Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कांग्रेसभित्रको तिक्तता अन्त्य नगरी सबल र प्रभावकारी बन्न सकिँदैन: डा. शेखर कोइराला

स्व. पंगेनी स्मृतिमा समर्पित सडक, डा. कोइरालाबाट ‘कमल पंगेनी मार्ग’ घोषणा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 August 5 मा प्रकाशित
कांग्रेसभित्रको तिक्तता अन्त्य नगरी सबल र प्रभावकारी बन्न सकिँदैन: डा. शेखर कोइराला
ShareTweetSend

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्रको तिक्तता अन्त्य नगरी कांग्रेस सबल र प्रभावकारी बन्न नसक्ने स्पष्ट पारेका छन् । डा. कोइरालाले पार्टी एकता र सबल संगठन निर्माणका लागि आन्तरिक तिक्तता हटाउन जरुरी रहेको बताएका हुन् ।

स्याङ्जाको भीरकोटमा आयोजित स्व. कमलप्रसाद पंगेनीको सातौं स्मृति सभा तथा स्मृति प्रतिष्ठानको प्रथम अधिवेशनको अवसरमा बोल्दै डा. कोइरालाले पार्टी निर्माणका लागि आपसी गुटबन्दी, आरोप–प्रत्यारोप र वैमनस्यताबाट माथि उठ्न आवश्यक रहेको बताए । उनले भने, “कांग्रेसमा दुई खेमा छन्, तर ती दुई धारबीचको तिक्तता अन्त्य गरेर मात्र सहकार्य सम्भव हुन्छ ।”

स्व. कमल पंगेनी र आफू फरक धारमा रहेपनि गहिरो मित्रता रहेको स्मरण गर्दै डा. कोइरालाले भने, “उहाँप्रति सच्चा श्रद्धाञ्जली भनेको उहाँलाई एकल उम्मेदवार बनाएर जिताउनु हो । पार्टीलाई बलियो बनाउन त्याग र समर्पण आवश्यक छ ।”

यस्तै, कार्यक्रममा डा. शेखर कोइरालाले संविधान संशोधन दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले मात्र मिलेर सम्भव नहुने स्पष्ट पारेका छन् । उनले संशोधन जस्तो संवेदनशील विषयमा सबै दललाई समेटेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

डा. कोइरालाले कांग्रेस र एमालेको संयुक्त सरकारको औचित्य पुष्टि गर्न नसकिएको टिप्पणी गरेका थिए । डा. कोइरालाले यस्तो सरकारको कुनै अर्थ नरहेको धारणा पनि राखेका थिए ।

त्यस्तै, पार्टीको अधिवेशन चार वर्षमा हुने व्यवस्था भएतापनि, एक वर्ष र थप ६ महिनासम्म लम्ब्याउन सकिने प्रावधान औँल्याउँदै डा. कोइरालाले त्यसको पनि कारण सार्वजनिक गर्नुपर्ने बताए । उनले अधिवेशन लम्ब्याउने विषयमा पनि स्पष्टता हुनुपर्ने भन्दै पार्टी सञ्चालनमा पारदर्शिता र विधिको पालना आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । “शुसिलको पालामा संविधान रोकियो, अहिले अधिवेशन रोक्न ‘क्रियाशील सदस्य’को बहाना बनाइएको छ,” उनको आरोप थियो ।

डा. कोइरालाले पार्टीभित्र संस्कार र अनुशासनको खाँचो औंल्याउँदै प्रचण्डसँगको भेटघाटलाई लिएर उठेका प्रश्नप्रति प्रतिक्रिया दिएका थिए । डा. कोइरालाले भने, “ठूला नेताबीच भेटघाट संस्कार हो, यो संस्कार सबैले बसाल्नुपर्छ ।” यसैगरी, डा. कोइरालाले चर्चामा रहेको बहुविवाहसम्बन्धी कानुनबारे पनि स्पष्ट असहमति जनाउँदै यस्तो कानुन पास हुन नहुने विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्रको ‘खुट्टा तान्ने प्रवृत्ति’प्रति तीव्र आलोचना गरेका थिए । “बिपीले बनाएको घर चुहिन थालेको छ, छाउनु पर्ने हो । तर यहाँ खुट्टा तानेर पहिला बन्ने प्रतिस्पर्धा चलेको छ,” गुरुङले भने ।

२०४६ सालपछिका नेताहरूको सम्पत्ति छानबिनको माग गर्दै उनले “पारदर्शिता नभएसम्म पार्टी सबल हुँदैन” भने । स्व. पंगेनीको योगदान उल्लेख गर्दै गुरुङले “उहाँका कामहरू एक ग्रन्थ बन्न सक्ने खालका छन्, सच्चा योद्धाको सम्मान गर्न खुट्टा तान्ने प्रवृत्ति त्याग्नुपर्छ” भने ।

कार्यक्रमकै क्रममा डा. कोइरालाले भीरकोट–बयरघारी–मोहनडाँडा–ठूलीभञ्ज्याङ हुँदै पर्वत जोड्ने सडकलाई ‘कमल पंगेनी मार्ग’ नामकरण गर्ने घोषणा समेत गरेका थिए ।

कार्यक्रममा कांग्रेसका केन्द्रिय सहमहामन्त्री भीष्मराज आङदाङवे, केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ, सरस्वती तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, मेखलाल श्रेष्ठ, स्याङ्जा सभापति राजु थापा, गण्डकी प्रदेश सांसद भोजराज अर्याल, स्याङ्जा प्रवक्ता भरत लम्साललगायतले स्मृतिश्रद्धाञ्जली अर्पण गर्दै स्व. पंगेनीको योगदानको उच्च प्रशंसा गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
Breaking 1

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
Breaking 2

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
Main News 1

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews