Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

चीन भ्रमणमा गण्डकीमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रदेश सरकारको प्रधानमन्त्रीसमक्ष प्रस्ताव

स्वास्थ्य मन्त्री पाठक पुगे सिंहदरबार

गण्डकी न्यूज गण्डकी न्यूज
2024 November 21 मा प्रकाशित
चीन भ्रमणमा गण्डकीमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रदेश सरकारको प्रधानमन्त्रीसमक्ष प्रस्ताव
ShareTweetSend

गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ ।

प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सिफारिससहितको उक्त प्रस्ताव आइतबार सङ्घ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेस गरेका हुन् ।

स्रोतसाधन र बजेटको अभावमा एक हजार शय्याको विशिष्टीकृत अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेकाले भौतिक पूर्वाधार निर्माण, शय्या, औँजार, उपकरणलगायतमा चीन सरकारको सहयोगको अपेक्षासहित उक्त प्रस्ताव गरिएको मन्त्री पाठकले बताए ।

“प्रदेश स्थापना भएपछि पहिलो प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा विशिष्टीकृत अस्पताल बनाउने निर्णय गरे पनि स्रोतको अभावमा उक्त काम अझैसम्म अगाडि बढ्न सकेको छैन”, उनले भने, “प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाका रुपमा यो अस्पताल समावेश भएर परियोजना कार्यान्वयन हुनसक्यो भने गण्डकी प्रदेशवासीले महत्वपूर्ण लाभ लिन सक्छन् ।”

मन्त्री पाठकले गण्डकी प्रदेश चीनको भू- भागसँग जोडिएको र हालै यसै प्रदेशमा पर्ने कोराला नाकामा अध्यागमन कार्यालयसमेत स्थापना भएको अवस्थामा द्विपक्षीय लगानी तथा सहयोग आदानप्रदानमा थप सहजता थपिएको उल्लेख गरे ।

“विशिष्टीकृत अस्पताल निर्माणमा गण्डकी प्रदेश सरकार र चीन सरकारबीच सहकार्य हुँदाको अवस्थामा दुवै देशका स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ता र विशेषज्ञका लागि अध्ययन तथा अनुसन्धानको अवसरसमेत सिर्जना हुन्छ”, उनले भने ।

उक्त अस्पताल स्थापना भएपछि क्यान्सर, मुटु, मिर्गौला रोग, जलन जस्ता जटिल स्वास्थ्य समस्यामा हुँदा सर्वसाधारणले प्रदेशमै गुणस्तरीय सेवा पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पतालमा एयर एम्बुलेन्ससहित आपतकालीन उद्धार सेवा उपलब्ध भई दुर्घटना तथा स्वास्थ्य विपद् व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ ।

प्रस्तावित उक्त अस्पतालबाट परम्परागत चिनियाँ उपचार, आयुर्वेद चिकित्सा जस्ता सेवासमेत उपलब्ध गराउने उद्देश्य लिइएको मन्त्री पाठकले बताए । पछिल्लो समय मुटु, मिर्गौला, क्यान्सर जस्ता रोगको बिरामीको सङ्ख्या बढ्दै गएकाले यी रोगको उपचारका लागि जिल्ला अस्पतालको रिफरल अस्पतालका रुपमा एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणको योजना अगाडि बढाइएको उनको भनाइ छ ।

मन्त्री पाठकले केही समयअघि प्रधानमन्त्री ओलीलाई भेटी कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको २०० रोपनी जग्गा सोही अस्पताल निर्माण प्रयोजनका लागि प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गरेका थिए।

प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा विशिष्टीकृत अस्पतालको योजना समेटिँदै आए पनि जग्गा र बजेट अभावका कारण कार्यान्वयनमा आउन सकेको छैन । “प्रधानमन्त्रीसमक्ष जग्गा व्यवस्थापनलगायत विभिन्न १२ वटा माग मन्त्रालयकातर्फबाट पेस गरिएको छ, प्रधानमन्त्रीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, उनले भने।

जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पताल अत्यावश्यक रहेको मन्त्री पाठकले बताए । स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम सुरु गरेको मन्त्री पाठकको भनाइ छ । स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उनले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी
अपराध/सुरक्षा

वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी

by राम बहादुर रोकाहा
2025 June 19 मा प्रकाशित
स्याङ्जामा रास्वपाका दुई नेतालाई काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
अपराध/सुरक्षा

स्याङ्जामा रास्वपाका दुई नेतालाई काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने

by गण्डकी न्यूज
2025 June 17 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबी र ट्याक्टर नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबी र ट्याक्टर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 June 16 मा प्रकाशित
स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा विभिन्न मुद्दाका फरार सात कसुरदार पक्राउ

by राम बहादुर रोकाहा
2025 June 16 मा प्रकाशित
वालिङ्मा `एक विद्यालय एक करेसाबारी´ अभियान
गण्डकी क्षेत्र

वालिङ्मा `एक विद्यालय एक करेसाबारी´ अभियान

by रासस
2025 June 16 मा प्रकाशित
स्याङ्जामा चट्याङ लागेर एकजना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा चट्याङ लागेर एकजना घाइते

by राम बहादुर रोकाहा
2025 June 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सुजल फुड्सद्वारा ‘व्याफी’ वेफर्स सार्वजनिक

सुजल फुड्सद्वारा ‘व्याफी’ वेफर्स सार्वजनिक

2025 June 19 मा प्रकाशित
वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी

वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी

2025 June 19 मा प्रकाशित
स्याङ्जामा रास्वपाका दुई नेतालाई काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने

स्याङ्जामा रास्वपाका दुई नेतालाई काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने

2025 June 17 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबी र ट्याक्टर नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबी र ट्याक्टर नियन्त्रणमा

2025 June 16 मा प्रकाशित
स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ

स्याङ्जामा विभिन्न मुद्दाका फरार सात कसुरदार पक्राउ

2025 June 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews