Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दशैँलाई मासु किन्दा, पकाउँदा, खाँदा र भण्डारण गर्दा ख्याल गर्नुपर्ने कुराहरु

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 15 मा प्रकाशित
दशैँलाई मासु किन्दा, पकाउँदा, खाँदा र भण्डारण गर्दा ख्याल गर्नुपर्ने कुराहरु
ShareTweetSend

मासु दसैंमा धेरै प्रयोग हुने खाद्य पदार्थ हो । तर, मासु खाँदा विचार गर्नुपर्ने कुराहरु धेरै छन् । मासु पौष्टिक आहार हो, जसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिनलगायत धेरै तत्वहरु पनि पाइन्छन् । दसैंमा धेरैका घरमा मासुका परिकारहरु पाक्छन् ।

सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, सुरक्षित ढंगले प्रयोग नगरेमा मासुबाट पौष्टिकताको सट्टा रोग प्राप्त हुने खतरालाई सबैले मनन गर्नुपर्छ । त्यसैले उपभोक्ताले स्वस्थ मासुका लागि विभिन्न कुराका ज्ञान राख्नु उपयुक्त हुन्छ ।

केको मासु खाने ?

मासुमा पनि दुइ प्रकार हुन्छन- रातो र सेतो मासु । चार खुट्टे जनावरको मासुलाई रातो मासु भनिन्छ भने माछा, कुखुरा र पन्छी वर्गको मासुलाई सेतो मासु भनिन्छ । रातो मासुको धेरै प्रयोगले मानिसको मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ ।

रातो मासुको अत्यधिक प्रयोगले शरीरमा भएका विभिन्न बलिया हड्डिहरू कमजोर भई हाडजोर्नीसम्बन्धी रोगको सम्भावना अत्यधीक हुन्छ । तर, सेतो मासु रातो मासु भन्दा राम्रो मानिन्छ । सजिलै पचाउन सकिने यसको साधारण विशेषता हो भने अन्य धेरै फाइदा पनि सेतो मासुले दिन्छ ।

कस्ता खसीबोका छान्ने ?

खसीबोका वा पन्छीको छनौटदेखि नै उपभोक्ताले ध्यान दिनुपर्छ । दसैंका लागि खसीबोका किन्दा नै हामीले आधारभूत कुरामा ध्यान दिए मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्य्राएर बसेको लगायत अस्वस्थ जस्तो देखिने खसीबोका किन्नुहुँदैन । जीउँदा खसीबोका हेरेर नै त्यसको स्वास्थता अनुमान लगाउन सकिन्छ । तर, शतप्रतिशत अनुमानले पनि काम गर्छ भन्ने निश्चित हुँदैन ।

पसलमा पुग्दा के-के हेर्ने ?

पसलबाट मासु किन्ने हो भने मासुको छनौटमा पनि उत्तिकै ध्यान पुर्‍याउनु आवश्यक छ । नेपालका धेरै मासु पसलहरु वैज्ञानिक तरवरले निर्माण र सञ्चालन भएका छैनन् । त्यहाँ हुने लापरवाहीको कारण उपभोक्तामा ब्याक्टेरियाले संक्रमण गर्ने, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा विभिन्न खालका रोग सर्ने गरेको छ ।

फोहोर बधशाला, मासुको तयारी र रखबारीमा हुने लापरवाहीका कारण विभिन्न किसिमका फ्लु तथा सरुवा रोगहरु सर्ने गरेको पाइन्छ । घरमै बध गर्दा पनि वैज्ञानिक विधि अपनाउने चलन हामीकहाँ छैन । यिनै कारण चाडपर्व सकिएपछि अस्पतालसहित स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्ने गरेको छ ।

पसलमा फ्रिज बाहिर राखेको मासु पनि नकिन्दा उचित हुन्छ । फ्रोजन गरिएको मासुमा ब्याक्टेरिया कम हुने भएकाले त्यसमा जोड दिनुपर्छ । मासु काट्ने स्थान, काट्ने चक्कु तथा हतियार सफा छ कि छैन भन्ने पनि विचार पुर्‍याउनुपर्छ । अस्वस्थ तथा बिरामी पशुपन्छीको मासु खाँदा पनि स्वास्थ्यमा हानी गर्छ ।

पसलमा मासु काट्ने अचानोको सफाइको अवस्था पनि ध्यान दिनपर्छ । समग्रमा पशुपन्छीको बधशाला फोहरमुक्त र सुरक्षित छ कि छैन भन्ने कुरामा उपभोक्ता सचेत हुनैपर्छ । मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरिका, तराजुको सफाइमा ध्यान दिएर मात्र मासु किन्नुपर्छ ।

गुणस्तरीय मासु कसरी चिन्ने ?

मासुका सन्दर्भामा हामी सचेत हुनु पर्ने अन्य धेरै कुरा पनि छन् । स्वस्थ्यबर्द्धक मासु चिन्न सकिएन भने पनि हाम्रो शरीरले दुख पाउँछ । मासु हलुका गुलाबी रंगको छ भने त्यसमा केही न केही खरावी छ भन्ने बुझ्दा हुन्छ । मासु हरियो तथा प्याजी रंगको भएमा त्यो खान अयोग्य भइसकेको प्रष्ट हुन्छ ।

यस्तै मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, नमिठो गन्ध आएको छ भने मासु किन्नु हुँदैन । मासु फ्रिजमा अलग-अलग गरी छोपेर सफा, चलेको फ्रिजमा राखेको हुनुपर्छ । पसलमा पुग्दा तपाइँले ध्यान दिनैपर्ने कुरा हो, यो । बाहिर झुण्ड्याएर राखिएका मासुमा बाहिरी ब्याक्टेरियाको संक्रमण हुन्छ । मासु काट्दा र समाउँदा धेरै तन्केको जस्तो भएमा त्यो मासु बासी हो ।

कसरी पकाउने ?

किन्दा मात्रै होइन, पकाएर खाँदा पनि मासुको उचित रेखदेख गर्नुपर्छ । काँचो मासुको परिकार खाँदा विभिन्न रोग सर्ने सम्भावना अधिक हुनछ । पोलेका मासु, सेकुवा, हाकु, छोइला सकेसम्म नखाएकै राम्रो हुन्छ । किनकि मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्यधीक हुन्छ । मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ ।

त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा मासु पोल्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ । यस्तै सफासँग पखालेको र पुरा पाकेको मासुमात्र खाने बानि बसाल्नुपर्छ । विभिन्न किसिमका धेरै मसला तथा चिल्लो पदार्थको प्रयोग कम गर्नु उपयुक्त हुन्छ ।

बोसो तथा छालारहित मासु खाने गरेमा त्यसले हानी कम गर्छ । बध गर्नासाथ मासु पकाएर खानु पनि उपयुक्त होइन । रगत पकाएर खाने प्रचलन भएपनि त्यसले खासै फाइदा गर्दैन । सही ढंगले मासु र अन्य परिकार नपाउँदा, त्यसलाई स्वस्थकर ढंगले नराख्दा खानेकुरामा विषाक्त हुन सक्छ ।

खाएको केही समयभित्रै पेटमा समस्या देखिने, झाडापखाला चल्ने, अपच हुने, ग्याट्रिक बढ्ने लगायत समस्या हुन सक्छ । मासुबाट रोगहरु स्वस्थ शरीरमा सर्न सक्ने कुरामा सबै सचेत हुनुपर्छ । काँचो, नपाकेको तथा पोलेको कालो मासु खाएमा त्यसले फाइदा गर्दैन ।

भण्डारण कसरी गर्ने ?

दसैंमा एकैपटक धेरै मासु काट्ने चलन हुन्छ । यस्तो बेला मासुको भण्डारणमा पनि ध्यान दिनुपर्छ । मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै राख्नुहुँदैन । ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । सामान्य फ्रिजमा भन्दा डि-फ्रिजमा मासु राख्नु उपयुक्त हुन्छ ।

मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ । काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु पनि उपयुक्त हुन्न । यदि तपाई हामीलेसुरक्षित ढंगले मासु राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोगहरु उत्पन्न हुने खतरा रहन्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
गण्डकी क्षेत्र

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

by राम बहादुर रोकाहा
2026 June 19 मा प्रकाशित
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
Main News 1

वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
गण्डकी क्षेत्र

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित

by राम बहादुर रोकाहा
2026 May 16 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
Breaking 2

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

2026 August 8 मा प्रकाशित

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

2026 August 8 मा प्रकाशित

बाघको आक्रमणमा दुई बाख्रा मरे

2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

2026 August 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews