Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दशैंमा मासु खानुस्, व्यायाम गर्नुस्

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 15 मा प्रकाशित
दशैंमा मासु खानुस्, व्यायाम गर्नुस्
ShareTweetSend

एक दृष्टिले दशैं खानपिनको पनि चाड हो। दशैंमा अधिकांश नेपालीको घरमा मासुका विभिन्न परिकार बनेका हुन्छन्। तर, ती परिकार स्वास्थ्यको लागि कत्तिको हितकारी छन् भन्ने ख्याल राख्नु अत्यन्त आवश्यक छ।चिल्लो र कोलेस्टेरोल बढी भएको, भुटेको, तारेको मासुले मुटुरोग लाग्न सक्ने र मुटुरोग लागिसकेकालाई अझै समस्यामा पार्न सक्ने भएकाले यसबाट टाढा रहनु आवश्यक छ।

चिल्लो, पिरो बढी भएका परिकारले ग्यास्ट्रिक निम्त्याउन सक्छ। चिल्लो बढी भएको मासुले सीधै मुटुमा असर गर्छ। असर बढ्दै गएको खण्डमा यसले युरिक एसिड पनि बढाउन सक्छ। उच्च रक्तचाप र मधुमेहका रोगीले त यस समयमा खानपिनमा विशेष ध्यान दिनै पर्छ।

यस बेला अस्वस्थ पशुको वध गर्ने र पसलमा पनि अस्वस्थकर मासुको विक्री हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउनु जरुरी छ। बासी, सडेको, झिँगा भन्केको मासु सेवन गर्नाले झाडापखालाजस्ता धेरै प्रकारको रोग लाग्ने सम्भावना रहन्छ। दशैंमा कतिपयको घरमा मासु–चिउराबाहेक अरू केही पनि पाक्दैन। कतिपयको त दशैंमा भात, सागसब्जी पकाउनै हुँदैन भन्ने चलन पनि छ। यो संस्कृति नभई कुरीति मात्र हो।

यसले स्वास्थ्यलाई ठूलो जोखिममा पार्न सक्छ। दशैंमा आफ्नो र आफन्त, साथीभाइको घरमा जाँदा मासु–चिउरामा नै बढी जोड दिइने र शारीरिक व्यायाम कम हुने भएकाले अपच हुने सम्भावना रहन्छ। त्यसैले यस समय दिनमा कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ। त्यस्तै, शरीरलाई आवश्यक विभिन्न पौष्टिक तत्वको कमी रहन सक्ने भएकाले खानामा फलफूल, सागसब्जी, दूध, दही आदिलाई पनि समायोजन गर्नु आवश्यक छ। यसो गरेमा शरीरलाई आवश्यक तत्व पर्याप्त मात्रामा पुग्छ र शरीर अस्वस्थ हुनबाट जोगिन्छ।

दशैंमा खानपिनमा ध्यान नदिँदा हृदयघात, मस्तिष्कघातजस्ता रोग लाग्न सक्छन्। त्यस्तै, दशैंमा घरमै बसी रातदिन नभनी तास खेल्ने, टिभी हेर्ने, मोबाइल ल्यापटप चलाउने बानी पनि धेरैको हुन सक्छ। यसरी निरन्तर एकै ठाउँमा गुम्सेर बस्दा शारीरिक व्यायाम कम हुन गई शरीरसम्बन्धी ढाड दुख्ने, टाउको दुख्नेजस्ता समस्या उत्पन्न हुन सक्छन्।

त्यसैले यसरी निरन्तर एउटै खालमा बसी तास खेल्ने, टिभी, मोबाइल, ल्यापटप चलाउने आदि बानी हटाउनु आवश्यक छ। यसभन्दा खुला हावामा डुल्ने, आउटडोर गेमहरू जस्तै– फुटबल, भलिबल, ब्याडमिन्टन खेल्ने, साइकल चलाउने आदि कार्यले शरीरलाई चलायमान राख्ने भएकाले परिवार मिलेर यस्ता खेल खेल्नु स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो हो।

यसरी परिवार मिलेर रमाइलो गरेमा परिवारमा पनि सद्भाव बढ्छ र जीवन स्वस्थ अनि सुन्दर हुन्छ। दशैंमा ठूलाबडा मांस, मदिरा र तासमा झुम्मिने प्रवृत्तिले बालबालिकामा पनि यसको नराम्रो असर पर्छ। त्यसैले दशैंलाई मांसमदिराको पर्याय बनाई स्वास्थ्य बिगारेर आफ्नो र परिवारको भविष्यमाथि खेलबाड गर्नुभन्दा यसलाई मेलमिलाप, उत्सवको पर्यायको रूपमा लिएर खुशी जीवन जिऊँ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा
Breaking 2

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
स्याङ्जामा १९७ क्षयरोगका बिरामी, ७ को मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा १९७ क्षयरोगका बिरामी, ७ को मृत्यु

by राम बहादुर रोकाहा
2025 March 24 मा प्रकाशित
स्वस्थ र चम्किलो छालाका लागि
जीवनशैली

स्वस्थ र चम्किलो छालाका लागि

by गण्डकी न्यूज
2023 June 17 मा प्रकाशित
घरेलु उपचार कति प्रभावकारी !
जीवनशैली

घरेलु उपचार कति प्रभावकारी !

by गण्डकी न्यूज
2023 June 17 मा प्रकाशित
पेटको बोसो घटाउन खानुहोस यस्ता खाने कुरा
जीवनशैली

पेटको बोसो घटाउन खानुहोस यस्ता खाने कुरा

by गण्डकी न्यूज
2023 June 17 मा प्रकाशित
राति सुत्नु अघि बेसारसहित दुध खानुका यस्ता छन् चमत्कारिक फाइदा
जीवनशैली

राति सुत्नु अघि बेसारसहित दुध खानुका यस्ता छन् चमत्कारिक फाइदा

by गण्डकी न्यूज
2023 June 17 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति हो: महामन्त्री थापा

नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति हो: महामन्त्री थापा

2025 May 18 मा प्रकाशित
गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड

गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड

2025 May 17 मा प्रकाशित
गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

2025 May 17 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

2025 May 17 मा प्रकाशित
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

2025 May 14 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews