Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दशैँमा मासु कसरी खाँदै हुनुहुन्छ ? निम्न कुरामा ध्यान दिनुहोस्

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 15 मा प्रकाशित
दशैँमा मासु कसरी खाँदै हुनुहुन्छ ? निम्न कुरामा ध्यान दिनुहोस्
ShareTweetSend

नेपाली हिन्दुहरुको महान् चाडका रुपमा दशैँलाई लिइन्छ । नेपालीहरुले दशैलाई धुमधामका साथ मनाउने गर्दछन् । यस क्रममा सामान्य अवस्थाको तुलनामा अधिक मात्रामा मासुजन्य परिकारको खपत हुने गरेको छ । स्वस्थ मासु अनि मासुको परिकार तयार गर्दा सचेत भइएन भने समस्या निम्तिन सक्छ ।

नेपाल बाहिर रहेका नेपालीहरुले पनि आफ्नो परम्परालाई निरन्तरता दिदै देश बाहिर रहेर पनि दशै मनाइरहेका छन् । नेपालमा रहेकाहरुले पनि आफूसँग नभएपनि सापटी लिएर तथा ऋण काढेर भएपनि नयाँ लुगा लगाउने अनि मिठो खाने गर्छन् । यस क्रममा दशैको मुख्य विशेषताका रुपमा मासु खानुलाई पनि लिइन्छ । दशैमा मासुको सबैभन्दा बढी खपत हुने गर्दछ ।

दशैमा विशेषगरी मासुका विभिन्न परिकारहरु बनाएर खाने चलन हुन्छ । मासुमा अत्याधिक रुपमा पौष्टिक आहार पाइन्छ । जसमा पर्याप्त मात्रामा प्रोटिन, जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्व पाइन्छ । जसले मानिसको शरिरलाई शक्ति प्रदान गर्न मद्दत गर्ने गर्दछ । तर मात्रा मिलाएर खान जानिएन वा दशैंमा पनि नखाए कहिले खाने भनेर धेरै खाईयो भने यसले स्वास्थ्यमा नराम्रो असर पार्छ ।

अमेरिका तथा यूरोपका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूले गरेको अध्ययन अनुसार खानामा दैनिक अत्याधिक रातो मासुको प्रयोगले मानिसको मुटुमा असर पार्ने देखाएको छ । यति मात्र नभई उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउने कुरालाई अनुसन्धानले पुष्टि गरेको छ ।

सोही अनुसन्धानअनुसार दैनिक धेरै मासु खाँदा शरीरमा भएका विभिन्न बलिया हड्डी कमजोर हुने, आर्थाइटिस (हाडजोर्नी सम्बन्धी रोग), महिलाहरूमा स्तन क्यान्सरको खतरा हुनुका साथै महिला–पुरुष दुवैको शरीरमा कोलेष्ट्रोलको मात्रा पनि बढ्न जान्छ । यही कारण इच्छाएको परिकार खानबाट सधैंका लागि वञ्चित हुनु पर्ने अवस्था निम्तिन सक्छ ।

नेपालका मासु पसल तथा घरमा मासु काट्दा उचित ध्यान पुर्याउन नसकेका कारण पनि मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने गरेका तथ्य यस अघि सार्वजनिक भैसकेका छन् । मासुको माध्यमबाट मानिसको शरीरमा विभिन्न किसिमका रोगहरु सर्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

जसका कारण दशैं मनाउँदै गर्दा वा मनाइसकेपछि बिरामी परेर अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या पनि बढ्ने गरेको छ । त्यसैले पनि दशैंलाई खुसीयालीका साथ रमाएर मनाउन तथा दशैको समयमा अस्पताल भर्ना हुन नपरोस भन्नका लागि मासु खादा उचित व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

मासु र अन्य परिकारलाई स्वस्थकर ढङ्गले नराख्दा खानेकुरामा विषाक्तता बढी भई खाना प्वाइजनिक हुन पुग्छ । जसले गर्दा मासु तथा खाना खाएको केही समयभित्रै पेट दुख्ने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अपच भई तत्कालै पेट फुल्ने लगायतका समस्या देखिन थाल्छन् । यस्तो भएमा घरमै उपचार गर्नुको सट्टा तत्कालै नजिकको स्वास्थ्य संस्थामा गएर जँचाई हाल्नुपर्छ ।

मासुबाट शरिरमा रोग सर्ने कारणः

बत्ती नभएका बेला फ्रिजमा राखेको वा फ्रिज बाहिर राखेको मासु खाएमा

मासु काट्ने स्थान, काट्ने हतियार सफा नभएमा

सडे गलेको मासु सेवन गरेमा

मासुको परिकार तयार गर्ने व्यक्ति स्वस्थ नभएमा

राम्रोसँग फ्रिजमा भण्डारण प्रक्रिया नअपनाएमा

रसायनयुक्त मासुको प्रयोगबारे सचेत नभएमा

स्वस्थ्य मासु कसरी छान्ने ?

मासु हलुका गुलाबी, हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य भइसकेको हुन्छ ।

मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, अन्य बेलाको मासुकोभन्दा फरक किसिमको गन्ध आएको भए त्यो पनि अयोग्य हुन्छ ।

मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राखेको हुनु पर्छ ।
मासु काट्दा र समात्दा तन्किनु हुँदैन ।

मासु किन्ने पसल, मासु काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरिका सफा भए नभएको हेर्नु पर्छ ।

मासु खाँदा ध्यान दिनुपर्ने कुरा

फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो ।

बासी तथा खुला स्थानमा राखेको मासु नखाने ।

काँचो मासुको परिकार कुनै पनि हालतमा नखाने ।

पोलेका मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाएकै राम्रो ।

राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासु मात्र खाने ।

विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने ।

बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने ।

मासु भण्डारण गर्ने तरीका

मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा नराख्ने ।

सामान्यतया ताजा मासुलाई २ देखि ४ डिग्री सेण्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ ।

मासुलाई फ्रिजमा छोपेर मात्र राख्नु पर्छ ।

काँचो मासु र पाकेको मासु एकै ठाउँमा कहिल्यै नराख्ने ।

दशैंमा मासु खाँदा के कुरामा बिचार गर्ने ?

घरमा आफैले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने ।

विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने ।

सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने बानी बसाल्ने ।

मासुको दैनिक प्रयोग नगर्ने ।

मासु खानेबित्तिकै आइसक्रिम, दही तथा क्रिमका परिकार नखाने ।

दैनिक व्यायाम गर्ने ।

आफू स्वस्थ नभएको महसूस भएमा माछा मासु नखाने ।

सुरक्षित उपाय अपनाएर भण्डारण गरे–नगरेको आफैले निरीक्षण गरेर मात्र खाने ।

आफूलाई मासुसम्बन्धी भएको जानकारी आफ्ना परिवार तथा आफन्तजनमा पनि बाँड्ने ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
गण्डकी क्षेत्र

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
गण्डकी क्षेत्र

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

by राम बहादुर रोकाहा
2026 June 19 मा प्रकाशित
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
Main News 1

वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
गण्डकी क्षेत्र

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित

by राम बहादुर रोकाहा
2026 May 16 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

2026 August 26 मा प्रकाशित
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

2026 August 25 मा प्रकाशित
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

2026 August 24 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

2026 August 24 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना

अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना

2026 August 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews