Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

लालबाबु सुहाउँदो मन्त्रालय नभएको प्रतिक्रिया आएपछि यसो भन्छिन् बिमला महत पण्डित (अन्तर्वार्ता)

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
लालबाबु सुहाउँदो मन्त्रालय नभएको प्रतिक्रिया आएपछि यसो भन्छिन् बिमला महत पण्डित (अन्तर्वार्ता)
ShareTweetSend

भनिन्छ, एक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ । र, हो पनि । कति नेता, मन्त्री आफ्नै पत्नीका कारण काम गर्न सक्दैनन् । मन्त्रीनीको रवाफ, परिवारवाद हावी, अनुचित दबाबमा आफ्ना आफन्तबाट राज्यकोष दोहन गराउने कार्यमा संलग्न गरे भएका उदाहरण प्रशस्त छन् ।

शुशिल कोईराला मन्त्रीमण्डलमा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हालेर पनि पावरफुल मन्त्रीहरुकै दबाबदेखि विदेशी शक्तिसँग नझुकी डिभीपिआर विरुद्ध ऐन नै ल्याउन सफल रहे लालबाबु पण्डित । मुलुकमा विनाशकारी भूकम्प जाँदा मन्त्री पण्डितले गाडी चढ्न आएको प्रस्ताव नकारे, जनता भोकै छन् भनेर नयाँ गाडी किनेनन् । काठमाण्डौमा भूकम्पपीडित जनतासँगै उनी रहे । पार्टीकै पहलमा लालबाबुले ढिला गरी बिहे गरे पार्टीमै सक्रिय उपत्यकाबासी विमला महतसँग । यो जोडी हरेक हिसाबले समावेशी जोडी हो । उदाहरणीय जोडीका रुपमा मिडियामा छाउने गरेको छ ।

पण्डित केपी शर्मा ओलीको मन्त्रीपरिषद्मा जनसंख्या तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।मन्त्रीकी श्रीमतीको रवाफ पटक्कै छैन । भेट्न आउनेलाई कम्तिमा चिया नखुवाई उनी पठाउन्न् । एकदमै स्पष्टवक्ता हुन् । लालबाबुलाई आजको लालबाबु बनाउन उनको पनि हात छ । तीन जनाको सानो परिवार, पुगेकै छ । किन गर्नुपर्यो भ्रष्टाचार, अनियमितता ? विमला हाक्काहाक्की भन्छिन् ।

दोस्रो पटक मन्त्री भएपछि विमला महत पण्डित सँग गण्डक न्युजका लागि रञ्जन अधिकारीले गरेको छोटो कुराकानी ।

दोस्रो पटक मुलुकको सेवा गर्ने अवसर मिलेको छ । तपाईंलाई पनि बधाई छ ।

धन्यवाद । र, सबैभन्दा बढी आभार म मतदाता, सम्पूर्ण नेपाली जनलाई दिन चाहन्छु । उहाँहरुले मन्त्रीकै रुपमा देख्न चाहनुभएको थियो । मतदाताले पनि पहिलो पटक मन्त्री हुँदा गरेको कामले फेरि मन्त्री बनाउनकै लागि जिताएर पठाउनुभएको थियो । नत्र, अहिलेसम्म एमालेले नजितेको ठाउँ, अर्को ठूलो पार्टीका ठूला नेताको आफ्नै ठाउँमा कसरी जितिन्थ्यो र ? उहाँहरुको सपना साकार भएको छ ।

तर लालबाबु पण्डितलाई गृह, अर्थ जस्ता महत्वपूर्ण मन्त्रालयमा जनताले आशा गरेका थिए । वातावरण मन्त्रालय पो प¥यो त ?

पहिलो पटक जस्तै यसपटक पनि उस्तै भयो । त्यतिबेला पनि सामान्य प्रशासन मन्त्रालय कहाँ रोजिएको थियो र ? सबै उहाँकै आत्मकथामा छ । यसपटक पनि उहाँलाई आफू मन्त्री बन्ने कुरा पनि सपथको आधा घण्टा अघि सम्म थाहा थिएन । दौरा सुरुवाल लगाएर आउन माधव कमरेडले भन्नुभो ।

हतारमा गयौं । पूर्व मन्त्री भएकाले होला भन्ने भयो । मन्त्री बन्ने कुरा, जनसंख्या तथा वातावरण भन्ने त त्यहीं पुगेपछि नै थाहा भएको हो । अचम्मित छौं, हामी भन्दा जनता अचम्मित छन् । पक्कै पनि मन्त्रालय हेरफेर वा मिसिएला नि ।

मन्त्रीज्यू सन्तुष्ट हुनुहुन्छ ? तपाईंलाई महत्वपूर्ण मन्त्रालय नभएकोमा चित्त दुखाई हो ?

उहाँ त जनताको मन्त्रालय हो, काम नै गर्ने हो भन्नुहुन्छ । सन्तुष्ट त किन नहुनु ? छोटो अवधिमै जिम्मेवारी पाउनुभएको छ । चुनावपछि संविधान कार्यान्वयनको पहिलो सरकारमा सामेल हुनु ठूलो कुरा हो नि । उहाँले सबै कुरा मन फुकाएर भन्नु हुन्न तर जनतासँग सिधै सवाल राख्ने, काम देखिने, मुलुक कसरी कहाँबाट बिग्रिएको छ । हाँगाहाँगाबाट सुधार्ने होईन, जरैबाट सुधार्ने अपेक्षा राख्नुभएको थियो ।

अहिले सुरक्षा संयन्त्र निकै कमजोर छ । मुलुक समृद्ध बनाउने राजश्व संकलन, अनियमितता रोक, भ्रष्टाचार नियन्त्रण नै हो । त्यसैले पनि गृह, अर्थ जस्ता महत्वपूर्ण मन्त्रालय भए उहाँले राम्ररी चलाउनुहुन्छ । आफूमा कुनै लोभलालच, कुनै स्वार्थ नभएपछि कोहिसँग नझुकी जनता मनमा राखेर काम गर्न सकिन्छ नि । आफ्नो भुँडी हेर्न थालियो भने पो काम गर्न सकिन्न ।

भनेपछि गृह, अर्थ जस्ता मन्त्रालय नै चाहिन्थ्यो भन्ने प्रस्ट अपेक्षा हो नि ?

पछिल्लो समय गृहमन्त्रालयबाट जे जे भयो, उहाँको चासो पनि थियो गृहमा । जो सँग क्षमता छ, बोक्न सक्ने क्षमता छ, त्यति बोकाउनुपर्छ । शितलनिवासदेखि नै प्रतिक्रिया आउन सुरु भएको हो । झसंगै भईयो सबै जना । मन्त्री नभए त अचम्म मान्नुपर्थेन । दुई जना मन्त्रीमा पहिलो रोजाई नै भयो अध्यक्षज्यू, वरिष्ठ नेताज्यूलाई धन्यवाद तर उहाँको स्प्रीट अनुसारको जिम्मेवारी दिनुपर्ने थियो । पक्कै पनि मन्त्रालय हेरफेर होला । अब मन्त्रीमण्डल संख्या सानो हुने भएकाले आशा छ । जनसंख्या सँगै स्वास्थ्य जोडिएकाले स्वास्थ्य क्षेत्र पनि जनताको प्रत्यक्ष सरोकार गाँसिएको महत्वपूर्ण विषय हुँदा यहाँ काम गर्न पाए राम्रै हुन्छ ।

नत्र त सबैले चित्त दुखाएका छन् । कति धेरै बधाई दिन आएका छन् । फेसबुकमा कमेन्टहरु पोस्टहरु हेर्न सक्नुहुनेछ । उहाँले काम गर्ने मन्त्रालय पाउनुपर्ने धेरैको माग छ । उहाँहरु खुशी पनि छौं, दुःखी पनि छौं भनेर भन्नुहुन्छ । दुःखी नहुनुहोला, काम गर्नेले काम गर्छु भन्दा पाउनुहुन्छ जस्तो लाग्छ ।

उहाँलाई सफल पार्न तपाईंको भूमिका के हुनेछ ?

म त उहाँको आधा अंग । केहि बिरामी हुँदा सबैले भन्थे, लौ हजुर तपाईंको मात्र श्रीमान् होईन, देशको लागि पनि उहाँ स्वस्थ रहिरहनुपर्छ भनेर । म उहाँको केहि कुरामा कमी हुन दिएको छैन । दिन्नँ । मैले कहिले नाजायज माग गर्दिनँ । एक त उहाँले सुन्नुपनि हुन्न होला । मैले कोहि कसैका लागि केहि माग पनि पूरा गर्न सक्दिनँ । गर्दिनँ ।

म पनि पार्टीमा स्थानीयस्तरमा क्रियाशील नै छु । हाम्रै सम्बन्ध, विवाह सबै पार्टीबाटै भएको हो । उहाँ सरल र सादा जीवनको हुनुहुन्छ । म, छोरी पनि त्यस्तै छौं । हामी फुटपाथकै कपडा, सामान किन्छौं । पाहुनालाई सत्कार गर्छु । चिन्ता केहि गर्नुपर्दैन उहाँको । उहाँ सफल हुनुहुन्छ । सिधै प्रभाव पर्ने मन्त्रालयमा पुग्नुहुनेछ भन्ने आशा छ ।

 

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
Breaking 2

रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी

by राम बहादुर रोकाहा
2026 June 7 मा प्रकाशित
स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन
गण्डकी क्षेत्र

स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन

by राम बहादुर रोकाहा
2026 June 6 मा प्रकाशित
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
गण्डकी क्षेत्र

राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

by राम बहादुर रोकाहा
2026 May 28 मा प्रकाशित
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Main News 1

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

2026 August 4 मा प्रकाशित
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

2026 August 4 मा प्रकाशित
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

2026 August 4 मा प्रकाशित
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

2026 August 4 मा प्रकाशित
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न

१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न

2026 August 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews