Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दशैंमा डा. अरुणा उप्रेतीका सुझाव: यसरी मासु खाऔँ, यस्ता सावधानी अपनाऔँ

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 15 मा प्रकाशित
दशैंमा डा. अरुणा उप्रेतीका सुझाव: यसरी मासु खाऔँ, यस्ता सावधानी अपनाऔँ
ShareTweetSend
  • डा. अरुणा उप्रेती

दसैँको रौनक घर–घरमा छाइसकेको छ । रातो टीका र जमरा पर्वको रूपमा चिनिने हिन्दू धर्मावलम्बीको महान् चाड दसैँमा खानपानका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । पेटभरि मासु खाएर दसैँ मनाउने धेरैको बानी छ । तर, एकैपटक धेरै मासु र अन्य खानेकुरा खाँदा तत्कालै बिरामी पर्ने मात्र होइन, दीर्घकालीन स्वास्थ्यमा त्यसले ठूलो असर गर्न सक्छ ।

चाडपर्वका वेला अरू साधारण वेलाभन्दा केही बढी परिकार खाने गर्दछौँ । चाडपवका वेला घर–घरमा पाहुना भनेर जाँदा केही न केही खाइरहेका हुन्छौँ । तर, अध्यधिक मात्रामा खानेकुरा खाँदा स्वास्थ्यलाई नराम्रो असर गर्छ । स्वाद र सन्तुष्टिका लागि खाएको खानेकुराले मानिसको शरीरलाई अस्वस्थ बनाउने गर्छ ।

कस्ता रोगीले मासु खानुहुँदैन ?

हामी दसैँमा अध्यधिक मासु सेवन गर्ने गर्छाैं । मासु खानु त राम्रो हो । तर, धेरै मात्रामा खानु, चिल्लोयुक्त र मसलेदार मासु खानाले तत्काल असर नदेखिए पनि केही दिनपछि यसको समस्या देखा पर्दछ । अहिले नेपालमा मुटुका बिरामी, रक्तचाप, डाइबिटिज ( मधुमेह) युरिकएसिडलगायत रोगका बिरामी बढिरहेका छन् । यस्ता रोग भएका मानिसले रातो मासु खाँदा स्वास्थ्यमा नराम्रो असर पर्न जान्छ ।

सर्वप्रथम यसबाट जोगिनको लागि हामीले आफ्नो जिब्रोको स्वादलाई कम गर्न सक्नुपर्छ । नेपालीहरूमा पेट भरिसकेपछि पनि स्वादिलो चिज पाइयो भने थपी–थपी खाने बानी छ । चाडपर्वमा धेरै आफन्तकोमा गइने हुँदा उनीहरूले सम्मान गरेर धेरै खानेकुरा दिन्छन् । आफन्तको मन राखिदिने बहानामा वा आफ्नो मन थाम्न नसक्दा शरीरलाई आवश्यकभन्दा बढी खानेकुरा खाइन्छ । तर, यस्तो बानी स्वास्थ्यका लागि हानिकारक छ । त्यसैले जहाँ गए पनि थोरै मात्रामा खाने गर्नुपर्छ ।

धेरै परिकारमा नुन राखिएको हुन्छ । रक्तचाप बढी भएका मानिसका लागि त्यसले थप समस्या पार्छ । त्यसैगरी, युरिक एसिड भएका मानिसले भित्री अगंका मासु तथा रातो मासु खानाले उनीहरूको स्वास्थ्यमा ठूलो असर पर्छ ।

मासु पकाउँदा धेरै चिल्लो, मसला राखेरभन्दा पनि साधारण तरिकाले पकाएर खानुपर्छ । अन्यथा अपच हुने, बान्ता हुने, धेरै दिनको बासी मासुले आउँ, हैजाजस्ता समस्या निम्त्याउन सक्छ ।

दीर्घरोगीलाई मासु घातक

दीर्घरोगीले मासु खानु भनेको विष सेवन गरेजस्तै हो । त्यसैले दीर्घरोगीले सकेसम्म शाकाहारी नै बन्नु राम्रो हुन्छ । अझ तेलमा भुटेको, तारेको, सेकुवा र मसलेदार मासु खानु त अत्यन्त हानिकारक छ ।

नेपालीहरूमा नसर्ने रोग धेरै मात्रामा छ । अहिले सर्ने रोगको प्रकोप पनि बढ्दै गएको छ । धेरैमा मुटुको बिरामी, रक्तचाप बढी वा घटी, मधुमेह, युरिक एसिड र मृगौलासम्बन्धी समस्या छ । यस्ता रोगी बढ्नुको प्रमुख कारण कारण अस्वथकर खानपान नै हो ।

मासुलाई कसरी ताजा राख्ने ?

मासुलाई ताजा र स्वस्थ राख्नका लागि फ्रिजमा राख्नुपर्छ । अनि जति पकाउने हो, त्यसअनुसार झिेकेर पकाउने गर्नुपर्छ । मासु पकाएर धेरै दिन राख्नुहुँदैन । आवश्यकताअनुसार पकाउनु सबैभन्दा राम्रो उपाय हो । केही गरी धेरै भयो भने त्यसलाई फ्रिजमा राम्रोसँग राख्ने । केही गरी विद्युत् बन्द भएको अवस्थामा फ्रिज बन्द भयो भने त्यो मासु विषसमान हुन्छ । ब्याक्टेरियाले विषाक्त बनाउने भएकाले त्यस्तो मासु खाँदा ठूलो समस्या आउँछ ।

कस्तो मासु नखाने ?

मासुको गुणस्तर कस्तो छ, नबुझी खाँदा शरीरले धेरै दुःख पाउँछ । बजारमा झुन्डएर राखिएको मासु हल्का गुलाबी रंगको छ भने त्यसमा सचेत हुनुपर्छ । मासु हरियो अथवा प्याजी रंगको छ भने मात्रै त्यो खान योग्य हुन्छ । मासुबाट अमिलो र नमीठो गन्ध आएको छ भने त्यस्तो मासु खानुहुँदैन, पसलमा झुन्ड्याएर खुला रूपमा राखिएको मासुमा ब्याक्टेरियाको संक्रमण धेरै हुन्छ ।

जंकफुड तथा धेरै अल्कोहलले पारेको असर

चाडपर्वमा रमझम गर्दै जिब्रोलाई स्वाद लाग्ने खानेकुरा खाने गरिन्छ । त्यसले एकातिर स्वास्थ्यमा असर पर्न जान्छ भने अर्काेतिर उपचार गर्दा पैसाको समेत नाश हुने गर्छ । त्यसैले खाने वेलामा ध्यान दिएर पनि चाडपर्व मनाउन सकिन्छ ।

भुटेको, तेलमा तारेको मासु सकेसम खानुहुँदैन । हामी चाडपर्वमा मीठो खाने नाममा दैनिक खाने दाल, भात, रोटीलगायत मूल खानालाई छाडेर विभिन्न फास्टफुड खाने गर्छौं । यस्ता खानेकुरा खाँदा मुटुको समस्यालगायत स्वास्थ्यमा अन्य धेरै समस्या पर्ने गर्छ ।

मानिसहरूले रमाइलो गर्ने नाममा अधिक अल्कोहल प्रयोग गर्ने, बच्चाहरूलाई अधिक जुस खुवाउने गर्छन् । जुन विषसरी हुने गर्दछ । जसले पछि गएर उनीहरूमा मधुमेहको समस्या देखिन्छ । फ्रुट जुसमा पर्याप्त मात्रामा चिनी र केमिकल हुने गर्दछ । फ्रुट जुस लामो समयसम्म राख्नुपर्ने भएकाले तिनीहरूमा केमिकलको मात्रा अत्यधिक हुन्छ । जसले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर गर्छ ।

अहिले बुबाआमाले सानैदेखि बच्चालाई जंकफुड खुवाउने प्रचलन बढेको छ । विभिन्न प्रकार जंकफुडले मन्द विषको काम गरेका हुन्छन् । बच्चामा धेरै जंकफुड खाएपछि २५– ३० वर्षको उमेरपछि मृगौलामा समस्या, मधुमेहजस्ता रोग देखा पर्छन् ।

चाडपर्वमा खाइने बजारका गुलिया मिठाईहरूमा पटक–पटक प्रयोग गरिएको तेल र नराम्रो तेलको प्रयोग हुन्छ । कतिपय पसलमा खानेकुराको रंग नहाली कपडामा हाल्ने रंगको प्रयोग भएको घटना बाहिर आइरहेको छ । यसले प्रत्यक्ष रूपमा मानिसको स्वास्थ्यमा असर पारिरहेको छ । त्यसकारण पनि बजारमा बेच्न राखिएको मिठाई प्रयोग गर्नुभन्दा घरमै परिवार मिलेर बनाएर खानु राम्रो हुन्छ ।

मिठाई सकेसम्म कम मात्रामा खानुपर्छ । किनभने मिठाईमा प्रायः मैदा र चिनी प्रयोग गरिएको हुन्छ । चिनीको अधिक प्रयोग स्वास्थ्यका लागि महाशत्रु हो ।

कस्ता खानेकुरा नखाने ?

बाहिर राखेका खानेकुरा कस्तो किसिमको तेलमा बनाएको थाहा हुँदैन । जसले शरीरमा विषालु तत्व प्रवेश गर्छ । बाहिरको खानेकुरा खाने भनेको मुटुरोग पैदा गर्नु पनि हो । त्यसैले केही गरी बाहिरको खानेकुरा खानै परे उसिनेको अन्डा, केराजस्ता खानेकुरा खानु राम्रो हुन्छ । जुन चिज तेलमा पकाइँदैन, त्यो वस्तु सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक छ ।

मासुमा धेरै प्रोटिन हुन्छ । थोरै मात्रामा मासु सेवन गर्दा शरीरलाई फाइदा हुन्छ । मुटुरोग, युरिक एसिड भएका मानिसलाई भने मासु घातक नै हुन्छ । मासुसँगै मादकपदार्थ सेवन पनि अहिले फेसनजस्तो बनेको छ । चाडपर्वका वेलामा मानिसले धेरै मदिरापान गर्ने गर्छन् । तर, यसको असर पछि देखा पर्छ ।

शाकाहारीले के खाएर दसैँं मनाउने ?

हरियो सागपात, गेडागुडी, दाल, जुस, कोदो, फापर, फलफूल, भटमास, पनिर जस्ता खानेकुरा खानु शरीरका लागि फाइदाजनक छ । शाकाहारीले पनि चाडबाडका नाममा तेलमा पकाएको, धेरै मसला हालेको खाना खाने गर्दा स्वास्थ्यमा असर गर्छ । हरियो सागपात खाए शरीरमा कब्जियत हुँदैन ।

चाडपर्वमा शाकाहारीले मिठाई खाने गर्दछन् । बाहिर पकाएर राखिएका गुलिया बजारिया मिठाईले स्वास्थ्यमा असर गर्ने गर्छ । खानपानको असरबाट बच्नका लागि जिब्रोकोे स्वादलाई नियन्त्रण गर्नु नै प्रमुख उपाय हो ।

( डा. अरुणा उप्रेती जनस्वास्थ्य विज्ञ हुन् )

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
गण्डकी क्षेत्र

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

by राम बहादुर रोकाहा
2026 January 8 मा प्रकाशित
स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित
गण्डकी क्षेत्र

स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

by राम बहादुर रोकाहा
2025 December 21 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर

by राम बहादुर रोकाहा
2025 December 16 मा प्रकाशित
बिरुवामा १६ सय विद्यार्थीको साधारण स्वास्थ्य सेवा निःशुल्क
गण्डकी क्षेत्र

बिरुवामा १६ सय विद्यार्थीको साधारण स्वास्थ्य सेवा निःशुल्क

by राम बहादुर रोकाहा
2025 December 12 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

by राम बहादुर रोकाहा
2025 November 17 मा प्रकाशित
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो
गण्डकी क्षेत्र

९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो

by राम बहादुर रोकाहा
2025 November 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

2026 February 1 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

2026 February 1 मा प्रकाशित
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

2026 February 1 मा प्रकाशित
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ

फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ

2026 January 31 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो

2026 January 31 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews