अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा स्याङ्जा प्रहरीले पुतलीबजार नगरपालिका –१०, राङखोलाबाट एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले आज बिहान करिब १० बजे ग १ त ६२४८ नम्बरको ट्याक्टरमार्फत गिट्टी जस्तो देखिने ग्रावेल ओसारपसार भइरहेको अवस्थामा फेला पारेको हो ।
सो ट्याक्टर तत्काल नियन्त्रणमा लिइएसँगै आवश्यक कानूनी प्रकृया अघि बढाइएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।
नदीजन्य पदार्थको अवैध दोहन तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले हाल कडाइ गरिएको छ ।