Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा ट्राफिक सप्ताह सुरु

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 June 8 मा प्रकाशित
स्याङ्जामा ट्राफिक सप्ताह सुरु
ShareTweetSend

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको आयोजनामा ट्राफिक सप्ताह -२०८२ आइतबारदेखी सुरु भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जनसचेतना जगाउने उद्देश्यका साथ ट्राफिक सप्ताह सुरु भएको हो ।

ट्राफिक सप्ताहको अवसरमा आइतबार बिहान बाजागाजासहित स्याङ्जा सदरमुकाममा प्रभातफेरी गरिएको थियो । पुतलीबजार नगरपालिका -१ प्रगतिनगरदेखी सुरु भएको प्रभातफेरी विभिन्न चोकहरु हुँदै सिटीहलसम्म र्‍याली निकाली औपचारिक कार्यक्रममा परिणत गरिएको थियो ।

स्याङ्जाको सदरमुकामस्थित सिटीहलमा परिणत ट्राफिक सप्ताहको औपचारिक कार्यक्रममा स्याङ्जा प्रमुख जिल्ला अधिकारी, स्याङ्जा प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, सरकारी कर्मचारी, विभिन्न पालिकाका प्रमुख/उपप्रमुख, शिक्षक, विद्यार्थी, सर्वसाधारण, यातायात व्यवसायी, सवारी चालकलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसहित करिब ६०० जनाको उपस्थितिमा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए ।

उक्त ट्राफिक सप्ताहको सुभारम्भ गर्दै रेग्मीले सानो गल्ती र लापरबाहीले ठूलो जोखिम र क्षति निम्त्याउने भन्दै सरोकारवाला सम्पूर्णलाई ट्राफिक नियमको पालना गर्नुपर्ने कुरामा जोड दिए ।

उनले ट्राफिक नियमको पालना गरेर सभ्य नागरिकको परिचय दिन आग्रह गर्दै सरोकारवाला सबैले सामुहिक प्रयास गरे सडक दुर्घटना न्यूनीकरण हुने बताए ।

सप्ताह व्यापी ट्राफिक सचेतना अभियानको सुभारम्भ कार्यक्रममा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेल, निमित्त प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपाने, स्याङ्जा – गण्डकी बस यातायात प्रालिका प्रबन्ध निर्देशक महेश बहादुर थापा ‘गणेश’लगायतका वक्ताले सवारी चालक, सवारी यात्रु, पैदल यात्रुहरुले अनुशासन कायम गरे सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

ट्राफिक सप्ताहलाई सफल पार्न ट्राफिक प्रहरीलाई आवश्यकता अनुसार जनशक्ति उपलब्ध गराउनुपर्ने, आधुनिक प्रविधिका प्रयाप्त उपकरणसहित प्रविधिमैत्री सेवाका लागि आवश्यक सामाग्री उपलब्ध गराउनुपर्नेमा वक्ताहरुले जोड दिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले प्रदेशभर एकैसाथ सुरु भएको ट्राफिक सप्ताह सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरी स्याङ्जाका ११ वटै पालिकामा पुगेर विभिन्न सचेतनामूलकलगायतका कार्यक्रम गरि मनाइने बताए ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक भुपेन्द्र प्रसाद गौलीले ट्राफिक सप्ताहमार्फत दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाइने बताए । सप्ताहलाई यात्रु, चालक र प्रहरीबीचको सम्बन्धलाई नजिक बनाउने, सडक यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनीकरणमा केन्द्रित गरिएको कार्यालय प्रमुख गौलीको भनाइ छ ।

उनले सप्ताहमा लामो/छोटो दुरीका यात्रुवाहक बसहरुमा सचेतनामूलक स्टिकर टाँस गर्ने, जनचेतनामूलक पर्चा/पम्पलेट वितरण गर्ने, चोकचोकमा स्वयंसेवक परिचालन गरी सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउनेलगायतका कार्यक्रम हुने बताए ।

बजार क्षेत्रमा पार्किङ व्यवस्थापनमा सहजीकरण गर्ने, ग्रामीण सडक लक्षित प्रशिक्षण, सवारीसाधनको भाडा अनुगमन गर्ने, यात्रु आरक्षण सिटको कार्यान्वयनबारे अनुगमन गर्ने, सडक प्रयोग सम्बन्धी चालक, यात्रु, सर्वसाधारण र सरोकारवालालाई प्रशिक्षण, रक्तदानलगायतका कार्यक्रम ट्राफिक सप्ताहमा तय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Tags: ट्राफिक सप्ताह -२०८२

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
अपराध/सुरक्षा

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम
Breaking 1

प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र
Breaking 2

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य
गण्डकी क्षेत्र

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने
Main News 1

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Breaking 1

स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

2026 February 16 मा प्रकाशित
प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

2026 February 16 मा प्रकाशित
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

2026 February 16 मा प्रकाशित
जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

2026 February 16 मा प्रकाशित
स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

2026 February 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews