Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 23 मा प्रकाशित
कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन
ShareTweetSend

भौगोलिक रूपमा सदरमुकामदेखि टाढा रहेको पश्चिम स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा निर्माणाधीन अस्पतालको काम सुस्त गतिमा अघि बढ्दा स्थानीयवासी निराश बनेका छन् ।

संघीय सरकार र गाउँपालिकाको साझेदारीमा करिब २२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको कालीगण्डकी अस्पताल निर्धारित समयमा सम्पन्न हुन नसक्दा स्थानीयले सहज स्वास्थ्य सेवा पाउन अझै पर्खनुपर्ने भएको छ ।

२०७९ सालमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आर एन्ड सी एस–बेकन जेभीले अस्पताल भवन निर्माणको जिम्मा लिएको थियो । तर सम्झौताअनुसारको अवधि सकिइसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

निर्माण कम्पनीका इन्जिनियर राहुल बैद्यका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीका कारण स्थानीयस्तरमा दक्ष जनशक्तिको अभाव हुँदा निर्माण कार्य प्रभावित भएको छ । कामदार व्यवस्थापनमा देखिएको समस्याका कारण निर्माणले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ ।

नयाँ अस्पताल निर्माण सम्पन्न भएपछि स्याङ्जाका साथै छिमेकी जिल्ला गुल्मी र पर्वतका नागरिकले समेत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ । हाल भने अस्पतालले सानो र साँघुरो भवनबाट सेवा दिँदै आएको छ ।

स्थानीयवासीले करोडौं रुपैयाँ लगानी भएर पनि अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा चिन्ता बढेको बताएका छन् । गाउँमै भरपर्दो स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षासहित सुरु गरिएको आयोजना समयमै सम्पन्न नहुँदा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कायमै रहने उनीहरूको भनाइ छ ।

अस्पताल निर्माणका क्रममा करिब १२ घरधुरीको जग्गा तथा संरचना प्रभावित भएको विषय पनि निर्माणको चुनौती बनेको छ । जग्गासम्बन्धी समस्या र अन्य अवरोधका कारण कामले अपेक्षित गति लिन नसकेको बताइएको छ ।

कालीगण्डकी गाउँपालिका–७ का वडा अध्यक्ष उमप्रसाद भट्टराईले नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण थालिए पनि विभिन्न कारणले काममा ढिलाइ भइरहेको बताए ।

उनले जग्गासम्बन्धी विवादलगायत निर्माणका क्रममा देखिएका समस्या समाधान गरेर कामलाई गति दिनुपर्ने आवश्यकता रहेको बताए । गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भए पाल्पा, पोखरा तथा अन्य सहरमा उपचारका लागि धाउनुपर्ने बाध्यता कम हुने उनको भनाइ छ ।

निर्माणाधीन अस्पतालको काम समयमै पूरा गर्न नसके करोडौं रुपैयाँको लगानी र स्थानीयको अपेक्षा दुवै प्रभावित हुने देखिन्छ । नयाँ भवन सम्पन्न भएपछि पुरानो र साँघुरो संरचनाबाट सञ्चालन भइरहेको अस्पताललाई नयाँ भवनमा स्थानान्तरण गरी थप सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिनेछ ।

त्यसका लागि जग्गासम्बन्धी विवाद र निर्माणमा देखिएका अन्य समस्या तत्काल समाधान गरी अस्पताल निर्माणलाई समयमै सम्पन्न गर्न सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्ने स्थानीयको माग छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
गण्डकी क्षेत्र

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
गण्डकी क्षेत्र

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
गण्डकी क्षेत्र

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews