Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 July 3 मा प्रकाशित
स्याङ्जा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
ShareTweetSend

स्याङ्जा जिल्लाका ११ वटै स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका ११ वटा स्थानीय तह रहेको स्याङ्जामा १६ महिनादेखि २३ महिनासम्मका दुई हजार सात सय ४६ जना सबै बालबालिकाले पूर्ण खोपको मात्रा पूरा गरेसँगै बिहीबार एक समारोहका बीचमा स्याङ्जालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरिएको हो । पुतलीबजार नगरपालिकाले सुरु गरेको पूर्ण खोप सुनिश्चितता घोषणा पश्चात् चापाकोट नगरपालिकाले अन्त्यमा घोषणा गरेसङ्गै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणाका लागि बाटो खुल्ला भएको थियो ।

‘‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्री पाठकले खोप कार्यक्रम तीनै तहको सरकारको प्राथामिकताको विषय रहेको बताए । खोपको माध्यमबाट बाल मृत्युदर न्यूनीकरण गर्न बालबालिकालाई सुरक्षित बनाउन सकिने हुँदा पूर्ण खोप घोषणा मात्रै नभई यसको दिगोपनाका लागि सबैको सहकार्य र समवन्य हुनुपर्ने बताए । प्रदेश सरकारले स्वास्थ्यलाई प्रथामिकतामा राखेर काम गरिएको भन्दै उनले आफू स्वास्थ्य मन्त्री भएपछि नीतिगत, कानुनी र सस्थांगत सुधारको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी समेत गरे ।

स्वास्थ्य मन्त्री पाठकले स्वास्थ्य क्षेत्रमा परिवर्तनका लागि सबै अस्पतालहरुको स्तरोन्नतीसङगै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा समेत स्वास्थ्य सेवा थप बिस्तार गर्ने बताए ।

जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा कार्यक्रममा पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र स्याङ्जाले प्राप्त गरेसङ्गै जिल्लामा कुनै पनि अवस्था र परिस्थितिमा कुनैपनी बालबालिकालाई कुनैपनि खोप लिनबाट बन्चित नरहेको मान्न सकिने जिल्ला खोप समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटिले बताए ।

स्याङ्जास्थित पुतलीबजार नगरपालिकाका ५२३ जना, भीरकोट नगरपालिकाका २५३ जना, हरिनास गाउँपालिकाका १३१ जना, बिरुवा गाउँपालिकाका ८६ जना, गल्याङ नगरपालिकाका ३२३ जना, आँधीखोला गाउँपालिकाका १४६ जना, अर्जुनचौपारी गाउँपालिकाका १५७ जना, वालिङ् नगरपालिकाका ६२० जना, फेदीखोला गाउँपालिकाका ११४ जना, कालीगण्डकी गाउँपालिकाका २०५ जना र चापाकोट नगरपालिकाका १८८ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेको प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिए ।

पूर्ण खोप कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बाल मृत्युदर तथा अपाङ्गताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ । जन्मपश्चात् तोकिएका उमेर समूहका बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानिज इन्सेफ्लाइटिस, रुवेला, झाडापखाला, टाइफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने खोपको सबै मात्रा पाएको चापागाईंले बताए । घरधुरी सर्वेक्षणमा खोप कार्ड नभएका बालबालिकालाई पनि खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख चापागाईंले बताए ।

पूर्ण खोप सुनिश्चितता र दिगोपनाको रणनीति अनुरुप खोज र खोप कार्यक्रमअन्तर्गत वर्षमा एक पटक घरधुरी सर्वेक्षण गर्ने प्रावधान छ । सोहि अनुसार चालू आर्थिक वर्षको पूर्ण खोप सुनिश्चितता प्रमाणिकरण गरी पालिका स्तरमा घोषणा भएसँगै सिङ्गो जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु अतुलनीय भूमिका निर्वाह गर्ने उत्कृष्ट खोपकार्यकर्ताहरुलाई नगदसहित सम्मान पत्रले, स्वास्थ्य संस्थाहरुलाई नगदसहित प्रशंसा पत्रले र स्थानीय तह पालिकाहरुलाई नगदसहित कदरपत्रले सम्मान गरिएको थियो ।

२०७५ असार ३१ गते स्याङ्जा जिल्लालाई पहिलोपटक पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको र हालका दिनसम्म उक्त कार्यलाई निरन्तरता दिई पूर्ण खोप सुनिश्चित गरी दिगोपना कायम राख्ने कुरामा सम्पूर्ण सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहभागिहरुले अगामी दिनमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धताका साथ हस्ताक्षर गरेका थिए ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जिटिको अध्यक्षता सम्पन्न स्याङ्जा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, गण्डकी प्रदेश पूर्वमन्त्री सीता सुन्दास, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्वबन्धु बगाले, भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य, कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोख्रेल, खोपकार्यकर्तालगायतले मन्तव्य व्यक्त गरेका थिए भने स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाईंले स्वागत मन्तव्य र संचालन स्वास्थ्यकर्मी मित्र प्रसाद अर्यालले गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी
गण्डकी क्षेत्र

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण
गण्डकी क्षेत्र

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट
Breaking 1

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
Breaking 2

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान
Main News 1

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
गण्डकी क्षेत्र

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 June 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

2026 June 27 मा प्रकाशित
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

2026 June 27 मा प्रकाशित
स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

2026 June 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews