अदालतबाट फैसला भई कैद तथा जरिवाना तिरेर नआएका दुई फरार दोषीलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको विशेष अप्रेसन टोलीले फरार रहेका दुई जना दोषीलाई सोमबार पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
पक्राउ पर्नेमा हरिनास गाउँपालिका –६ का ख्यामबहादुर राना र बिरुवा गाउँपालिका –४ का हिमाल गुरुङ रहेका छन् । रानालाई कर्तव्य ज्यान मुद्दामा २ वर्ष १० महिना १८ दिन कैद सजाय तोकिएको छ भने गुरुङले सार्वजनिक अपराध मुद्दामा तीन हजार रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई कैद भुक्तान र जरिवाना असुलका लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको छ ।
	    	
		    













