Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गुड्दै, सारंगी रेट्दै

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
गुड्दै, सारंगी रेट्दै
ShareTweetSend

‘काठमाण्डुबाट पोखरा जानी, बताईराछौं यात्रुका कहानी गोरखा मनकामना …’ आँबुखैरेनीमा बस चढेर कृष्ण गन्धर्वका दाजु भाइ सारङ्गी रेट्न थाले । धुनसँगै भुकम्पपछि बेहाल जनताको पीडा सुनाए । ईच्छुक यात्रुले केहि पैसा दिए ।

‘पहिले बा–बााजेहरु गाउँ डुल्थे । घरघरमा गएर गीत सुनाउँथे । जे दिन्छन् ल्याएर पकाएर खाईन्थ्यो ।’ लमजुङ घर भई तनहुँ भन्सारमा बस्दै आएका कृष्णले सम्झिए – ‘अहिले त जमाना त्यो छैन । घरघरमा गएर हामी गाउन पनि सक्दैनौ । न पहिले जस्तो शान नै छ ।’ सारङ्गी भिरेर बाजेको हात समाति गाउँ गएको झल्झली सम्झिन्छन् कृष्ण ।

गाउँघर डुलेर धान चामल, मकै जस्ता अन्न पाईन्थ्यो । तर अहिले यात्रुबाट पैसा मिल्छ । सारङ्गी बजाएर दैनिक चार हजार सम्म कमाउने कृष्ण दाजुभाइलाई कहिलेकाहीँ भने एक हजारमै चित्त बुझाउनुपर्छ । ‘बाउबाजेले सिकाका पेशा । कतिले खिसि गर्छन् । बसमा कति खलासीले त भाडा पनि माग्छन्’– कृष्णले गुनासो गरे– ‘गाउँ पनि शहर जस्तै भईसक्यो । रमाईलो गर्ने चीज जताततै पुगिसक्यो । गाह्रो भयो । ’ कृष्ण भन्दा पहिलेदेखि नै उनका भाइले सारंगी रेटे । २७ वर्ष पुगेका उनले १७ वर्ष त सारंगी रेटेरै कटाईसके । ‘सानैमा बिहे भयो । दुई छोराछोरी भए । रहरले होईन बाध्यताले हिँडेको । छोरालाई त मरिकाटे सिकाउन्न ।’ कृष्णको भाइको जवाफ भने बेग्लै थियो ।

धेरैजसो गन्धर्वहरुलाई बसमा सारङ्गी बजाउनु दैनिकी जस्तै भएपनि केहीका लागि भने बैकल्पिक पेशाजस्तो छ । पोखरादेखि काठमाण्डौं गुडेको बसमा अर्का दुई गन्धर्व डुम्रेबाट चढे । अलि तन्नेरीजस्तो देखिने सुब्बा गन्धर्वलाई पुर्खाको संस्कृति जोगाउने मन त छ तर छाक टार्ने समस्याकै कारण उनी सारंगी भिर्न छोडेर ब्यवसायतिर हान्निए । राजधानीकाे ठमेलमा ब्यवसाय गर्दै आएका उनी घर फर्किएको बेला भने यसरी बसमै हिँड्ने रहेछन् ।

‘के गर्नु मसँग सीप भएर पनि विकल्प पेशा नगरी भएन ।’ सुब्बाले सुनाए –‘अहिले त घर आएको बेला यसो बजाम् भनेर बसमा हिँडेको मात्र हुँ ।’ सुब्बाका तीन छोरा कसैलाई सारङ्गी बजाउनै आउँदैन । मादल मात्र बजाउँछन् । गन्धर्वका नयाँ पुस्ता सारङ्गी भिरेर गाँउ डुल्ने होईन, अरुहरु झैं झोला भिरेर विद्यालय जान थाले । ‘सारङ्गी बोक्न मान्दैनन् । साथीहरुले गिज्याउँछ भन्छन् ।’ सुब्बाले भेद खोले । उनीसँगै भाका मिलाएका ४२ वर्षका मिनबहादुर गन्धर्वको व्यथा पनि उस्तै छ । ३० वर्ष अघिदेखि सारङ्गी रेटेका मिनबहादुरका तीन मध्ये जेठाले मात्र सारङ्गी बजाउँछन् । दुई छोराहरु पढ्छन् ।

‘सारङ्गी रेटौंला, मौका मिले फेरि भेटौंला …’ एक दशक अघि कलाकार हरिवंश आचार्यले लक्ष्मी न्यौपानसँग गाएको यो गीत झैं अचेल सारङ्गी रेट्नेहरु मौकाले नै भेटिन्छन् । कुनै समय थियो सारङ्गी रेट्ने गन्धर्वहरु गाउँघरमै आईपुग्थे । अहिले उनीहरुलाई नै खोज्दै हिँड्नुपर्ने अवस्था आयो । गन्धर्व जातिसँग जोडिने एउटै बाजा ‘सारङ्गी’, जसको धुनले संगीत नै पुर्ण भईदिन्छ । ‘गाईने दाइ’हरु यही सारङ्गी काँधमा भिरेर गाउँ पस्थे । शहर देखि विदेशका खबरहरु, कारगिलमा लड्दा लड्दै वीरगति प्राप्त गरेका लाहुरेका वीर गाथाहरु सुनाउँदै हिँड्थे ।

‘सबैका आउँछन् नि, सबैका जान्छन्, हाम्रा छोरा आउँदैनन् । कि हाम्रा छोरा नि, धावैमा परे, कि बिदा पाउँदैनन्… ’ ‘के भनौ र खबर आमा भनि साध्य छैन । दशैं तिहार मान्नु पनि पाउने हो कि होईन…’ गीतमा यस्ता व्यथा समेटिन्थे । ढिलै भएपनि खबर आदानप्रदान गर्ने सूचना सम्प्रेषणको माध्यम थिए उनीहरु । साङ्गीतिक समाचार वाचकका रुपमा रहेका गन्धर्वहरु समयक्रमसँगै फेरिए । उनीहरुको गाउँ डुल्ने परम्परा पनि लोप भयो । अझै पनि सारङ्गी रेट्नेहरु नभएका होईनन् । यसरी नै बसमा सवार यात्रुलाई गीत सुनाउँदै केहि पैसा बटुलेर पेट पाल्दै आएकाहरु पनि भेटिन्छन् । बाबुबाजेका सारङ्गीसँग पैठेजोरी खेल्दै हुर्किएपनि भाका र टुक्का भने टिप्न सकेनन् । पुस्तासँगै भाका फेरिए । भाव फेरिए ।

पछिल्लो जनगणनाअनुसार नेपालमा करीब ५० हजारको हाराहारीमा मात्र गन्धर्व जाति छन् । उनीहरु विभिन्न ५६ जिल्लामा छरिएर रहेका छन् । गन्धर्व जातिमा पुरुषले मात्र सारङ्गी बजाएर हिँडछन् । कास्कीको बाटुलेचौर, हेम्जा लगायतका क्षेत्रमा यो जातिको बसोबास छ । यहँँकै झलकमान गन्धर्व, तनहुँका तिर्थबहादुर गन्धर्वहरु सारङ्गी रेटेरै सम्मानित बने । २०६६ सालमै झलकमान गन्धर्व राष्ट्रिय लोक बाजा सारङ्गी संरक्षण पाठशाला खोलेर सारङ्गी सिकाउँदै आएका धनबहादुर गायक संस्कृति संरक्षणमा युवा पुस्ता जाग्नुपर्नेमा जोड दिन्छन् । पाठशालाबाट सय बढि बालबालिकाले सारङ्गी सिके । गन्धर्व जाति बाहेकले पनि सिके । विदेशीले पनि सिके । अहिले कोलम्बियका पर्यटकले तीन महिनादेखि गायककै घरमा बसेर सिकिरहेका छन् ‘हाम्रो जातिदेखि विदेशी पाहुनासम्म ईच्छुक छन् । तर सरकारले यसलाई राम्रो संरक्षण नदिँदा पेसा संकटमा पर्ने अवस्थामा छ’ गायक भन्छन् – ‘सरकारले पुराना मठमन्दिरलाई मात्र संरक्षण दिँदा हाम्रो आफ्नै संस्कृतिको संरक्षणमा पनि राज्यले लगानी गर्नुपर्छ भन्ने ध्यान जानुपर्ने हो ।’

हेम्जाका लालबहादुर गायकलाई पनि पेशा लोप हुने अवस्थामा पुगेकोमा चिन्ता छ । सारङ्गी रेट्दै बाबु बाजेसँग मुक्तिनाथ, चितवन, भैरहवासम्म पुगेका उनी अहिले चाडपर्वमा मालश्री धुन बजाउने गर्छन् । आफै खिर्राको चारतारे सारङ्गी बनाउन सक्ने गायक सारङ्गी संरक्षणको अभियानमा जुटेको बताउँछन् ।

यो पुस्ताले पुख्र्यौली पेशालाई माया गरेरै धानिरहेका छन् । अहिलेको युवापुस्ता यसबाट टाढिँदै जाँदा चाहेर पनि संस्कृति हस्तान्तरण गर्न यो प्रौढ पुस्तालाई कठिन भईरहेको देखिन्छ । नेपालको लोककला संरक्षण गर्ने प्रमुख गन्धर्व जातिका नयाँ पुस्ताको वितृष्णाले आफ्नो संस्कृतिको भविष्यमाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ। सञ्चारमाध्यमको तीब्र विकास र यो जातिका युवा रोजगारीका लागि विदेश पलायन हुने क्रम बढेकाले पनि पेसा संकटमा परेको छ । यसमा राज्यले नै ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् । गन्धर्व समाज नेपालले पनि गन्धर्व विकास बोर्डको गठन गर्नुपर्ने माग उठाउँदै आएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
Breaking 1

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
Breaking 2

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री
Main News 1

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
Breaking 1

मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
Breaking 2

स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
Main News 1

स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

2026 March 4 मा प्रकाशित
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

2026 March 4 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ

2026 March 2 मा प्रकाशित
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

2026 March 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews