स्याङ्जाको वालिङ नगरपालिकाले मंसिर १९ गते सडक खाना महोत्सवको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
नगरप्रमुख कृष्ण खाँणले विज्ञप्तिमार्फत महोत्सवलाई भव्य र सहभागीमूलक बनाउनका लागि स्थानीय तहका सबै सरकारी तथा गैर–सरकारी संस्थामा बिदा दिने निर्णय गरिएको जनाएका छन् ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार महोत्सवको दिन सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य सार्वजनिक संघ–संस्थाहरू पूर्ण रूपमा बन्द रहनेछन् ।
वालिङले पहिलोपटक आयोजना गरेको सडक खाना महोत्सवलाई सफल बनाउने उद्देश्यसहित बिदा घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
वालिङ् स्थित पतञ्जलि योगपीठदेखि सुर्कौदी पुलसम्म फैलिने आँधीखोला करिडोर क्षेत्रमा बुधबारदेखि महोत्सव सञ्चालित छ ।














