Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दिउँसै मापसे गरी हुइँक्याउँदा ट्याक्सीलाई ठक्कर

माइक्रो चालक बोल्दैन, प्रहरी भन्छ - 'होईन'

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
दिउँसै मापसे गरी हुइँक्याउँदा ट्याक्सीलाई ठक्कर
ShareTweetSend

पोखराको मुटु भागको रुपमा चिनिने महेन्द्रपुल । नयाँबजार, चिप्लेढुंगा, रानीपौवा र पालिखेचोक आवतजावत हुने कारण सवारीको सर्वाधिक चाप हुने क्षेत्र यो । बुधबार अपरान्ह ४ः४० बजेको समय । रानीपौवाबाट महेन्द्रपुलतर्फ ट्याक्सी अघि बढ्दै थियो । छोरेपाटन टाँस गरेको ग१ख ३२५२ नम्बरको पोखरा नगर माईक्रोबस भने महेन्द्रपुलबाट नयाँबजारतर्फ झर्दै थियो । ग १ ज ४६९४ नम्बरको ट्याक्सीले दायँ साईडलाईट बालेर मोड्न नभ्याउदै नेपाल टेलिकम अघि चोकमा माईक्रोबसले ड्याम्मै ठक्कर दियो । तत्काल माईक्रोबसको स्टार्ट बन्द भयो र ट्याक्सी चालकको ज्यान जोगियो । उनलाई चरक हस्पिटल पृथ्वीचोक लगियो । बुधबार साँझ तीन घण्टा सवारी आवागमन प्रभावित बन्यो । पछि सोहि बसले एउटा कार र मोटरसाईकललाई समेत क्षति पु¥यायो ।

‘कसरी भयो घटना ?’ सो समय महेन्द्रपुल एरियामा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार नरेन्द्र बहादुर थापाले भने – ‘ट्याक्सी मोडिँदै थियो । माईक्रो रोकिएन । ड्याम्मै हान्यो । ब्रेक फेल भयो रे । मापसे गरेको छ । लाईसेन्स छैन ।’ त्यसपछि हवल्दार थापा जाम गाडी व्यवस्थापन गर्न तर्फ लागे । माईक्रो चालकले आफू बिरौटा बस्ने गणेश रेग्मी भएको बताए । ‘दिउँसै मापसे गर्नुभएको रैछ त ?’, ‘किन गर्ने हो मापसे सर ?’ ‘चेकजाँच गरे रिपोर्ट आईहाल्छ नि…’ चालक रेग्मीले यसको जवाफ दिएनन् ।

‘गाडी नै पुरानो । ब्रेक नै छैन । हावा नै फाल्दैन ।’ चालक रेग्मीले गाडीको ब्रेक फेल भएको सुनाए। उनले आफ्नो साथमा लाईसेन्स, कागजपत्र नभएको र प्रहरीकहाँ नै रहेको बताए । यसअघि पनि बिजुली पोललाई ठक्कर दिएकाले प्रहरीले कागजपत्र खिचिसकेको उनको भनाई थियो । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा खोज्दा उनको कागजपत्र नभेटिएको कार्यालयका फाँट ईञ्चार्ज प्रहरी सहायक निरिक्षक राजु थापाले बताए । ‘अहिले भेटिएन । अन्यत्र भएको घटना हो कि ?’ असई थापाले भने ।

ट्याक्सी चालक अञ्जन अधिकारीले ठूलो भाग्यले बाँचेको प्रतिक्रिया दिए । ‘ठक्करपछि मेरो टाउको बजारियो र म अर्को सिटतिर पुगेँ । माईक्रोबसको स्टार्ट बन्द नभएको भए किचिन्थेँ ।’ – उनले भने – ‘हवल्दार साबले सब लाईभ देखिरहनुभएको छ । रक्सी खाएको रैछ । बालबाल बचियो । कडा कारवाही हुनुपर्छ ।’ जाममा फसेका अर्को माईक्रो बसका चालक भन्दै थिए – ‘यस्तै हो । दिउँसै रक्सी खान्छ । अनि हामीहरुको पो बेईज्जत ।’ ट्याक्सी चालक अधिकारीको टाउको र घाँटीको एक्सरे गरिएको छ । अवस्था सामान्य रहेको बताईन्छ ।

घटनापछि सडक जाम हुँदा सर्वसाधारणले सास्ती व्यहोरे । ट्याक्सीलाई १५ मिनेटपछि ट्राफिक कार्यालय लगियो भने माईक्रोबसले तीन घण्टा सवारी आवागमन प्रभावित बनायो । बेलुकी पौने सात बजेतिर प्रहरी नायव निरिक्षक शिव थापाले भने – ‘माईक्रो यता पनि जाँदैन, उता पनि जाँदैन । तीन घण्टासम्म बीच चोकमा रोकिँदा खत्तम भयो नि । बल्ल कार्यालय ल्याईपु¥यायौं । ’

त्यही बसले साँझ फेरि एउटा कार र मोटरसाईकललाई ठक्कर दियो । बा ६ च ११६६ नं. को पत्रकार राजु भण्डारीको कारमा सामान्य क्षति पुगेको छ भने एउटा मोटरसाईकलमा क्षति पुगेको छ । मोटरसाईकलमा सवार दुई जना मुस्किलले बाँचेको पत्रकार भण्डारीले बताए । उनका अनुसार कार र मोटरसाईकल धनीलाई ट्राफिक प्रहरीमा विहीबार सम्पर्क गर्न भनिएको छ ।

नगरभित्रै सञ्चालन हुने भएकाले नगर माईक्रो बस भनिएको हो । नगर क्षेत्रमा बढि भिडभाड र सवारी चाप हुने भएकाले चालकले झनै होसियारी अपनाउनुपर्ने ठाउँमा यसरी सवारी चलाउनु गम्भीर लापरवाही हो । पोखरा बस व्यवसाय समितिका अनुसार दुई जना चालकले मापसे सेवन गरी गाडी चलाएको कारण निश्कासन गरिसकिएको छ भने एक जना चोरी गर्ने चालकलाई निश्कासन गरिएको छ ।

समितिका अध्यक्ष देउप्रसाद गुरुङले भवितव्य घटनामा मात्र समिति जिम्मेवार हुने भन्दै चालकले मापसे गरी गाडी चलाउँदा हुने दुर्घटनाको जिम्मा लिन नसक्ने प्रष्ट पारे । ‘संचालन प्रक्रियामा सबै किसिमको ग्यारेन्टी हामी लिन सक्दैनौं । संस्थाको नियम परिधि भन्दा बाहिर, नेपालको प्रचलित कानुनभन्दा बाहिर सञ्चालन भएको भए सबै जिम्मेवारी चालकले लिनुपर्ने हुन्छ । हामी जिम्मा लिँदैनौं । जोगाउनतर्फ पनि लाग्दैनौं ।’ – गुरुङले भने ।

ट्याक्सी व्यवसाय समिति, पोखराका अध्यक्ष प्रकाशमणि तिवारीले सबै यातायात क्षेत्रकै भएकाले समस्या साझा रहेको भन्दै कोहि कुनै चालक मापसे गरेर चलाएको खण्डमा कारबाहीको भागीदार हुने बताए ।

पोखरा बस व्यवसाय समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले चालकले भनेजस्तो गाडी पुरानो नरहेको बताए । ‘२००९ मोडलको गाडी हो । सात वर्ष चलेको गाडी कहाँ पुरानो हुन्छ ? कण्डिशनमा लिएर हिँड्नुप¥यो । चालकले नियम पालना गर्नुप¥यो ।’- उनले भने – ‘अहिले सबै नयाँ युरो थ्री मापदण्डका सुविधा सम्पन्न गाडी छन् । यो तुलनामा २६ सिटे पहिलाको गाडीहरु पुरानो लागे होलान् । समितिले पुरानो गाडी चलाएकै कारण घटना भएको होईन ।’

शर्माका अनुसार १५ वर्ष पुराना गाडी एकैचोटी विस्थापन गरेको समितिको अहिले २००८ मोडलका दुई र अरु सबै नौ मोडेल पछिका छन् । पोखरा बसका २४५ बस अहिले पोखरामा छन् । तीन महिनाभित्र २७८ पु¥याउने योजना रहेको र धमाधम काम भईरहेको शर्माले बताए ।

यसैबीच, जिल्ला ट्राफिक कार्यालय कास्कीले भने चालक गणेश रेग्मीले मापसे नगरेको जानकारी दिएको छ । बस र ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा राखेको छ भने चालक रेग्मी साँझ नै घर फर्किएका छन् ।

पछिल्लो समय सवारीको उल्लेख्य चापले पोखराको सडकमा हिँड्न पनि डरमर्दो छ । बसहरु आवश्यक भन्दा बढि थपिँदा खाली खाली गुड्ने र यात्रु बोक्ने होडमा तीब्र गतिमा गुड्ने, जथाभावी रोक्ने गरेको भेटिन्छ । पोखरा नगरमा पोखरा माइक्रोबस र विन्दबासिनी यातायात गुडिरहेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई
कास्की

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

by गण्डकीन्यूज
2025 July 5 मा प्रकाशित
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन
कला/साहित्य

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

by गण्डकीन्यूज
2025 July 5 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
अपराध/सुरक्षा

सुन चोरीको आरोपमा दुईजना पक्राउ

by राम बहादुर रोकाहा
2025 July 5 मा प्रकाशित
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती
कृषि

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

by रासस
2025 July 4 मा प्रकाशित
वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी
गण्डकी क्षेत्र

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

by राम बहादुर रोकाहा
2025 July 3 मा प्रकाशित
स्याङ्जा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
गण्डकी क्षेत्र

स्याङ्जा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

by राम बहादुर रोकाहा
2025 July 3 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

2025 July 5 मा प्रकाशित
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

2025 July 5 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

सुन चोरीको आरोपमा दुईजना पक्राउ

2025 July 5 मा प्रकाशित
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

2025 July 4 मा प्रकाशित
वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

2025 July 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews