Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा र एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ

गण्डकी न्यूज गण्डकी न्यूज
२०८० भदौ २८ मा प्रकाशित
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि
ShareTweetSend

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति रह्याे । पशुपतिको बागमती किनार क्षेत्र भिडले खचाखच थियो । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेको थियो ।

नेम्वाङको गत मंगलबार निधन भएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै बेहोस भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

एक दिन एमाले केन्द्रीय कार्यालय च्यासलमा र अर्को एक दिन बालुवाटारस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखेपछि बिहीबार नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाट पुर्‍याइएको थियो । बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसार प्रक्रिया पूरा गरेपछि नेम्वाङको शवयात्रा सुरु भएको थियो । शवयात्रा बालुवाटार, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो ।

शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली संलग्न थियो । एमाले पार्टीका कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारण पनि शवयात्रामा सहभागी थिए । नेम्वाङको पार्थिव शरीरलाई आर्यघाट पुर्याएर फूलले सजाइएको चितामा राखिएको थियो ।

नेम्वाङको अन्तिम बिदाइमा सहभागी हुन सर्वसाधारण हातमा फूल लिएर लामबद्ध भएका थिए । अन्तिम बिदाइको दृष्य क्यामरामा कैद गर्न चाहनेहरु र समाचार संकलन गर्ने पत्रकारहरु पनि उल्लेख्य संख्यामा पशुपतिमा पुगेका थिए ।

विशेष रुपले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखेपछि सुरुमा परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । त्यसपछि अन्य विशिष्ट व्यक्ति, र सर्वसाधारणले पुष्पगुच्छा चढाएर श्रद्धा व्यक्त गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

इन्द्रजात्रा अवलोकन गर्न हिँडेरै पुगे भीभीआईपीहरू [तस्वीरहरू]
Breaking 1

इन्द्रजात्रा अवलोकन गर्न हिँडेरै पुगे भीभीआईपीहरू [तस्वीरहरू]

by गण्डकी न्यूज
२०८० अशोज ११ मा प्रकाशित
पूर्वराजाबाट तलेजु भवानीको दर्शन, स्वागतमा उर्लिए भक्तपुरवासी [फोटोफिचर]
देश

पूर्वराजाबाट तलेजु भवानीको दर्शन, स्वागतमा उर्लिए भक्तपुरवासी [फोटोफिचर]

by गण्डकी न्यूज
२०८० अशोज ७ मा प्रकाशित
संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]
Breaking 2

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

by गण्डकी न्यूज
२०८० अशोज ३ मा प्रकाशित
प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]
Main News 1

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]

by गण्डकी न्यूज
२०८० भदौ ३० मा प्रकाशित
एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन
देश

एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन

by गण्डकी न्यूज
२०८० भदौ २६ मा प्रकाशित
तीन यात्रु लिएर पोखरा आएको ड्रुक विमान ४२ जना लिएर भुटान फर्कियो [फोटो फिचर]
कास्की

तीन यात्रु लिएर पोखरा आएको ड्रुक विमान ४२ जना लिएर भुटान फर्कियो [फोटो फिचर]

by गण्डकी न्यूज
२०८० भदौ २३ मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति

मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति

२०८० अशोज ११ मा प्रकाशित
इन्द्रजात्रा अवलोकन गर्न हिँडेरै पुगे भीभीआईपीहरू [तस्वीरहरू]

इन्द्रजात्रा अवलोकन गर्न हिँडेरै पुगे भीभीआईपीहरू [तस्वीरहरू]

२०८० अशोज ११ मा प्रकाशित
मणिपालमा डाक्टर कुटपिट प्रकरणः इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशीको सरुवा

मणिपालमा डाक्टर कुटपिट प्रकरणः इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशीको सरुवा

२०८० अशोज १० मा प्रकाशित
कुशल र दीपेन्द्रको विश्व कीर्तिमान: सर्वाधिक छिटो शतक र अर्धशतक

कुशल र दीपेन्द्रको विश्व कीर्तिमान: सर्वाधिक छिटो शतक र अर्धशतक

२०८० अशोज १० मा प्रकाशित
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च

फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च

२०८० अशोज ९ मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com                        gandakinewsofficial@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.