Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्त्रीलम्पट खड्काको प्रहरीसँग लुकामारी

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
स्त्रीलम्पट खड्काको प्रहरीसँग लुकामारी
ShareTweetSend

पोखरा । आफूलाई मोडल एजेन्सीको सञ्चालक भन्ने, मोडलिङप्रति आकर्षित युवतीलाई होटलमा बोलाउने, सेक्स प्रस्ताव राख्ने, नमाने जबरजस्ती गर्ने, साथमा रहेका गहना, धनमाल लुट्ने अनि कोठामा थुनेर भाग्ने । यस्तो आपराधिक मानसिकता बोकेका पुष्कर खड्काको यो ‘सुत्र’ चार वर्ष अघि नै असफल सावित भएको थियो । जतिबेला उनी पोखराका चेलीहरुमाथि यो हर्कत अपनाए र काठमाडौंमा पक्राउ परेका थिए ।

जेलबाट भाग्न सफल भएर पनि खड्काले यही ‘फेलियर फर्मुला’ फेरि अपनाउने कुचेष्टा गरे । र, अहिले फेरि उही कथा दोहोरियो । युवती दुव्यर्वहारकै घटनामा संलग्न भएका खड्का युवती नै प्रयोग गर्दै प्रहरीको आँखा छलेर भागेका थिए, युवतीसँगको सम्बन्धकै कारण अहिले पक्राउ परेका हुन् ।

खड्का उही कैदी हुन्, जो गत मंसिर ९ गतेदेखि पोखराबाट फरार थिए । यहाँको होटल दीपसागर, न्यूरोडबाट भागेका खड्कालाई गण्डकी मेडिकल कलेज अस्पतालको शौचालायबाट भाग्यो भनेर स्वयं प्रहरीले गलत हौवा फैलाएको घटना सेलाएको छैन । दाँत उपचार गर्ने बहानामा युवती भेट्न होटल लगिएपछि ड्युटीमा खटिएका प्रहरी अहिले आफै हिरासतमा छन् । एकातर्फ प्रहरीलाई नै नाटकीय ढंगले झुक्याएर भाग्न सफल खड्का यहाँको प्रहरीलाई टाउको दुखाई बनेको थियो । अर्कोतर्फ, प्रहरी नै युवती मिलाउने काममा मुछिएपछि ‘हाई लेभल‘ कै मिलेमतोको आशंका उत्तिकै छ । युवती जबरजस्ती काण्डमा गत मंसिर २३ गते काठमाण्डौबाट पक्रेका युवक ‘अभय खड्का’ नै पुष्कर खड्का भएको खुलेपछि कास्की प्रहरीको टाउको दुखाई घटेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले खड्कालाई काठमाडौंको प्रहरी बृत्त कमलपोखरीको टोलीले पक्राउ गरेको पुष्टि गर्दै त्यहाँको अभियोग किनारा लगाएपछि पोखरा ल्याईने बताए ।

युवतीसँग यौन प्यास मेटाउन होटल लगिएको बेला भागेका भनिएका खड्का काठमाण्डौमा युवतीलाई नै जबरजस्ती गरेको अभियोगमा पक्राउ परेका हुन् । अनुसन्धानका क्रममा उनी पोखराबाटै भागेका खड्का भएको खुलेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले खड्का नै पक्राउ परेको जानकारी दिएका छन् । पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेर अन्तवार्ता स्थलका रुपमा विभिन्न होटलहरुलाई राख्ने र सोहि ठाउँमा युवतीलाई एक्लै बोलाउने गरेको पाईएको कार्कीले बताए ।

परिसरका डिएसपी सिद्धिविक्रम शाहका अनुसार खड्काले पोखराबाट भागेको एक हप्तामै काठमाण्डौमा फेरि यही धन्दा सुरु गरे । मंसिर २३ गते भने युवती चलाख भएकोले खड्का होटल तिरुपतिबाटै पक्राउ गर्न सफल भएको हो । घटना विवरण अनुसार पत्रपत्रिकामा मोडल एजेन्सीको नामबाट विज्ञापन गर्ने गरेका खड्काले मंसिर २३ गते पुतलीसडक स्थित होटल तिरुपति छानेका थिए । उनी बिहान होटलमा पुगेर रविन जोशी, भक्तपुर नाम ठेगाना ईन्ट्री गरेका थिए । केहि समयपछि होटलमा एक युवती आईन् । खड्काले युवतीलाई होटेलको कोठामा बोलाए । सामान्य कुराकारी गरेपछि युवतीलाई उनले आफूसँग यौनसम्बन्धका लागि प्रस्ताव गरे । युवतीले ठाडै नकारिन् । युवतीलाई जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गर्दा युवती चिच्याईन् र खड्का भाग्ने प्रयास गरे । तत्काल होटलका कर्मचारी तथा सेक्युरिटी गार्ड मिलेर उनलाई समाएर प्रहरीलाई बुझाए ।

अभय खड्का नाम गरेका ती व्यक्तिमाथि अनुसन्धान गर्दा प्रहरी चकित भयो । यसअघि, मंसिर १७ गते सुन्धारा स्थित न्यू सोनी गेष्ट हाउसमा युवती बोलाएर बलात्कार नै गरेको पुष्टि भयो । अभय खड्का भनिएका उनी पुष्कर खड्का नै भएको प्रमाणित भयो । पक्राउ परेका खड्काले झण्डै डेढ दर्जन वटा युवती दुव्र्यवहार तथा बलात्कारका घटनामा आफू संलग्न रहेको स्विकारेका छन् । यौनप्रति आशक्त खड्काले धेरैपटक युवतीहरूलाई मोडल र नायिका बनाउने भन्दै ठगी गरेको खुलेको छ ।

काभ्रे जिल्ला चाचाल गोश्वारास्थान ६ घर भई कास्की कारागारमा शरिर बन्धक तथा अपहरण मुद्धामा जेल सजाय खेपिरहेका ३५ वर्षीय पुष्कर खड्काले २०६९ माघ २० गते सुन्धारा होटलमा एक युवतीलाई जबरजस्ती प्रयासपछि गहना लुटपाट गरेका थिए । उनी २५ हजार धरौटीमा छुटे । त्यसपछि पोखरा आए र सोहि वर्ष चैत ५ गते होटल निलकमलमा पोखरा लामाचौरकी एक युवतीलाई मोडल बनाईदिने भन्दै बोलाएर हतियार देखाएर लुटेका थिए । ती युवतीबाट ३ तोलाको सुन, आइफोन र नगद १२ हजार रुपैयाँ लुटेका थिए ।

२०६९ चैत १७ मा पोखराकै होटल सन्तोषीमा बोलाएर खडकाले नदीपुर बस्ने एक महिलालाई बन्धक बनाएर लुटे । पार्टी दृश्य रहेको भन्दै गरगहना लगाएर आउन भनेपछि ती महिला गहनाले झकिझकाउ भएर होटल पुगेकी थिइन् । बन्दुक देखाएर लुटेपछि ती युवतीलाई ट्वाईलेटमा थुनिदिएका थिए । युवतीको साथबाट सुनको सिक्री, दुई मुन्द्रा मोबाइल, क्यामेरा र नगद ८ हजार रुपैयाँ लुटेर उनकै स्कुटर लिएर भागेका थिए । भोलिपल्ट अमरसिंह चोकमा स्कुटर फेला परेको थियो ।

पोखरामा दुई घटना घटाएर फरार खड्कालाई २०६९ साल चैत २३ गते काठमाडौं प्रहरीले कालिमाटीमा पक्राउ ग¥यो । त्यसपछि चैत्र २६ गते कास्की प्रहरीलाई बुझाएको थियो । खड्का २०७० वैशाख २६ गते कास्की अदालतको फैसला अनुसार कास्की कारागार चलान भए । त्यसपछि थुनामा रहेका खड्कालाई कास्की जिल्ला अदालतले २०७१ असार ३२ गते २०८० असार १० सम्म कैद सजाय हुने फैसला गरेको थियो । सुमित्रा दाहालको जाहेरीको आधारमा हेटौंडा बस्दै आएका खड्कालाई अपहरण तथा शरिर बन्धक मुद्धामा ६ वर्ष एक महिना १५ दिन र जरिवाना चार लाख आठ हजार छ सयको समेत कैद हुने ठहरी २०७० वैशाख २६ देखि २०८० असार १० गतेसम्म थुनामा राख्न जिल्ला कारागार कार्यालय कास्कीलाई कैद म्याद ठेकी पठाएको थियो ।

प्रहरीका अनुसार खड्काले पछिल्लो दुई घटनाबाट जबरजस्ती करणी र प्रयासमा छुट्टाछुट्टै सजाय भोग्नुपर्नेछ । अनुसन्धान जारी रहेकाले अन्य घटना संलग्न भएको भए पनि स्थान अनुसार सजाय थप हुनेछ । पोखरामा सात वर्ष कैद भुक्तान बाँकी छँदै भागेकाले कानुनानुसार सजाय थप हुनेछ ।

पोखराको होटलबाट खड्का भागेपछि कास्की कारागार प्रमुख हरिप्रसाद गौतमले अस्पतालबाट भागेको कहानी बनाएर मिडियामा दुस्प्रचार गरेपनि होटलबाट भागेको तथ्य खुलेपछि उनको सुरक्षामा खटिएका प्रहरी पनि कारवाहीमा परेका छन् । प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्रीको नेतृत्वमा प्रहरी हबल्दार श्याम परियार र कारागारका एक कर्मचारी अस्पताल जाने भन्दै हिँडेका थिए । कैदी भागेपछि उनीहरु अहिले हिरासतमा छन् ।

यस्तो छ खड्काको नालीबेली
२०६९ माघ २० – सुन्धारा होटलमा युवतीलाई जबर्जस्ती प्रयास। २५ हजार धरौटीमा थुनामुक्त
२०६९ चैत ५ – पोखरा लामाचौरकी युवतीलाई होटल निलकमलमा बोलाई लुटपाट
२०६९ चैत १७ – पोखरा नदिपुरकी युवतीलाई होटल सन्तोषीमा बोलाई लुटपाट
२०६९ चैत २३ – काठमाडौंको कालीमाटीबाट प्रहरीद्वारा पक्राउ
२०६९ चैत २६ – कास्की प्रहरीलाई हस्तान्तरण
२०७० वैशाख २६ – ६ वर्ष १ महिना १५ दिन र चार लाख आठ हजार छ सयको समेत कैद हुने गरी कास्की कारागार चलान
२०७३ मंसिर ९ – अस्पताल जाने निहुँमा युवतीको सहयोगमा होटल दिपसागरबाट फरार
२०७३ मंसिर १७ – काठमाण्डौ सुन्धाराको न्यू सोनी गेष्ट हाउसमा युवती बोलाएर बलात्कार
२०७३ मंसिर २३ – पुतलीसडक स्थित होटल तिरुपतिमा युवतीलाई जबरजस्ती गर्ने क्रममा पक्राउ

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Main News 1

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा
Breaking 2

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

by राम बहादुर रोकाहा
2026 February 21 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Breaking 2

स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य

by राम बहादुर रोकाहा
2026 February 20 मा प्रकाशित
स्याङ्जा–२ मा खिमबहादुर थापाको प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषिसम्म प्राथमिकता
Main News 1

स्याङ्जा–२ मा खिमबहादुर थापाको प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषिसम्म प्राथमिकता

by राम बहादुर रोकाहा
2026 February 20 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
अपराध/सुरक्षा

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र
Breaking 2

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

वालिङमा लागूऔषधसहित युवक पक्राउ

वालिङमा लागूऔषधसहित युवक पक्राउ

2026 February 22 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

2026 February 22 मा प्रकाशित
स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

2026 February 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews