Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अमेरिका गएर हराए वडा अध्यक्ष, दुई वर्षदेखि कार्यवाहककै भरमा पुतलीबजार -४

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 November 29 मा प्रकाशित
अमेरिका गएर हराए वडा अध्यक्ष, दुई वर्षदेखि कार्यवाहककै भरमा पुतलीबजार -४
ShareTweetSend

स्याङ्जाको पुतलीबजार नगरपालिका -४ का वडा अध्यक्ष शिव बहादुर थापा २०८० भदौ १५ गते स्वास्थ्य उपचारका लागि अन्यत्र देशमा जाने बताउँदै वडा सदस्य लिलावती पौडेललाई कार्यवाहकको जिम्मेवारी दिएर हराएका छन् । वडा अध्यक्ष थापा दुई वर्ष बित्दासमेत फर्किएका छैनन् ।

महिला वडा सदस्य लिलावती पौडेलले सुरुमा उपचारका लागि बाहिर जाने कारण बताइएकोले २०८० भदौ १५ गतेदेखि कार्यवाहक सम्हालिन् । तर केही दिनमै थापा अमेरिका पुगे । “स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने भएकाले वडा अध्यक्षको जिम्मेवारी मलाई दिनुभयो,” पौडेलले भनिन्, “तर केही समयपछि गाउँमै अमेरिका पुगेको हल्ला चल्यो ।”

पौडेलले अधिकांश जिम्मेवारी आफ्नै काँधमा परेको र नबुझेका विषय पनि आइरहेको बताउँदै यसबारे कानुनी सल्लाहकारसँग बुझ्दा वडा अध्यक्षजस्तो अधिकार नहुने भन्ने बताइन् ।

पौडेलले भनिन्, “कार्यवाहकलाई पनि अर्को कार्यवाहक दिनुपर्ने स्थिति पर्नु रमाइलो होइन रहेछ । कहिलेकाहीँ व्यक्तिगत वा घरायसी कारणले केही समय बस्नुपरे पनि जनताको काम रोकिएला कि भन्ने चिन्ता बढ्छ । त्यसमाथि म त वडा नै कहिल्यै छोडेर गएको पनि छैन ।”

थापा वडा सदस्य लिलावती पौडेललाई कार्यवाहक वडा अध्यक्ष भई दैनिक कार्यसम्पादन गर्न अधिकार प्रत्यायोजन गरेलगत्तै पालिकाको नियमित कामकाजमा अनुपस्थित छन् । यस विषयमा नगरपालिका प्रमुख तुलसीराम रेग्मीले, थापा कहाँ छन् भन्ने आफूलाई समेत जानकारी नभएको बताउँछन् ।

तर, थापा अमेरिका पुगेपछि पनि उनको नेपालस्थित बैंक खातामा सेवासुविधा जम्मा भएको तथ्य बाहिर आएको छ । नगरपालिकाले २०८० भदौदेखि २०८१ असार महिनासम्मको अवधिभित्र यातायात, पत्रपत्रिका, मोबाइल रिचार्ज, अतिथि सत्कार, समन्वय सहजीकरण, बैठक तथा अनुगमन लगायतमा कूल २ लाख ७६ हजार १९० रुपैयाँ भुक्तानी गरेको हो ।

पुतलीबजारका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले आफू कार्यालयमा हाजिर हुन आएसङ्गै वडा अध्यक्ष थापा नगरको सम्पर्कमा नरहेको थाहा पाएपछि २०८१ साउनदेखि नै उनको सेवासुविधा रोकिएको जानकारी दिए । वडा अध्यक्ष थापाको खातामा यसअघि गएको रकम महालेखाले बेरुजु देखाएपछि पालिकाको खातामा फिर्ता आएको प्रमुख प्रशासकीय ढुङ्गानाले बताए । ढुङ्गाना २०८१ असोज २१ गतेदेखि कार्यालय प्रमुखको जिम्मेवारीमा आएका थिए । उनी हालसम्म कार्यरत छन् ।

थापा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली काङ्ग्रेसका नगर सभापति सुरज कुमार अधिकारीले थापाले पार्टीलाई कुनै पनि जानकारी नदिई अमेरिकातिर गएको बताए । उनका अनुसार, थापा हालसम्म पनि पार्टिको सम्पर्कमा आएका छैनन् । नगर सभापति अधिकारीले थापा नगर कमिटीदेखि पार्टीको कुनै औपचारिक पदमा नरहेको पनि स्पष्ट पारे ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी
Breaking 1

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

by राम बहादुर रोकाहा
2026 March 10 मा प्रकाशित
प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो
Breaking 2

प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

by राम बहादुर रोकाहा
2026 March 10 मा प्रकाशित
भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित
Main News 1

भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित

by राम बहादुर रोकाहा
2026 March 10 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Main News 1

मतदानको मौकामा लुकेर आएका फरार कसूरदार स्याङ्जामा पक्राउ

by राम बहादुर रोकाहा
2026 March 10 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
Main News 1

स्याङ्जाका दुई क्षेत्रमा १८ उम्मेदवारको जमानत जफत

by राम बहादुर रोकाहा
2026 March 9 मा प्रकाशित
स्याङ्जामा पाँच हजारभन्दा बढी मत बदर
Main News 1

स्याङ्जामा पाँच हजारभन्दा बढी मत बदर

by राम बहादुर रोकाहा
2026 March 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

2026 March 10 मा प्रकाशित
प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

2026 March 10 मा प्रकाशित
भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित

भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित

2026 March 10 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

मतदानको मौकामा लुकेर आएका फरार कसूरदार स्याङ्जामा पक्राउ

2026 March 10 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

स्याङ्जाका दुई क्षेत्रमा १८ उम्मेदवारको जमानत जफत

2026 March 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews