स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीमा प्रहरीले ठूलो परिमाणमा खैनी बरामद गरेको छ ।
२०८२ साल कात्तिक १५ गते राति करिब १:३० बजे अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा खैनी फेला पारेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
बुटवलबाट बागलुङतर्फ जाँदै गरेको ग १ क ५३८६ नम्बरको ट्रकमा BIJLI SPIT TOBACCO लेखिएको खैनी १३ कार्टुन (६४८० पिस) फेला परेको चौधरीले बताए । बरामद खैनीको मूल्य अन्दाजी दुई लाख तिरहत्तर हजार रुपैयाँ बराबर हुने बताइएको छ ।
बरामद सूर्तिजन्य पदार्थ आवश्यक अनुसन्धान र कारबाहीका लागि आइतबार भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।














