाए । नागरिक उड्डयले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्यविधि छिट्टो बनाउनुपर्ने उनको जोड थियो ।

मन्त्री गुरुङले प्रदेशको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार र भौतिक संरचना बनाउनका लागि गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालयको ध्यानाकर्षण गराए । पोखरा आइटी पार्कका लागि उपउक्त भएकाले पार्क बनाउनका लागि पहल थाल्ने उनले सुनाए ।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा उद्योग मन्त्री मिललाल बस्याल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्या जिसी श्रेष्ठ, पोखरा महानगरका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्य, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगायतले सडक महोत्सव पोखराको ब्राण्ड बनिसकेकाले यसको स्तरवृद्धि र प्रभावकारी बनाउनका लागि साथ र सहयोग रहने बताएका थिए ।

ड्रोनबाट निगरानी

सडक महोत्सवमा नेपाल प्रहरीको टोलीले ड्रोनबाट निगरानी गर्ने भएको छ । प्रहरीले यो पटक सडकलाई महोत्सवलाई डिजिटल्ली रुपमा सुरक्षा दिन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । यस बाहेक ४० वटा सिसीक्यामेराबाट पनि सुरक्षाको काम गरिने उनले सुनाए ।

म्यानुअल्ली सुरक्षा अन्तर्गत ५ दिनको अवधिमा करिब २ हजार प्रहरी परिचालन हुने कास्की प्रहरी प्रमुख ओलियाले जानकारी दिए । सँगै शंकास्पद स्थानमा कुकुर प्रयोग गरेर सुरक्षा दिने योजना बनाएको उनले बताए ।

५ दिनसम्म चल्ने महोत्सवमा लेकसाइडका विभिन्न ४ स्थानमा स्टेज बनाएर विभिन्न झाँकी, लोकसंगीत देखि आधुनिक ब्यान्ड बाजा, नृत्यका साथै समसामयिक बिषयमा आधारित टक सो कार्यक्रम पनि आयोजना हुनेछ । सडकमै मनोरंजनात्मक खेलकुदहरु जस्तैः वेटर रेस, रस्साकसी, बोट रेस र विभिन्न रमाइल खेलहरु समावेश गरिएको छ । लेकसाइडको ३ किलोमिटर क्षेत्र अहिले दुलहीझै सिंगारिएको छ ।

महोत्सवको अवसरमा होटल संघ पोखराले २० प्रतिशत, टानले २५ प्रतिशत, प्याराग्लाईडिङमा १० प्रतिशत, रेष्टुरेन्टले १० प्रतिशत छुटको व्यवस्था गरेका छन । महोत्सव रेवान पोखराले आयोजना गरे पनि यो सम्पूर्ण पोखरेलीले अपनत्वमा गएको र अव पोखरा महानगरले पनि यसको अपनत्व लिएर अघि बढ्नुपर्ने आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
Breaking 1

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

by राम बहादुर रोकाहा
2026 February 1 मा प्रकाशित
फागुन २१ को तयारीमा एमाले स्याङ्जा : १५०१ सदस्यीय परिचालन संयन्त्र तयार
Breaking 1

फागुन २१ को तयारीमा एमाले स्याङ्जा : १५०१ सदस्यीय परिचालन संयन्त्र तयार

by राम बहादुर रोकाहा
2026 January 23 मा प्रकाशित
स्याङ्जामा एमालेका उम्मेदवार टुंगिए, क्षेत्र १ बाट गुरुङ र क्षेत्र २ बाट थापा चयन
Breaking 1

स्याङ्जामा एमालेका उम्मेदवार टुंगिए, क्षेत्र १ बाट गुरुङ र क्षेत्र २ बाट थापा चयन

by राम बहादुर रोकाहा
2026 January 18 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने
Breaking 1

स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने
Breaking 1

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
Breaking 1

छैटौं क्रसकन्ट्री दौडमा पनि नेपाली सेनाका धावक रावलको दबदबा, दोस्रो पटक पाए उपाधि

by राम बहादुर रोकाहा
2025 December 23 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

2026 February 1 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

2026 February 1 मा प्रकाशित
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

2026 February 1 मा प्रकाशित
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ

फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ

2026 January 31 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो

2026 January 31 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews