Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान

काँग्रेस एमाले सहमति बमोजिम केपी ओली प्रधानमन्त्री बन्ने बाटो खुल्यो

गण्डकी न्यूज गण्डकी न्यूज
2024 July 12 मा प्रकाशित
राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान
ShareTweetSend

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम २०८१ असार ३० गते आइतबार साँझ ५ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् ।

शुक्रबार प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानूनविद्‌हरुसँग छलफल गरेका थिए ।

संविधानको धारा ७६ (२) वा (३)मध्ये कुन उपधारा बमोजिम नयाँ सरकार गठन हुने भन्ने विषयमा बहसका बीच राष्ट्रपति पौडेलले संविधानविद्‌हरुसमेतको परामर्शमा संविधानको धारा ७६ (२) बमोजिमकै सरकार गठनका लागि आह्वान गरेका हुन् ।

संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

यसअघि दाहाल ०७९ पुस १० गते यही उपधाराको व्यवस्थाबमोजिम प्रधानमन्त्री नियुक्त भएका थिए ।

अर्को सरकार गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेका छन् ।

राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोकेको उल्लेख छ ।

‘प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राखेको विश्वासको मतसम्बन्धीको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा सङ्घीय संसद् प्रतिनिधिसभा सभामुखको यही असार २८ गतेको पत्र प्राप्त हुन आएकाले संविधानबमोजिम यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोक्नुभएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि लगत्तै राष्ट्रपति पौडेललाई भेटेर त्यसबारे जानकारी गराएका थिए । प्रचण्ड शुक्रबारै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोडेर खुमलटारस्थित निजी निवास सरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर फैसला पूर्णपाठ
Breaking 2

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर फैसला पूर्णपाठ

by रञ्जन अधिकारी
2025 July 3 मा प्रकाशित
गण्डकी प्रदेश प्रमुख भट्टसहित सातै प्रदेश प्रमुखहरूको राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट
Main News 1

गण्डकी प्रदेश प्रमुख भट्टसहित सातै प्रदेश प्रमुखहरूको राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

by गण्डकी न्यूज
2025 July 3 मा प्रकाशित
सेभियामा आयोजित साइड इभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व
अन्तर्राष्ट्रिय

सेभियामा आयोजित साइड इभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व

by राज किरण छत्कुली
2025 July 2 मा प्रकाशित
राइड सेयरिङ स्थगन नगर्नु, सार्वजनिक यातायातमा बन्द हड्ताल नगर्नु :सर्वोच्च अदालत
देश

राइड सेयरिङ स्थगन नगर्नु, सार्वजनिक यातायातमा बन्द हड्ताल नगर्नु :सर्वोच्च अदालत

by गण्डकी न्यूज
2025 June 28 मा प्रकाशित
१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे
Breaking 2

१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे

by रञ्जन अधिकारी
2025 June 27 मा प्रकाशित
सुजल फुड्सद्वारा ‘व्याफी’ वेफर्स सार्वजनिक
अर्थ/व्यापार

सुजल फुड्सद्वारा ‘व्याफी’ वेफर्स सार्वजनिक

by गण्डकी न्यूज
2025 June 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

2025 July 5 मा प्रकाशित
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

2025 July 5 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

सुन चोरीको आरोपमा दुईजना पक्राउ

2025 July 5 मा प्रकाशित
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

2025 July 4 मा प्रकाशित
वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

2025 July 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews