Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 September 20 मा प्रकाशित
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
ShareTweetSend

प्लास्टिक र धातुका भाँडाकुँडाले बजार ढाकिरहेका बेला स्याङ्जाको चापाकोटमा पुस्तौँदेखि बनाइँदै आएको काठे ठेकीले भने फेरि बजार पाउन थालेको छ । कुनै समय गाउँघरमा दही–मोही राख्न अनिवार्यजस्तै मानिने ठेकी अहिले स्याङ्जाबाहिरका बजार हुँदै विदेशमा रहेका नेपालीका घरसम्म पुग्न थालेको छ ।

चापाकोट नगरपालिका–९ बैडीका लिलबहादुर चुँदारा ५२ वर्षदेखि काठका भाँडाकुँडा बनाउँदै आएका छन् । बाउबाजेले गर्दै आएको सीपलाई निरन्तरता दिँदै उनले ठेकीसँगै ठेको, गौवा, ढेउवा, मानोलगायत सामग्री बनाइरहेका छन् ।

लामो समय यही काममा बिताएका लिलबहादुरका लागि प्रविधिको परिवर्तनले काम गर्ने तरिका पनि बदलिदिएको छ । पहिले परम्परागत औजारको प्रयोगबाटै काठका सामग्री बनाउने उनी अहिले विद्युतीय उपकरणको समेत प्रयोग गर्छन् । काठ काट्नेदेखि त्यसलाई आकार दिने र अन्तिम रूप दिनेसम्म प्रविधिको प्रयोगले काम पहिलेभन्दा सहज भएको उनको अनुभव छ ।

तर सीप जोगाउने जनशक्ति भने घट्दै गएको छ । युवापुस्तामा विदेश जाने क्रम बढेसँगै काठका भाँडाकुँडा बनाउने काम सिक्ने र यसैलाई पेसा बनाउनेको संख्या कम भएको लिलबहादुर बताउँछन् । तत्काल आम्दानी नहुने भएकाले पनि नयाँ पुस्ता यसतर्फ आकर्षित हुन नसकेको उनको भनाइ छ ।

यद्यपि पुरानो सीपबाट तयार भएका सामग्रीको माग भने घटेको छैन । स्याङ्जाका विभिन्न ठाउँका साथै पाल्पा, गुल्मी र बुटवलसम्मका ग्राहक ठेकी किन्न चापाकोट पुग्ने गरेका छन् । कतिपय ग्राहक घरमै आएर पनि सामग्री खरिद गर्छन् ।

काठको ठेकीमा राखिएको दही र मोहीको स्वाद तथा गुणस्तर राम्रो हुने भएकाले यसको प्रयोग अझै कायम रहेको स्थानीय माधवप्रसाद लम्साल बताउँछन् ।

‘यसमा मोही, दही राम्रो हुन्छ । मोही राख्न पाइन्छ, गिल्टेकोमा त्यति राम्रो हुँदैन,’ लम्सालले भने, ‘प्लास्टिक त साँचै भन्ने हो भने प्रयोग नगरे पनि हुन्छ, काठकै ठीक हुन्छ ।’

गाउँघरमा दही र मोही राख्न ठेकी प्रयोग गर्ने चलन अझै रहेकाले काठका भाँडाको माग टिकिरहेको स्थानीयहरू बताउँछन् । प्लास्टिकका भाँडाकुँडा तुलनात्मक रूपमा सस्तो र सहजै उपलब्ध भए पनि मौलिक काठे सामग्रीप्रतिको आकर्षण पछिल्लो समय फेरि बढेको छ ।

सामाजिक सञ्जालले विदेश पुर्‍यायो
चापाकोटमा बनेका ठेकी पहिले आसपासका गाउँ र बजारमा सीमित थिए । पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट प्रचार हुन थालेपछि यसको पहुँच पनि बढेको छ ।

क्यानडा र अमेरिकालगायतका देशहरुमा जाने नेपालीहरूले समेत चापाकोटबाट ठेकी खरिद गरेर लैजान थालेका छन् । विदेशमा रहेका आफन्तका लागि गाउँबाट ठेकी पठाउने र आफैं विदेश जाँदा बोकेर लैजाने क्रम बढेको लिलबहादुर बताउँछन् ।

‘यो मौलिक सामान भएकाले बिक्री बढेको हो । विदेश जाने नेपालीहरूले पनि यहाँ राखिएको दही, मोही राम्रो हुने भएकाले बोकेर लैजानुहुन्छ,’ उनले भने, ‘अहिले पनि दुई–चार वटा बनाएर राखिदिनुस् भनेर माग आइरहेको छ ।’

हाल एउटा ठेकीको मूल्य ५ सयदेखि ५ हजार रुपैयाँसम्म पर्ने गरेको छ । ठेकीको आकार, बनोट र त्यसमा प्रयोग हुने काठअनुसार मूल्य फरक हुने गर्छ ।

सीप छ, सिक्ने पुस्ता घट्दै
चुँदारा समुदायले पुस्तौँदेखि जोगाउँदै आएको काठका भाँडाकुँडा बनाउने सीप अहिले बजारसँग जोडिन थाले पनि यसको संरक्षण चुनौतीमुक्त छैन । माग बढे पनि सीप हस्तान्तरण हुने पुस्ता घट्दै जाँदा परम्परागत ज्ञान हराउने जोखिम कायमै छ ।

युवापुस्तालाई काठका सामग्री बनाउने सीप सिकाउने, उत्पादनमा आधुनिक प्रविधिको प्रयोग बढाउने र बजार विस्तार गर्न सके यो परम्परागत पेसालाई आयआर्जनसँग जोड्न सकिने देखिन्छ ।

स्थानीयस्तरमा मात्रै सीमित नराखी यस्ता मौलिक उत्पादनको संरक्षण र प्रवर्द्धनमा स्थानीय तहसँगै प्रदेश र संघीय सरकारले पनि ध्यान दिनुपर्ने आवश्यकता छ । बजारको मागअनुसार उत्पादन र प्रचार गर्न सके चापाकोटको काठे ठेकी नेपाली मौलिकता र सांस्कृतिक पहिचान बोकेको उत्पादनका रूपमा देशबाहिरसम्म पुग्ने सम्भावना देखिन्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews