Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

रासस रासस
2025 July 4 मा प्रकाशित
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

सिञ्जालीको व्यावसायिक खुर्सानीखेती वालिङ (स्याङ्जा), २० असारः स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ किपटमा स्थानीय कृषक पृथ सिञ्जालीले गर्नुभएको व्यावसायिक अकबरे खुर्सानीखेती । गाउँपालिका र हेफर परियोजनाको सहयोगमा उहाँले १० रोपनी क्षेत्रफलमा आठ हजार बढी बेर्ना लगाउनुभएको छ । तस्बिरः तोलाकान्त बगाले÷रासस

ShareTweetSend

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरेका छन् ।

गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत गाउँपालिकाका सात वटै वडामा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको हो ।

बजार मूल्य र माग राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन गरी किसानको आर्थिकस्तर उकास्नका लागि अभियानले ठूलो महत्त्व राख्ने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

“कालीगण्डकी गाउँपालिकाभित्रका विभिन्न ठाउँमा ठूलो परिमाणमा अकबरे खुर्सानी उत्पादन हुँदैछ”, उनले भने, “कृषकले उत्पादन गरेको खुर्सानीको बजारीकरणको जिम्मेवारी गाउँपालिकाले नै लिनेछौँ । यसले किसानलाई व्यावसायिक रुपमा खुर्सानी उत्पादनमा लाग्न थप प्रेरित गर्नेछ ।”

प्रतिकेजी अकबरेको बजार मूल्य न्यूनतम २२५ रुपैयाँ निर्धारण गरिएको छ । उत्पादन भएको समयमा बजारमा चलेको मूल्यका आधारमा थप गरिने जनाइएको छ ।

परियोजनामार्फत पालिकाका विभिन्न पाँच स्थानका नर्सरीबाट बेर्ना उत्पादन गरी किसानलाई निःशुल्क उपलब्ध गराइएको परियोजनाका बजार सहजकर्ता मुक्ति पाण्डेले जानकारी दिए । समग्रमा एक लाख ८३ हजार ३०० वटा बेर्ना १३० भन्दा बढी किसानलाई निःशुल्क वितरण गरिएको उनले बताए । “यहाँका कृषकलाई निःशुल्क रुपमा बेर्ना, मल्चिङ प्लास्टिक र निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराएका छौँ”, सहजकर्ता पाण्डेले भने, “भर्खरै–भर्खरै कृषकले बेर्ना लगाउनुभएको छ, आगामी दसैँसम्ममा उत्पादन लिन सकिन्छ ।”

कालीगण्डकी –१ किपटका पृथ सिञ्जाली मगरले यसपटक १० रोपनी क्षेत्रफलमा आठ हजार अकबरेका बेर्ना लगाएको बताए । गाउँपालिकाबाट बेर्ना, मल्चिङ प्लास्टिक र प्राविधिक सहयोग निःशुल्क पाएपछि व्यावसायिक खेती सुरु गरेको उनको भनाइ छ ।

“सिंचाइका लागि पर्याप्त पानीको सुविधा नभए पनि यहाँ ठूला बारीका पाट छन्”, उनले भने, “बाउबाजेको पालादेखि नै रैथाने बाली तथा मुख्यगरी मकै लगाइँदै आएको भए पनि यसपटक व्यावसायिक रूपमा अकबरेखेती सुरु गरेको हुँ ।”

अकबरे खुर्सानीको बजार मूल्य राम्रो रहेको र उत्पादन पनि छिटो हुने भएकाले मकैखेतीलाई विस्थापित गरी अकबरेको व्यावसायिक खेती सुरु गरेको सिञ्जाली मगरले बताए । विगतमा घरायसी प्रयोजनका लागि लगाइएको अकबरे खुर्सानीको उत्पादन राम्रो भएकाले पनि व्यावसायिक उत्पादनका लागि सहज भएको उनको धारणा छ ।

“हामीले उत्पादन गरेको खुर्सानीको अहिले नै न्यूनतम मूल्य तोकिएको छ भने बजारीकरण पनि गाउँपालिकाले गरिदिने भएपछि बजार खोज्नुपर्ने झन्झट कृषकलाई नहुने भो । त्यसैले पनि हामी उत्साहित छौँ”, सिञ्जाली मगरको भनाइ छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च
अर्थ/व्यापार

स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च

by राम बहादुर रोकाहा
2025 July 11 मा प्रकाशित
गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा
गण्डकी क्षेत्र

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

by गण्डकी न्यूज
2025 July 10 मा प्रकाशित
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
अपराध/सुरक्षा

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

by राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने
कला/साहित्य

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

by गण्डकी न्यूज
2025 July 9 मा प्रकाशित
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत
कृषि

स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

by राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी
गण्डकी क्षेत्र

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

by रासस
2025 July 8 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च

स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च

2025 July 11 मा प्रकाशित
गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

2025 July 10 मा प्रकाशित
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

2025 July 9 मा प्रकाशित
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

2025 July 9 मा प्रकाशित
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

2025 July 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews