Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा सेती नदीमा सिग्नेचर पुल बन्ने, १ अर्ब बढी लागत

मन्त्री ज्वालाले गरे शिलान्यास

गण्डकी न्यूज गण्डकी न्यूज
2023 November 12 मा प्रकाशित
पोखरा सेती नदीमा सिग्नेचर पुल बन्ने, १ अर्ब बढी लागत
ShareTweetSend

पोखरा । सेती नदीमाथिको चार लेन सिग्नेचर ब्रिजको शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शनिबार शिलान्यास गरेका हुन्।

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण हुने उक्त पुलको कुल लागत १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ रहेको छ । पोखरा मुग्लिन सडक स्तरोन्नति अन्तर्गत यो पुल निर्माण हुन लागेको हो ।

१ सय ९० मिटर लामो पुल २०८२ भदौ मसान्तभित्र काम सक्नेगरी काम थालिएको छ। रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । अहिले भइरहेको चाइना पुलको दायाँबायाँ १९०/१९० मिटरका एक–एक वटा पुल निर्माण हुनेछ ।

शिलान्यापछि मन्त्री ज्वालाले निर्माण व्यवसायी, सडक विभाग, आयोजना कार्यालयहरूलाई समयमै काम सक्ने गरी सक्रियता बढाउन निर्देशन दिएका छन्।

‘यो वा त्यो बहानामा काममा ढिलाइ गर्न पाइँदैन, समयमै काम सक्नेगरी सबै पक्षले सक्रियता देखाउनुहोस्’, मन्त्री ज्वालाले भने। निर्माण कार्य समयमा सम्पन्न गर्ने सन्दर्भमा मन्त्रालयको तर्फबाट पूरै सहयोग रहने उनले विश्वास पनि दिलाए । पुलले पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने उनले विश्वास समेत व्यक्त गरे । पोखराको आर्थिक तथा सामाजिक विकासमा समेत यसले मेरुदण्डको काम गर्ने मन्त्री ज्वालाले बताए । सेती नदी माथि मितेरी पुल समेत निर्माण गर्ने उन प्रतिबद्धता पनि जनाए ।

पोखरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर रहेको उल्लेख गर्दै उनले यसलाई पर्यटनको राजधानी सहर घोषणा गरिनु पर्नेमा जोड दिए । नेपाल सरकारलाई यसको औपचारिक घोषणाका लागि आवश्यक पहल गर्न आफू प्रतिबद्ध रहेको भन्दै उनले प्रदेश सरकार र महानगरपालिकाको तर्फबाट डेलिगेसन आउन र सो डेलिगेसनसँगै आफू पनि पोखरालाई पर्यटन राजधानी घोषणाका लागि दबाब दिन तत्पर रहेको बताए । पोखरा सबै हिसाबले पर्यटन राजधानी घोषणाका लागि योग्य रहेको उनले बताए ।

कार्यक्रममा कास्की क्षेत्र नं २ बाट निर्वाचित सांसद विद्या भट्टराईले पुल निर्माणमा आवश्यक सबै सहयोग गर्ने बताइन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुल निर्माणका क्रममा आउन सक्ने सबै खाले स्थानीय अवरोधहरूको समाधान महानगरले गर्ने प्रतिबद्धता जनाए ।

मुग्लिन–पोखरा राजमार्ग सुधार चरण १ योजना अन्तरगत उक्त पुल निर्माण सुरु गरिएको हो । शिलान्यास कार्यक्रममा निर्माण व्यवसायीले निर्धारित समयमा सिग्नेचर पुलको काम सक्ने प्रतिबद्धता जनाए। निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका साइट इन्जिनियर सुदर्शन देवकोटाले निर्माण स्थलमा भएका भौतिक संरचना हटाई साइट क्लियर गरिदिन पनि आग्रह गरे ।

‘केबल–स्टेड’ प्रविधिका दुवै पुलको २०७९ साउनमा ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थल क्लियर नहुँदा ढिलो गरी काम सुरु भएको देवकोटाले बताए । निर्माणको सम्झौता अवधि तीन वर्षको रहेको छ ।

 

 

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस
Breaking 2

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

by राम बहादुर रोकाहा
2025 May 17 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा
Breaking 2

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
Breaking 2

अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

by राम बहादुर रोकाहा
2025 May 8 मा प्रकाशित
गण्डकी प्रदेश बजेट अघि सुझाव लिइयो
Breaking 2

गण्डकी प्रदेश बजेट अघि सुझाव लिइयो

by गण्डकी न्यूज
2025 May 2 मा प्रकाशित
पोखरामा प्रथम लायन्स कप भलिबल सुरू
Breaking 2

पोखरामा प्रथम लायन्स कप भलिबल सुरू

by गण्डकी न्यूज
2025 May 1 मा प्रकाशित
प्रथम लायन्स कप भलिबल: इरानी टोली पोखरा आइपुग्यो
Breaking 2

प्रथम लायन्स कप भलिबल: इरानी टोली पोखरा आइपुग्यो

by गण्डकी न्यूज
2025 April 29 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

काङ्ग्रेसका महामन्त्री पुगे नेपालकै पहिलो नवग्रह मन्दिरमा

काङ्ग्रेसका महामन्त्री पुगे नेपालकै पहिलो नवग्रह मन्दिरमा

2025 May 18 मा प्रकाशित
नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति हो: महामन्त्री थापा

नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति हो: महामन्त्री थापा

2025 May 18 मा प्रकाशित
गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड

गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड

2025 May 17 मा प्रकाशित
गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

2025 May 17 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

2025 May 17 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews