Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सन्दर्भः विश्व क्षयरोग दिवस

क्षयरोगकाे औषधि उपचार सहज बन्यो तर सचेतना फैलाउन अझै आवश्यक छः डा. सिपी आचार्य

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 March 24 मा प्रकाशित
सन्दर्भः विश्व क्षयरोग दिवस
ShareTweetSend

मार्च २४ । नेपालसहित विश्वभर ‘विश्व क्षयरोग दिवस’ मनाइयो । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ यस वर्ष यो दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । २४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएको एक सय वर्षपछि क्षयरोगबारे जनचेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण नै निधन हुने गरेको छ । समयमै रोग पत्ता लगाई नियमित औषधि खाए यो निको हुने रोग हो । नेपालमा ९१.५ प्रतिशत बिरामी निको भएको तथ्यांक छ । क्षयरोगीमध्ये ६१.६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला छन् । कूल संख्याको ८.७ प्रतिशत (१५ वर्षभन्दा मुनिका बालबालिका) रहेका छन् ।

वार्षिक करिब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको डरलाग्दो अवस्था पनि रहेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ । डब्लूएचओको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी वार्षिक एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन् । सन् २०२१ मा करिब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो ।

नेपाल सरकारले आगामी आव २०८२÷८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९–२०८२/८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ ।

क्षयरोग दिवसकै सन्दर्भमा पोखराका बरिष्ठ छातीरोग विशेषज्ञ डा. सिपी आचार्यसँग यस रोगका बारेमा गरिएको कुराकानीः

क्षयरोग के हो ?

‘माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक किटाणुको संक्रमणबाट लाग्ने सरुवा रोगलाई हामी क्षयरोग भन्छौँ । यसले विशेष रूपमा फोक्सोलाई असर गर्छ । फोक्सो बाहेक अन्य अङ्गहरूमा पनि यो रोग लाग्छ । ८० देखि ८५ प्रतिशत जति फोक्सोको क्षयरोग हुन्छ । शरीरको नङ र कपाल बाहेक जुनसुकै अंगमा पनि क्षयरोग लाग्छ । सबैभन्दा अधिक फोक्सोमा लाग्ने भएकाले श्वासप्रश्वासको माध्यमबाट स्वस्थ मानिसमा कीटाणु सर्दछ । क्षयरोग महिलामा भन्दा पुरुषमा बढी मात्रामा देखिने गर्छ । जसमा आर्थिक रूपमा क्रियाशील उमेर समूहका वयस्क मानिस पर्छन् ।

लगातार २ हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने र साँझपख मन्द ज्वरो आउने क्षयरोगका मुख्य लक्षण हुन । समयमा उपचार गरेमा यो रोगबाट मुक्ति मिल्छ तर उपचार नगरे ज्यान लिन्छ ।

कसरी सर्छ ?

संक्रमित व्यक्तिको खकारमा नै पोजिटिभ देखिएको छ भने उसले धेरैमा सार्न सक्छ । बुझ्ने भाषामा भन्दा खुल्ला धारो अर्थात् खुल्ला धारामा जति पानी बग्छ, खकारमा पोजिटिभ बिरामीले त्यसरी नै संक्रमण फैलाउँछ । समयमै उपचार गरियो भने बिरामी पनि निको हुन्छ र उसले अरुलाई सार्नबाट बचाउँछ ।

बिरामीले श्वास फेर्दा निस्कने कणहरु हावामा निस्कने र त्यसको माध्यमबाट अन्य व्यक्तिमा सर्ने हुन्छ। जुन सबैभन्दा पहिला फोक्सोमा जाने र अन्य भागमा पनि फैलिने सम्भावना हुन्छ । यो रोग अवसरवादी हुन्छ। शरीर कमजोर भएको अवस्थामा यसले आक्रमण गर्छ। नेपालको सन्दर्भमा सचेतनाको कमी, गरिबी, कुपोषण नै हो ।

क्यान्सरका बिरामी, एचआइभी संक्रमित, बृद्धबृद्धालाई यो रोग हुने सम्भावना अधिक छ । दुई हप्ते खोकी, क्षयरोग पो हो कि ? भन्ने एउटा भनाई छ । दुई हप्तासम्म लगातार खोकी लाग्नेमध्ये २० प्रतिशतलाई क्षयरोग देखिएको पनि छ । खोकीसँगै ज्वरो लगायतका लक्षण छ भने थप ५ प्रतिशतमा क्षयरोग देखिएको छ ।

क्षयरोगले हाम्रो शरीरको अंगमध्ये सबैभन्दा बढी यसले फोक्सोमा संक्रमण गर्छ। र, फोक्सो बाहेक शरीरको अन्य भागमा ग्रन्थी, आन्द्रा, पेट, मेरुदण्ड, हाड, प्रजनन, छाला, आँखा र टाउको आदिमा पनि लाग्न सक्छ।

यसको अंगअनुसार लक्षण फरक हुन्छन। यो खकारको परीक्षण गर्दा संक्रमण भएको नभएको पत्ता लगाउन सकिन्छ। त्यस्तै, छाला र हड्डीमा क्षयरोग देखिएको छ भने बायोस्पी गरेर पत्ता लगाउन सकिन्छ। त्यस्तै, अन्य अङ्गमा जस्तै हाड तथा जोर्नीमा क्षयरोग भएमा हाड वा जोर्नी दुख्ने, हाड जोर्नी चलाउन गाह्रो हुने आदि हुन सक्छ। पेटको क्षयरोग भएको खण्डमा पेट दुख्ने,दिसा पातलो हुने, दुब्लाउँदै जाने, मस्तिष्कमा हुँदा टाउको दुख्ने , बान्ता हुने हुन्छ । त्यसैले अंग अनुसार लक्षण देखापर्दछ ।

क्षयरोगबाट बच्ने उपाय

रोग देख्नेबित्तिकै स्वास्थ्यचौकी, अस्पतालमा गएर जँचाउन सकिन्छ । बिरामीले सधैं मास्क प्रयोग गर्नुपर्दछ । पोषणयुक्त खाना खानुपर्छ । किनकि, रोगसँग लड्ने क्षमता भएका व्यक्तिलाई यस रोगले आक्रमण गर्न सक्दैन । भिडभाडमा जानुहुँदैन । हाँछ्यू आउँदा रुमालले छोप्ने बानीको विकास गर्नुपर्दछ ।

उमेरले यस रोगलाई ठूलो फरक पर्दैन । जुनसुकै उमेरसमूहलाई यो रोग लाग्दछ । स्वस्थ व्यक्तिले क्षयरोगको किटाणुलाई परास्त गर्न सक्छ । समयमै उपचार गरे क्षयरोगबाट ज्यान बचाउन सकिन्छ । निःशुल्क पाइने औषधि नियमित सेवन गर्नुपर्छ ।

उपचार विधि

यो रोगको उपचार गरेमा ९५ प्रतिशत ठिक हुने हुन्छ। क्षयरोग नियमित रूपमा औषधी खाँदा पूर्ण रूपमा निको हुन्छ । उपचार अवधि भने संक्रमित अंग, रोगको प्रकृति हेरी फरक हुन्छ । सुरुवाती चरणमा जाँच गरे चाँडै नै निको हुन्छ ।

समयमा उपचार नहुँदा परिवारका अन्य सदस्य र त्यसबाट अन्त सर्ने सम्भावना अत्याधिक हुन्छ। औषधी बीचमा छाड्न हुँदैन । औषधी खाएर आफुलाई ठीक भएको महसुस गर्ने बित्तिकै बीचमै औषधी छाड्ने पनि गरेको देखिन्छ। जुन निकै गलत हो। केहि समयको लागि निको भएको जस्तो गराए पनि शरीरको भित्री भागमा भएको ब्याक्टेरिया नास भैसकेको हुँदैन। त्यसको परिणामस्वरूप झन् किटाणुहरु एन्टी बायोटीकल विरुद्ध झन् बलियो भएर आउँछ र प्रयोग गरिरहेको औषधीले समेत काम नगर्ने हुन्छ । त्यस्ता बिरामीको लागि लामो समयसम्मका लागि कडा औषधी चलाउन पर्ने अवस्था सृजना हुन्छ।

क्षयरोगको औषधी प्रयोग गरिरहँदा वाकवाकी लाग्ने, जण्डिस देखिने, हातखुट्टा झमझमाउने, आँखा चिलाउने जस्ता साइडइफेक्ट देखिएर पनि बीचमै छाड्ने गरेको पाइएको छ । साइड–इफेक्ट देखिदैमा औषधी छाड्नु भन्दा तुरुन्त चिकित्सकसँग परामर्श लिन सकिन्छ जसले उचित उपचार गर्न सहज हुन्छ ।

रोकथाम र नियन्त्रणका उपाय

क्षयरोग अत्यन्त जटिल खालको सरुवा रोग हो। तर सावधानी अपनाएमा यसलाई सहजै रोकथाम÷नियन्त्रण गर्न सकिन्छ । औषधि निःशुल्क र सर्वसुलभ बनाइएको छ । एक दिन मात्र क्षयरोग दिवस मनाएर हुँदैन । मूख्यतः गाउँ गाउँमा पुगेर यस रोगबारे सचेतना जगाउनु आवश्यक छ । निःशुल्क औषधि पाउँदासमेत अझै वर्षेनी ३० औं हजार मानिस संक्रमित थपिनु र उतिनै संख्यामा पहिचान हुन नसक्नुमा सचेतनाको कमी नै हो ।

पहिलेको तुलनामा मृत्युदर कम छ । २०१८/१९ को आँकडा १९९० भन्दा धेरै सन्तोषजनक छ । तर, चित्तबुझ्दो छैन । अझै पनि विकसित मुलुकको तुलनामा हामी यस रोगको भयबाट मुक्त हुन सकेको छैन । उच्च संक्रामक यस रोगबारे जनचेतना फैलाउन अत्यन्त आवश्यक छ । कोभिड महामारी पश्चात् क्षयरोगबारेको सचेतना कार्यक्रम कम भइरहेको छ । अब यस रोग विरुद्धमा लाग्न आवश्यक छ ।

क्षयरोगीलाई समाजले हेर्ने नजर पनि परिवर्तन गर्न आवश्यक छ । टिबी रोग भयो भने समाजले हिंसा गर्ने चलन रहेकाले बिरामीहरु खुलेर आउन सक्दैनन् । रोग लुकाएपछि परिवार हुँदै समाजमै संक्रमण फैलन्छ । यो सामान्य बिमार हो, कुनै पाप होइन । उपचार गरे निको हुन्छ भनेर गाउँ गाउँ टोल टोलमा पुग्न अत्यन्त जरुरी छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
गण्डकी क्षेत्र

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
गण्डकी क्षेत्र

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

by राम बहादुर रोकाहा
2026 June 19 मा प्रकाशित
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
Main News 1

वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
गण्डकी क्षेत्र

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित

by राम बहादुर रोकाहा
2026 May 16 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी

स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी

2026 August 22 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

2026 August 21 मा प्रकाशित
स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

2026 August 21 मा प्रकाशित
बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

2026 August 20 मा प्रकाशित
मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ

मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ

2026 August 20 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews