स्याङ्जाको पुतलीबजार नगरपालिका – ९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा पुरुष भलिबलतर्फ प्रिक्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा (३० गते) देखि सञ्चालित मेलामा भलिबलतर्फ शनिबार प्रिक्वाटरका सबै खेल सकिएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।
उनका अनुसार (आज) आइतबार काल्खु खेलमैदानमा क्वाटरफाइनलसँगै बाँकी सबै चरणका खेल सम्पन्न गर्ने तयारी छ ।
पुरुष भलिबलको क्वाटरफाइनलको पहिलो खेलमा ओरस्टे र लामागाउँले र दोस्रो खेलमा कोल्मा र कालीकोटले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, तेस्रो खेलमा भने सालडाँडा जामुने र भोर्ले भिड्ने अध्यक्ष रानामगरले जानकारी दिए । उनका अनुसार क्वाटरफाइनलको अन्तिम खेलमा गैया र गहते टिम ‘बि’ बीच प्रतिस्पर्धा हुनेछ ।
बाहुले आफुलाई बाईमा पार्न सफल बन्दै अघिल्लो चरणमा प्रवेश गरिसकेको छ ।
हिजो शनिबार दोस्रो चरणका र प्रिक्वाटर फाइनलका गरी ९ वटा खेल सम्पन्न भएका थिए ।
भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।
सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-