Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

मासुमा नलोभिदा राम्रो, केको मासुमा कति चिल्लो ?

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 15 मा प्रकाशित
मासुमा नलोभिदा राम्रो, केको मासुमा कति चिल्लो ?
ShareTweetSend
  • डा. सुमनराज ताम्राकार

फूलपातीदेखि पूर्णिमासम्म छाकैपिच्छे मासु खानुपर्छ भन्ने मान्यता स्वास्थ्यको लागि प्रतिकूल छ। सानो छँदा हाम्रा लागि दशैं भनेकै नयाँ लुगा र मासु हुन्थ्यो। फूलपातीदेखि पूर्णिमासम्म छाकैपिच्छे धेरैथरीको मासु खाइन्थ्यो। अझ्ै पनि अन्य बेला आफ्नो स्वास्थ्यलाई विचार गरेर मासु नखाने वा खान नसक्नेले दशैंमा आफ्नो आर्थिक क्षमताले भ्याएसम्म मासु खाने चलन छ। तर, अब चाहिं मासु खाँदा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्ने समय आएको छ। बजारै बदमास भएकोले आर्थिक क्षमता र स्वास्थ्य ठीक रहेकाले समेत मासुको शुद्धताबारे खोजीनिती गरेर मात्र मासु किन्नुपर्ने अवस्था छ।

सामान्यतः मासु भुटेर, उसिनेर, तारेर, झोल हालेर वा काँचो परिकार बनाएर खाइन्छ। मासुको परिकार बनाउनेमा नेवारहरू नामी छन्। नेवार समाजमा भनाइ नै छ– राँगाको छाला बाहिर र आन्द्राभित्रको चिज मात्र काम लाग्दैन। नेपालमा फल मासु मात्र नभई मुटु, कलेजो, मिर्गौला, फोक्सो, आन्द्राभुँडी र रक्तीका पनि भुटुवा परिकार बनाएर खाइन्छ। अझ् नेवारहरू त सपूम्हिचा, खागो, कचिला, छोयल्ला, तिस्यः, न्हेपू, जँला, भुटन बनाएर खानमा माहिर छन्।

कुनै पनि जनावरको फल मासु प्रोटिनको राम्रो स्रोत हो। मुटु, कलेजो, मिर्गौला, फोक्सो जस्ता भित्री अंगका परिकारमा कोलेस्टेरोलको साथै भिटामिन ए, डी, ई, तामा, आइरन, जिंक जस्ता खनिजतत्व प्रशस्त पाइन्छ। कलेजो आइरनको राम्रो स्रोत भए पनि रासायनिक पदार्थका कसर रहने कारण नखानु नै बेस हुन्छ। हिजोआज रातो मासुयुक्त ससेज र बेकन खाने चलन आएको छ। यसमा राखिने प्रिजर्भेटिभका कारण अधिक उपभोगले क्यान्सरको सम्भावना बढाउँछ।

धेरै बोसो (ट्राइग्लाइसेराइड र कोलेस्टेरोल) भएको मासुले पनि स्वास्थ्य समस्या ल्याउन सक्छ। रातो मासुको दाँजोमा सेतो मासु (कुखुरा र हाँसको) मा चिल्लो पदार्थ कम हुने भएकोले स्वास्थ्यवर्द्धक छ। कुखुरा र हाँसको मासु पनि विना छाला खाँदा पेटमा कम संतृप्त फ्याटी एसिड पुग्छ।

मासु पौष्टिक र स्वास्थ्यवर्द्धक हुँदाहुँदै पनि अतिले खति पुर्‍याउँछ। दशैंमा त्यस्तो अति र खतिको सम्भावना स्वतः बढ्छ। दशैंलगत्तै उच्च रक्तचाप, कोलेस्टेरोल, युरिक एसिड, मुटुको समस्या बढेका मानिसहरू जताततै भेटिन्छन्। यी समस्या भएका मानिसले दशैंमा मासुको साटो अरू नै चिजबिच खानु बेस। खानै परे बोसो निकालेर उसिनेर वा बफाएर खानुपर्छ, त्यो धेरै होइन, ठिक्क मात्र।

खसीबोका, राँगा, भेडाच्याङ्ग्राको मासु (रेडमिट) मा प्रोटिनका साथै खराब प्रकारको चिल्लो (संतृप्त फ्याटी एसिड) पनि बढी हुन्छ। मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढ्ता खराब गर्छ। फ्याटी एसिड शरीरभित्र रहेको कोलेस्टेरोलसँग मिलेपछि लो डेन्सिटी लिपोप्रोटिन (एलडिएल) भनिने हानिकारक चिल्लो बन्छ। मधुमेह, मोटोपना, उच्च रक्तचाप भएकाहरूलाई एलडिएलले थला नै पार्न सक्छ।

ससेजमा चिल्लोको मात्रा ८० प्रतिशत र संतृप्त फ्याटी एसिड ३३ प्रतिशत हुन्छ। खसीको मासुमा चिल्लो र संतृप्त फ्याटी एसिडको मात्रा ५८ र २३ प्रतिशत, भेडाको मासुमा ४८ र २२ प्रतिशत, कलेजोमा २७ र ११ प्रतिशत तथा बँदेलको मासुमा २६ र ९ प्रतिशत हुन्छ। नेपालमा बट्टाई, टर्की र अष्ट्रिचको पनि मासु खाइन्छ। पक्षीको मासु (ह्वाइटमिट) मा रेडमिटको तुलनामा कम चिल्लो हुन्छ। पक्षीको मासुको पनि छालामा भने चिल्लो ४३ प्रतिशत र संतृप्त फ्याटी एसिड १२ प्रतिशतभन्दा बढी हुन्छ। मासुलाई छालाविहीन बनाउँदा संतृप्त फ्याटी एसिडको मात्रा कम हुन्छ। पक्षीको मासुबाट बनाइएका ससेज भने रातो मासुको ससेज जस्तै हो। पक्षीको ससेजमा चिल्लोको मात्रा ५० प्रतिशत र संतृप्त फ्याटी एसिड १५ प्रतिशत हुन्छ।

राँगा, खसी, हाँस, कुखुरा, बट्टाईलगायतका मासुको दाँजोमा माछा गुनिलो छ। माछाको परिकारमा चिल्लो र संतृप्त फ्याटी एसिड त कम हुन्छ नै, विभिन्न खालको भिटामिन र लवण पदार्थ पनि पाइन्छ। माछामा पाइने ओमेगा ३ ले मानव शरीरमा हाइडेन्सिटी लिपोप्रोटिन (एचडीएल) बढाउन मद्दत गर्छ। त्यसकारण, माछालाई मासुभन्दा राम्रो मानिन्छ। तर, माछा पनि कहाँबाट, कसरी ल्याएर केमा स्टोर गरिएको छ, कति पुरानो हो भन्नेमा निकै चनाखो हुनुपर्छ। आजकल बट्टाबन्द माछा (क्यान फिस) खाने चलन पनि बढेको छ, तर त्यो त्यति स्वास्थ्यवर्द्धक हुँदैन।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
Breaking 2

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
Breaking 2

गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले
Main News 1

भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
Main News 1

स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 March 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

2026 May 12 मा प्रकाशित
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

2026 May 12 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद

बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद

2026 May 12 मा प्रकाशित
जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

2026 May 11 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

2026 May 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews