तनहुँ कारागारबाट फरार भएका एक कैदीलाई स्याङ्जामा प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते जेनजी आन्दोलनकै बीच भागेका पुतलीबजार नगरपालिका –९ का २६ वर्षीय ईश्वर दर्जी सोमबार पक्राउ परेका हुन् ।
ज्यान सम्बन्धी मुद्दामा सजाय भोग्दै आएका दर्जीलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका दर्जीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः स्याङ्जा जिल्ला कारागारमा पठाइएको छ ।














