Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

शिक्षामन्त्री विद्या भट्टराई: त्रिविकी पूर्व उपप्राध्यापक ओली क्याबिनेटमा आशालाग्दो अनुहार

विरासतले सांसद, योग्यताले मन्त्री

गण्डकी न्यूज गण्डकी न्यूज
2024 July 15 मा प्रकाशित
शिक्षामन्त्री विद्या भट्टराई: त्रिविकी पूर्व उपप्राध्यापक ओली क्याबिनेटमा आशालाग्दो अनुहार
ShareTweetSend

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा एमाले सांसद विद्या भट्टराई नियुक्त भएकी छिन् । उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरिन् ।

५२ वर्षिया भट्टराई ६ वर्षअघि सम्म त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा कार्यरत थिईन् । श्रीमान तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री एवं कास्कीका एमाले नेता रविन्द्र अधिकारीको ताप्लेजुङ पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनी उपप्राध्यापकबाट राजीनामा गरेर राजनीतिमा सक्रिय भएकी थिईन् ।

२०७६ मा भएको उपनिर्वाचनमा भट्टराई कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसद् छिरेकी हुन् । २०७९ को निर्वाचनमा पनि उनी सोहि क्षेत्रबाट दोस्रो पटक निर्वाचित बनिन् ।

समाजशास्त्रमा स्नातककोत्तर मानवशास्त्रमा एमफिल सम्मको अध्ययन गरेकी उनी त्रिविमा समाजशास्त्रको उपप्राध्यापक थिईन । २०४६ साल देखि नै उनी एमालेमा आवद्ध थिईन् ।

२०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव, उपत्यका महिला कमिटी सचिव, ०६७ मा संघीय महिला विभाग सदस्य, ०७५ सम्म पार्टीको शिक्षा विभागमा रहेकी उनी पहिलोपटक मन्त्री बनेकी हुन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य भएर सक्रिय थिईन् ।

शिक्षा मन्त्रालयले लगातर दोस्रोपटक महिला शिक्षामन्त्री पाएको छ । यस अघि २०८० फागुन २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री थिईन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धन भत्किएर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि भट्टराई शिक्षामन्त्री बनेकी हुन् ।

विद्या भट्टराई को हुन् ?

काठमाडौँको चावहिलमा जन्मिएकी भट्टराईले पञ्चायतकाल किनारा लाग्दै गर्दा विद्यार्थी जीवनबाट राजनीति शुरू गरेकी थिइन्। कक्षा ९ मा अध्ययन गर्दा उनले विद्यालयमा पठनपाठन बन्द गर्न नमिल्ने भन्दै नारा लगाएकी थिइन्।

सिन्धुपाल्चोकको सिन्धु गाउँका प्रधानपञ्च र राष्ट्रिय पञ्चायतका सदस्य रहेका उनका बुवा हेमराजबाट विद्यार्थी राजनीतिमा लाग्न उनलाई प्रेरणा मिलेको थियो। २०४६ सालमा बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस भर्ना भएपछि अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्य भएकी थिइन् उनी। २०५१ सालमा उनी अनेरास्ववियुको महिला विभाग प्रमुख पनि भइन्।

२०५५ सालमा पुग्दा उनी अनेरास्ववियुको केन्द्रीय सचिवसमेत बनेकी थिइन्। भट्टराईले राजनीतिमा आफू स्थापित भएर महिलाका लागि पनि यो क्षेत्र उपयुक्त छ भन्ने सन्देश दिन चाहेकी थिइन्। तर विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला २०५६ असार २६ मा उनको विवाह रवीन्द्र अधिकारीसँग भयो।

विवाहपछि उनले आफूलाई भन्दा पनि रवीन्द्रलाई स्थापित गर्न भूमिका खेल्नुपर्ने भयो। यद्यपि उनले विभिन्न चुनौती सामना गर्दै अध्ययनलाई निरन्तरता दिइन्।

रवीन्द्रले राजनीतिमा आफ्नो हैसियत बलियो बनाउँदै गर्दा उनले समाजशास्त्रमा एमए र मानवशास्त्रमा एमफिलसम्मको अध्ययन पूरा गरिन्। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको उपप्रध्यापक बन्न सफल भइन्। त्यसअघि उनले कहिले काठमाडौँ त कहिले पोखराका सामुदायिक क्याम्पसहरूमा पनि पढाएर परिवारका लागि खर्च जुटाएकी थिइन्।

त्यो बीचमा उनले पार्टी भने कहिल्यै छोडिनन्। पार्टीको कुनै न कुनै भूमिकामा रहेर काम गरेको अनुभव उनीसँग छ। एमालेको उपत्यका महिला कमिटी सचिव रहेकी उनी २०६७ सालमा संघीय महिला विभागको सदस्य बनेकी थिइन्। २०७५ सालसम्म पार्टीको शिक्षा विभागमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ।

२०७५ फागुन १५ को एउटा दुखद् घटनाले उनलाई फेरि राजनीतिमा फर्काएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बेला उनका श्रीमान् रवीन्द्रको ताप्लेजुङको पाथीभरा नजिकै हेलिकप्टर दुर्घटनामा परी निधन भयो।

रवीन्द्रको निधनसँगै उनको विरासत धान्न भट्टराईलाई पुनः राजनीतिमा सक्रिय हुन पार्टी तथा उनका शुभचिन्तकहरूले सल्लाह दिए। यसै पनि राजनीतिमा सक्रिय रहने उनको सपना अधुरै थियो। पार्टीले उनलाई पत्यायो। २०७६ मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. २ बाट उठेकी उनले २४ हजार ३९४ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई हराइन्।

२०७९ मंसिरको निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट उनले निकटतम राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गरेकी थिइन्। काँग्रेस माओवादी गठबन्धनका नेकपा एसका उम्मेदवार श्रीनाथ बराल तस्राे स्थानमा खुम्चिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित
Breaking 1

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
Breaking 1

ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
Breaking 1

फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड

by राम बहादुर रोकाहा
2026 August 2 मा प्रकाशित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
Breaking 1

पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी
Breaking 1

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप
Breaking 1

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

७६ वर्षीया महिलामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

2026 August 11 मा प्रकाशित
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत

स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत

2026 August 11 मा प्रकाशित
खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला

खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला

2026 August 10 मा प्रकाशित

ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन

2026 August 9 मा प्रकाशित
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो

३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो

2026 August 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews