स्याङ्जा प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसार–पसारमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो करिब ११:४५ बजे पुतलीबजार नगरपालिका –३ पुतलीखेत र वडा नं. १० बर्जा क्षेत्रबाट ट्याक्टरहरू नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ग १ त ७०६३ नम्बरको ट्याक्टर पुतलीखेत, आँधिखोला नजिकै ढुङ्गा ओसार्दै गरेको अवस्थामा र ग १ त ६४४० नम्बरको ट्याक्टर बर्जा, सिद्धार्थ राजमार्गमा गिट्टीसहित फेला परेको हो ।
नियन्त्रणमा लिइएका दुवै ट्याक्टरलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
प्रहरीले अवैध उत्खनन नियन्त्रण गर्नका लागि निगरानी कडा पारिएको बताएको छ ।














